युरोप लैजाने भन्दै ठगी बढ्यो
पछिल्लो समयमा आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि युरोप पठाउने भन्दै युवालाई ठगी गर्ने क्रम बढेको छ ।
हजमोलामा सिसा भेटिएपछि अनुसन्धान सुरु
राममणि दाहालमकवानपुर, जेठ १४ गते । हेटाैँडा उपमहानगरपालिका ७ मिलनचोक हजमोला (चट्कोला) खाँदा जिब्रोमा घाउ भएको र सिसाको टुक्रा फेला परेको भन्दै स्थानीय प्रशासनले अनुसन्धान थालेको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुर र खाद्य गुणस्तर तथा प्रविधि नियन्त्रण कार्यालय, हेटौँडाले हजमोला खाँदा जिब्रोमा घाउ भएको पीडित पक्षको गुनासोपछि हजमोलाको नमुना सङ्कलन गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो ।हेटौँडा ७ की वर्ष २४ की इस्मिता पौडेल र हेटौँडा ४ बस्ने वर्ष २५ की श्रेय रिजनलले हेटाैँडा ४ पारिजात पथमा सञ्चालन गरिएको एक पसल (मार्ट) बाट हजमोला (चट्कोला) किनेर लगेकोमा निज दुवै जनाले खाँदा दुवै जनाको जिब्रोमा चोट लागेको र सिसाका कारण घाउ भएको जनाउनुभएको छ ।उनीहरूले हजमोला चपाउँदा सिसा चपाएको जस्तो महसुस भएको जनाएका छन् । मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले स्थानीयको गुनासो र उक्त घटना सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय र खाद्य गुणस्तर तथा प्रविधि नियन्त्रण कार्यालय मकवानपुरको संयुक्त टोलीले उक्त मार्टमा अनुगमन गरी नमुना सङ्कलन गरेको बताउनुभयो ।यस्तै खाद्य तथा गुण प्रविधि नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत पङ्कज दाहालले अनुगमन टोलीले उक्त पसलमा बिक्रीका लागि राखिएको हजमोलाका ११ बोतल सङ्कलन गरी अनुसन्धान थालिएको जानकारी दिनुभयो । प्रयोगशालामा अनुसन्धान थालेका छौँ उहाँले भन्नुभयो, अनुसन्धानका प्रतिवेदन नआएसम्म उक्त पसलमा हजमोला बिक्रीमा रोक लगाइएको छ र अन्य केही पसलबाट पनि नमुना सङ्कलन गरिएको छ ।उहाँले हजमोलाका उत्पादनमा केही असामान्य तत्त्व भेटिएको उजुरीपछि नमुना सङ्कलन गरी अनुसन्धान सुरु गरिएको बताउनुभयो । उक्त चट्कोलाभित्र सिसाको टुक्रा फेला परेको पौडेल र रिजालको भनाई छ ।दुवै जनाले चट्कोला सेवन गर्दा जिब्रोमा चोट लागेपछि हेटौँडा अस्पताल उपचार गरिएको थियो ।
सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दै
काठमाडौँ, जेठ १४ गते । सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्ने कार्यसूची छ । मङ्गलबार प्रतिपक्षी दलहरुको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकका लागि सङ्घीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्ने कार्यसूची तय भएको छ । यसैगरी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१-८२ को आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ । सम्भावित कार्यसूची अनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेश हुनेछ । यसैगरी, प्रतिनिधिसभाको बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले ‘कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०८२’ पेश गर्नुहुनेछ । युवा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । राष्ट्रियसभामा पनि उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१-८२ को आर्थिक सर्वेक्षण गर्ने सम्भावित कार्यसूची छ । यसैगरी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । राष्ट्रियसभाको बैठकमा आज शहरी विकास, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, स्वास्थ्य तथा जनसङ्ख्या र वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची छ ।
बालबालिका ऐन संशोधन, १८ वर्ष पुगेपछि कारागार स्थानान्तरण
नाबालक राख्ने बाल सुधारगृहमा वयस्क व्यक्ति रहँदा झडपका घटनासमेत बढिरहेका बेला सरकारले सुधारगृहमा रहेका १८ वर्ष पूरा भएका व्यक्तिलाई कारागार पठाउन सक्ने कानुनी व्यवस्था प्रस्ताव गरेको छ ।
देशका अधिकांश भागमा बदली हुने पूर्वानुमान
काठमाडौँ, जेठ १४ गते । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ ।महाशाखाका अनुसार बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्चपहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने छ ।
पानीजहाज धनी नेपाली हुनैपर्ने
पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ ले पानीजहाजको धनी नेपाली नागरिक वा नेपालमा दर्ता गरिएको कम्पनी भए मात्रै आन्तरिक जलमार्गमा सञ्चालन हुन सक्ने व्यवस्था गरेको छ ।
गणतन्त्रपछि गाउँसम्मै विकास
गणतन्त्र आएपछि नागरिकले विकास निर्माणमा सहजता, सेवामा पहुँच, समावेशी स्थानीय सरकार र गाउँघरमै न्यायिक अधिकार प्राप्त गरेका छन् ।
यातायात क्षेत्र संवद्ध संघ संस्थाले राखे सात बुँदे माग
यातायात क्षेत्र संवद्ध संघ संस्थाले सात बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका छन् ।
रसुवाको भैरव कुण्ड
रसुवा जिल्लाको ऐतिहासिक भैरव कुण्ड ।
जसपा अध्यक्ष यादव मलेसिया जानुहुँदै
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव बुधबार मलेसिया जाँदै हुनुहुन्छ ।
‘गर्भपतन सेवालाई अपराधीकरण गर्नुहुँदैन’
सञ्चारिका समूह नेपाल, सेन्टर फर रिप्रोडक्टिभ राइट्स र महिला, कानुन र विकास मञ्चको संयुक्त आयोजना ‘मेरो शरीर मेरो अधिकार’ भन्ने नारासहित आयोजित सुरक्षित गर्भपत र निरअपराधिकरण सम्बन्धी छलफल कार्यक्रममा सरोकारवालाले यस्तो ठहर गरेका हुन् ।
‘जन्ते बाख्रो’ खुवाउने मौलिक चलचित्रको श्रव्यदृश्य सार्वजनिक
देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यममध्येको एक चलचित्रमार्फत हाम्रो सामाजिक मूल्यमान्यता, रीतिरिवाज, आदर्श र जीवनशैलीलाई उजागर गर्ने क्रम देखिएको छ ।
शहरी विकास मन्त्रालय साउन १ गतेबाट पेपरलेस हुने
शहरी विकास मन्त्रालयले नयाँ आर्थीक वर्षबाट साउन १ गतेबाट सरकारी कामकारवाही पेपरलेस हुने भएको छ । शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले साउन १ गतेबाट एकीकृत कार्यालय व्यवस्थापन प्रणाली( जीआईओएमएस) प्रणालीबाट हुने जानकारी दिनुभयो ।
योजना आयोगका उपाध्यक्ष र राष्ट्र बैङ्कका गभर्नरबिच भेट
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी र नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलबिच भेटवार्ता भएको छ ।
धार्मिक तीर्थस्थल गोसाइँकुण्ड
समुद्री सतहबाट करिब चार हजार तीन सय ६० मिटर उचाइमा रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अवस्थित गोसाइँकुण्ड ।
यही जेठ १५ गतेको आन्दोलन शान्तिपूर्ण र संयमित हुनेछः राप्रपा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका तीन राजनीतिक दलले यही जेठ १५ गते हुने आन्दोलन शान्तिपूर्ण र संयमित हुने जनाएको छ ।
प्रतिनिधिसभाको बैठक बुधबार बस्नेगरी स्थगन
प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने भएको छ । मङ्गलबार बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकेकाले बुधबारका लागि सारिएको सूचनामार्फत सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
लक्ष्मण हुमागाईं विज्ञापन बोर्डको अध्यक्ष नियुक्त
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय मंगलबार सार्वजनिक गर्नुहुँदै हुमागाईं विज्ञापन बोर्डको अध्यक्ष नियुक्त हुनुभएको जानकारी दिनुभएको हो।
लोकतान्त्रिक गणतन्त्रबारे विद्यालयमा पढाउनुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले विद्यालय शिक्षामै गणतन्त्रबारे पढाउनुपर्ने बताउनु भएको छ । पार्टीका सबै विभागका सबै सदस्यहरूको विस्तारित भेला–बैठकलाई सम्वोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली श्रमिकलाई गन्तव्य देशले स्थानीय नागरिक सरह अधिकार दिनुपर्छः श्रममन्त्री
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रम गर्न गएका नेपाली श्रमिकहरुलाई गन्तव्य देशले दासको व्यवहार गर्न नपाइने बताउनुभएको छ ।
प्रधानमन्त्रीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन पेस
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सतर्कता केन्द्रले मङ्गलबार आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।
स्वास्थ्य महामारी रोकथामका लागि ६ निर्णय
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनु अघि नै आवश्यक पूर्व तयारी तथा रोकथामका लागि तयारी थालेको छ ।
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वय न्यून’
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आफूहरूले गरेको सिफारिसहरू न्यून मात्रै कार्यान्वयन हुने गरेको भन्दै असन्तुष्टि जनाउनुभएको छ ।
प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रम स्वीकृत
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।