• १५ जेठ २०८२, बिहिबार

जसपा अध्यक्ष यादव मलेसिया जानुहुँदै

blog

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव

काठमाडौँ, जेठ १३ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव बुधबार मलेसिया जाँदै हुनुहुन्छ । यही जेठ १८ गते क्वालालम्पुरस्थित होटल ग्रयान्ड कन्टिनेन्टलमा आयोजना गरिएको मलेसियामा रहेका नेपाली श्रमिकहरुसँगको अन्तरक्रिया कार्यक्रमको प्रमुख वक्ताको रुपमा सहभागी हुन अध्यक्ष यादव बुधबार मलेसिया जान लाग्नुभएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

पार्टीको प्रवास सङ्गठन नेपाली समाज मलेसियाद्वारा आयोजित उक्त कार्यक्रममा अध्यक्ष यादवसँगै पार्टीका कार्यकारिणी समिति सदस्य एवम् मधेश प्रदेशसभा सदस्य राजकुमार गुप्ता (राजु), पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख अर्जुन थापा तथा सेन्टर फर साउथ एसियन स्टडिज, काठमाडौँका डाइरेक्टर डा. निश्चलराज पाण्डेसमेत सहभागी हुनुहुने छ । 

सो अवसरमा जसपा नेपालले प्रवास सङ्गठन ‘नेपाली समाज मलेसिया’ पुनर्गठनसमेत गर्ने भएको छ । विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरी कार्यक्रमलाई मनोरञ्जनात्मकसमेत बनाइने आयोजकले जनाएको छ । अध्यक्ष यादवसहितको टोली जेठ २० गते स्वदेश फर्कने बताइएको छ ।