• १० जेठ २०८२, शनिबार

नकरात्मक चिन्तन अज्ञान मानिसको हानिकारक सोच : महासचिव पोखरेल

blog

नेकपा (एमाले)का महासचिव शंकर पोखरेललगायत राष्ट्रिय चिकित्सक सङ्घको भरतपुरमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुनुहुँदै । तस्बिर : शालिग्राम नेपाल

शालिग्राम नेपाल
चितवन, जेठ १० गते ।
नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले एमाले माथि आलोचना भयो भन्दैमा आत्तिन नपर्ने बताउनुभएको छ । राष्ट्रिय चिकित्सक सङ्घको भरतपुरमा सुरु भएको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले काम गर्ने पार्टीकै आलोचना हुने भएकाले यसमा धेरै चिन्ता लिन नपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “केही काम नगरी बसेमा एउटै आलोचना हुन्छ केह गरेन भन्ने, तर एमालेले देश विकासमा धेरै काम गरेको छ त्यसैले आलोचना आउँछ ।”

‘‘अब एमालेले देश विकास गर्ने भयो भनेर अन्य पार्टीहरू अतालिएका छन् । काम गर्दै जाँदा सामान्य कमी कमजोरी हुँदै जन्छन् । त्यसबाट पाठ सिक्दै कमजोरी नगरी अगाडि बढ्ने हो । पार्टी प्रति आलोचना भयो भने सम्झनुस् एमालेले राम्रो काम गर्दै गएको छ । विपक्षीहरूले एमालेसँग अब लड्न सकिएन भनेर आलोचना गरेकाले यसलाई धेरै चिन्ता लिन पर्दैन ।’’ उहाँले भन्नुभयो ।
उहाँले देशमा धेरै प्रगती भए पनि जनताले अनुभूति नगरेको प्रति चिन्ता व्यक्त गर्नु भएको छ ।

महासचिव पोखरेलले भन्नुभयो, ‘‘निम्नदेखि उच्च वर्गसम्मका जनता विदेश जानुभएको छ । त्यहाँको प्रगतीसँग नेपालको तुलना गर्नु हुन्छ । अर्बको प्रगती रातारात गरेको होइन । विकसित मुलको प्रगती जादु जसरी भएको होइन । अहिलेको स्थानसम्म आइपुग्दा लामै समय लागेको थियो ।’’

उहाँका अनुसार हाम्रो देशको सामथ्र्य के हो भन्ने नबुझिकन राजनीतिक दललाई गाली गर्ने, नकरात्मक चिन्तनको विकास भएको छ यो ठिक होइन । ‘‘सधैँ नकरात्मक चिन्तन गर्नु अज्ञान मानिसको हानिकारक सोच हो । उनीहरूले समाजलाई बुझेका छैनन् । बुझ्न चाहेका छैनन् । निराशा कुष्ठाले हुँदैन । बौद्धिक जमातले देशको सामर्थ्यलाई बुझेर टिप्पणी गर्नु पर्दछ । हाम्रो देशको आर्थिक सामाजिक अवस्था कस्तो छ । विकसित देशको अवस्था के हो भन्ने कुरा नबुझी आजै अहिलेनै सबै एकै पटक विकास हुँदैन ।’’ उहाँले भन्नुभयो ।  

चिकित्सक प्राध्यापकलगायत देशका वौद्धिक वर्गहरूले वास्तविक अवस्था बुझेर मात्र टिप्पणी गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा सहभागी चिकित्सकहरूले आआफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।