राष्ट्रियसभाको बैठक सुरु
राष्ट्रियसभाको बैठक सुरु भएको छ । बैठकमा खानेपानी मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको मन्त्री प्रदीप यादवले उत्तर दिने कार्यसूची रहेको छ ।
सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रू एक हजार र चाँदी तोलामा रू ३५ घटेको हो ।
उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले उपत्यकाका विभिन्न १३ स्थानमा रहेका पोखरी व्यवस्थापन गर्दै नयाँ वितरण सञ्जालबाट पानी आपूर्तिको प्रबन्ध गरेको छ ।
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
आयुर्वेदिक उपचारप्रति आकर्षण बढ्दो
रामेछापमा आयुर्वेदिक उपचार पद्धतिमा बिरामीको आकर्षण बढ्दै गएको छ । अन्य उपचारबाट रोग निको नभएपछि आयुर्वेदिक उपचार लिन पुग्नेको सङ्ख्या उल्लेख्य रहेको छ ।
ललितपुरका यी स्थानमा आज बिजुली काटिने
काठमाडौँ, चैत ८ गते । नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी पुल्चोक वितरण केन्द्रको पाटन फिडरअन्तर्गत पर्ने विभिन्न स्थानमा बिजुली कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार, भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुन्डोल, पुरानो मन्त्री क्वाटर, सम्झिखेल, अरूण थापा चोक क्षेत्रमा आज दिउँसो १२ देखि २ बजेसम्म लाइन काटिने छ । पाटनको एक सय ३२ केभी सबस्टेशनको प्राविधिक कामका लागि लाइन काटिन लागेको प्राधिकरणले जारी गरेको सूचनामा उल्लेख गरेको छ । ती स्थानमा बिजुली काटिँदा ग्राहकमा पर्न गएको असुविधाप्रति प्राधिकरणले माफी मागेको छ । निर्धारित कार्य तोकिएको समयअगावै सम्पन्न गरी नियमित बिजुली उपलब्ध गराइने प्राधिकरणले सूचनामार्फत जनाएको छ ।
सुक्न थाले रुख कटहरका बोट
तरकारी खाँदा स्वादिलो, पाकेको खाँदा झनै मिठो र स्वस्थकर अनि सहजै बिक्री हुने रुख कटहरका बोट सुक्न थालेपछि किसान चिन्तामा परेका छन् । मध्यपहाडी काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली जिल्लामा एकै पटक कटहरका बोट सुक्ने समस्या देखिएको छ तर सबैभन्दा धेरै समस्या भने काभ्रेपलाञ्चोकमा छ ।
उद्योगमा विद्युत् नियमित दिन आग्रह
औद्योगिक क्षेत्रमा भएको विद्युत् कटौतीलाई प्राधिकरणले गरेको लोडसेडिङ भन्दै निजी क्षेत्रका दुई प्रतिनिधिमूलक संस्थाले औद्योगिक क्षेत्रमा ऊर्जाको आपूर्ति नियमित गर्न आग्रह गरेका छन् ।
मुख स्वास्थ्यमा बेवास्ता उपचार पनि ढिला
सरकारी अस्पतालमध्ये मुख स्वास्थ्यको सबैभन्दा सस्तो राम्रो उपचार हुने वीर अस्पतालको ओपिडीमा मात्र दैनिक दुई सय जना नयाँ बिरामी दाँतसम्बन्धी समस्या लिएर आउने गरेका छन् ।
दक्षिण एसियाकै किसान बिचौलियाको चङ्गुलमा
किसानले उत्पादनको राम्रो मूल्य नपाउने र उपभोक्ताले महँगो मूल्य तिर्ने समस्या नेपालको मात्रै होइन । बिहीबारदेखि यहाँ सुरु भएको दक्षिण एसियाली किसान सम्मेलनमा सहभागी किसान अगुवाले किसानले आफ्नो उत्पादनको मूल्य आफैँ निर्धारण गर्न नसकेको उल्लेख गरेका छन् ।
थारु आयोगको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुवोधसिंह थारुलाई
थारु आयोग नेपालको कार्यवाहक अध्यक्षको जिम्मेवारी सुवोधसिंह थारुले पाउनुभएको छ । आयोगका अध्यक्ष विष्णुप्रसाद थारुको कार्यकाल सकिएपछि सुवोधलाई कार्यवाहकको जिम्मेवारी दिइएको आयोगले जनाएको छ ।
‘अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व गर्न कांग्रेस सफल’
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले अप्ठ्यारो परिस्थितिमा मुलुकको नेतृत्व कांग्रेसले गर्दै आएको बताउनुभएको छ ।
राष्ट्रिय एकता बलियो बनाउन सङ्घीयता : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना, प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता बलियो बनाउन देश सङ्घीयता प्रणालीमा गएको बताउनुभएको छ ।
एमालेले गणतन्त्रको पक्षमा ११ गते अभियान चलाउने
नेकपा (एमाले) ले मुलुकमा हाल भइरहेको प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्नेभएको छ ।
दुईपाङ्ग्रे सवारी चालकसँग ‘दुई मिनेट’अभियान सुरु
ट्राफिक प्रहरीले आज बूढानीलकण्ठ नगरपालिका क्षेत्रमा ट्राफिक नियमबारे जनचेतना फैलाउने उद्देश्यले ‘दुईपाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ अभियान सुरु गरेको छ । दुईपाङ्ग्रे सवारी चालकहरूलाई लक्षित गरी सुरु भएको कार्यक्रम हरेक हप्ता नियमितरूपमा सञ्चालन गरिने बूढानीलकण्ठ ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
नेप्से निरन्तर ओरालोतिर
शेयर बजारमा आज पनि गिरावट आएको छ । यो साता कारोबारको लगातार पाचौँ दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट आएको हो ।
‘कृत्रिम बौद्धिकतासँगै मानवीय विकासलाई जोड दिन आवश्यक छ’
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राध्यापक डा दिलीप सुब्बाले कृतिम बौद्धिकता (एआई) सँगै मानवीय विकासलाई जोड दिन आवश्यक रहेको बताउनुभएको छ ।
पाँचौँ नेपाल-जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
पाँचौँ नेपाल-जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु भएको छ । आजदेखि यहाँ ‘फङ्सनल न्युरोसर्जरी वर्कसप’ का रूपमा सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुनेछ ।
नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिन्छ : मन्त्री खड्का
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नीतिगत सुधार गरेर साना जलविद्युत् आयोजनाका समस्या समाधान गरिने बताउनुभएको छ ।
बाढीपीडितलाई आवासको व्यवस्था गरिने
गृहमन्त्री रमेश लेखकले गत असोजको बाढीबाट प्रभावित भएका वाग्मती तथा कोशी प्रदेशलगायत स्थानका सर्वसाधारणलाई आवासको व्यवस्था गरिने बताउनुभएको छ ।
संविधान विपरीतका घटनामा सांसदद्वारा सरकारको ध्यानाकर्षण
सांसद रामहरि खतिवडाले संविधान विपरीत गरिएका घटनामा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
त्रिवि क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न उपप्रधानमन्त्री सिंहको आग्रह
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानको काम समयमै सम्पन्न गर्न आग्रह गर्नुभएको छ ।
संविधानको परिधि र सरकारको निर्देशनमा रही सेनाले काम गरिरहेको छ : रक्षामन्त्री राई
रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले नेपालको इतिहासको जुनसुकै कालखण्डमा पनि देश, जनता र सरकारप्रति जिम्मेवार भएर काम गर्दै आएको बताउनुभएको छ । उहाँले सडकसहितका पूर्वाधार निर्माणको जिम्मेवारी सेनाले चाहेको, मागेको र खोजेको नभई सरकारले खटाएको स्पष्ट पार्नुभयो ।
मकवानपुरमा ६ कैदीबन्दी एसइई परीक्षामा सहभागी
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा मकवानपुरको भीमफेदीस्थित कारागारका ६ कैदीबन्दी सहभागी भएका छन् । कारागारमा विभिन्न मुद्दामा कैदीबन्दी जीवन बिताइरहेका उनीहरु आजदेखि सुरु भएको एसइई परीक्षामा सहभागी भएका कारागारका जेलर तीर्थराज पौडेलले जानकारी दिनुभयो ।