• १२ जेठ २०८२, सोमबार

अर्थतन्त्रमा भारत विश्वमै चौथो

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ १२ गते । छिमेकी मुलुक भारत विश्वकै चौथो ठुलो अर्थतन्त्र भएको मुलुक बनेको छ । यसअघि चौथो स्थानमा रहेको जापानलाई पछि पारेर भारतले उक्त स्थान लिएको भारतको नीति आयोगका प्रमुख कार्यकारी बिभिआर सुब्रह्मण्यमले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

नीति आयोगको दसौँ बैठकमा सुब्रह्मण्यमले अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार भारतीय अर्थतन्त्र विश्वकै चौथो ठुलो भएको उल्लेख गरेको समाचार एजेन्सी पे्रस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले उद्धृत गरेको हो । 

पिटिआईका अनुसार भारतीय अर्थतन्त्रको आकार चालु आर्थिक वर्ष (२०२५) मा ४१ खर्ब ८७ अर्ब डलर पुगेको सुब्रह्मण्यमले उल्लेख गर्नुभएको छ । भारतभन्दा अघि ४७ खर्ब ४० अर्ब डलरसहित जर्मन तेस्रो, १९२ खर्ब ३० अर्ब डलरसहित चीन दोस्रो र ३०५ खर्ब १० अर्ब डलरसहित संयुक्त राज्य अमेरिका पहिलो स्थानमा रहेको छ ।