अन्तिम चरणमा ग्वार्काे फ्लाइओभर
ललितपुरस्थित ग्वार्काे चोकको फ्लाइओभर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । जेठभित्रै दुवैतर्फको र्याम्प (फ्लाइओभर र सडकलाई जोड्न बिचमा माटो भरेर निर्माण गरिएको संरचना)मा कालोपत्रे सकिनेपछि गाडी सञ्चालन गर्ने योजना गरिएको छ ।
कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्ति नगण्य छन् : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू नगण्य रहेको बताउनुभएको छ ।
मनसुनमा ३० वर्ष यताकै धेरै वर्षा हुने प्रक्षेपण
उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिम पहिरोदेखि हिमताल विस्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरूको चेतावनी छ ।
नकरात्मक चिन्तन अज्ञान मानिसको हानिकारक सोच : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले माथि आलोचना भयो भन्दैमा आत्तिन नपर्ने बताउनुभएको छ । राष्ट्रिय चिकित्सक सङ्घको भरतपुरमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले काम गर्ने पार्टीकै आलोचना हुने भएकाले यसमा धेरै चिन्ता लिन नपर्ने बताउनुभयो ।
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा नौबिसे सडक आजदेखि हरेक दिन दिउँसो साढे ४ घण्टा बन्द हुने भएको छ ।
कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा
गएरातिबाट अवरुद्ध बनेको कान्ति लोकपथ शनिबार बिहानबाट सञ्चालनमा आएको छ ।
पनौती पर्खंदै पर्यटक
महाभारत पर्वत शृङ्खलाको फेदीमा फैलिएको छ, पनौती । नाला, बनेपा हुँदै बग्ने पुण्यमती र फुलचोकी डाँडातर्फबाट आएको रोशीखोलाको सङ्गममा रहेको पनौती इतिहास, पुरातत्व, सम्पदा, संस्कृति र प्रकृतिले धनी छ । काठमाडौँबाट करिब ३० किलोमिटरको दुरीमा रहेको पनौती पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य हो ।
प्रेस युनियनले साताव्यापी रूपमा स्थापना दिवस मनाउने
नेपाल प्रेस युनियनले विविध कार्यक्रमको आयोजना गरी साताव्यापी रूपमा स्थापना दिवस मनाउने भएको छ ।
कान्तिलोकपथ सडक अवरुद्ध
हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक गए रातिदेखि अबरुद्ध भएको छ ।
आजको मौसम : देशभर चट्याङसहित वर्षाको सम्भावना
हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ ।
बुद्धिचाल प्रतियोगिता : आठ वर्षका बालकदेखि ६८ वर्षीय नागरिकसम्म भिड्दै
भक्तपुरमा सुरू भएको कुमार ग्वाछा स्मृति खुला फिडे रेपिड रेटिङ (२००० मुनि) बुद्धिचाल प्रतियोगितामा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीहरूमध्ये आठ वर्षका बालकदेखि ६८ वर्षका नागरिक प्रतिस्पर्धामा उत्रिएका छन् ।
आजको लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा कायम भएको छ ।
दस महिनामा एकतिस गैँडा मरे
गत साउनयता १० महिनामा विश्वमा दुर्लभ मानिएका ३१ वटा एकसिङे गैँडा मरेका छन् ।
एक वर्षमा एक लाख पर्यटक
धार्मिक पर्यटकीय क्षेत्र हेटौँडा उपमहानगरपालिका–९ स्थित त्रिवेणीधाम पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । रत्नावली, कर्णावती र कौशवाही नदीको सङ्गम त्रिवेणीधाम अहिले आन्तरिक पर्यटकको मुख्य गन्तव्य बनेको हो ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
बाह्रबिसे–तातोपानी सडकमा सधैँ समस्या
नेपाल–चीन सिमानाको प्रमुख व्यापारिक केन्द्र तातोपानी नाका ठप्प भएको तीन साता भइसकेको छ । बर्खायाम सुरु नहुँदै नाका ठप्प भएपछि व्यापारीमा निराशा थपिँदै गएको छ ।
सिप मेलामा साढे तीन हजारको आवेदन
काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको दोस्रो चरणको सिप मेलामा तीन हजार पाँच सय जनाभन्दा बढीको आवेदन परेको जनाएको छ ।
रणनीतिक योजनासहित काम गर्न सुझाव
नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेललाई राष्ट्रिय प्राथमिकताका विषयमा रणनीतिक योजनासहित काम गर्न सुझाव दिएको छ ।
बजेटबारे योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरसँग परामर्श
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटका सम्बन्धमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र नेपाल राष्ट्र बैङ्कका गभर्नरसँग परामर्श गर्नुभएको छ ।
पशु कल्याण ऐनको आवश्यकतामा जोड
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पशु कल्याण ऐन ल्याउन सरकारले काम गरिरहेको बताउनुभएको छ । त्यससम्बन्धी विधेयकको मसौदा कानुन मन्त्रालयमा रहेको छ ।
आर्थिक सुधारको कार्ययोजना सार्वजनिक
सरकारले निरन्तर तथा छ महिनादेखि तीन वर्षसम्म सक्ने गरी ४०८ बुँदे आर्थिक सुधार कार्यान्वयन कार्ययोजना स्वीकृत गरेको छ ।
स्थानीय तहमा सीमा विवाद, कानुनी समाधान गर्ने सरकारको तयारी
सरकारले स्थानीय तहका सीमा विवादलाई जिल्लास्तरमा प्राविधिक समिति बनाई समाधान गर्ने भएको छ ।
रानीपोखरीको अनुपम दृश्य
ऐतिहासिक र पुरातात्त्विक महत्त्व बोकेको काठमाडौँको रानीपोखरी र आसपासको ड्रोनबाट खिचिएको दृश्य ।
सूचना प्रविधिमा महिलाको सहभागिता अपरिहार्य
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राघिका अर्यालले सूचना प्रविधि क्षेत्रमा महिलाको सहभागिता गराउने समय आएको बताउनु भएको छ ।