राममणि दाहाल
मकवानपुर, जेठ १० गते । गएरातिबाट अवरुद्ध बनेको कान्ति लोकपथ शनिबार बिहानबाट सञ्चालनमा आएको छ । मकवानपुर भीमफेदी गाउँपालिका वडा नं. ८ बगुवास्थित कान्तिलोकपथ सडक खण्डमा मकवानपुर र ललितपुर जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल र माटो बगाएपछि कान्ति लोकपथ शुक्रबार रातिबाट अवरुद्ध बनेको थियो । खोलामा पानीको बहाव कम हुँदै गएको र मर्मत गरेर १२ घण्टापछि कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आएको हो ।
वर्षाका कारण खोलामा पानीको बहाव बढ्न गई ग्राभेल र माटो बगाई सडक पूर्णरूपमा अवरुद्ध भएकोमा मर्मतपछि शनिबार बिहानबाट पूर्णरूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।