ऊर्जामन्त्री र अमेरिकी राजदूतबिच भेट : एमसिसी परियोजनाबारे छलफल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबिच भेटवार्ता भएको छ । ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटमा दुई देशबिचको ऊर्जा सहकार्य र मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजना कार्यान्वयनका विभिन्न पक्षमा छलफल भएको थियो ।
संविधान कार्यान्वयनका लागि कानुन निर्माण गरी कार्यान्वयन गर्न माग
नेपाली कांग्रेसका सांसद रुक्मिणी कोइरालाले संविधान कार्यान्वयन प्रभावकारी बनाउन आवश्यक कानुनहरू तत्काल निर्माण र कार्यान्वयन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
गणतन्त्रपछि खेलकुदमा उपलब्धि
नेपालमा राजनीतिक संरचना परिवर्तन भई लोकतन्त्रको आगमनसँगै गणतन्त्रको बहाली भएपछि मुलुकका अन्य क्षेत्रमा जस्तै खेलकुदमा पनि विविध परिवर्तन भएका छन् ।
भोलि १८ औँ गणतन्त्र दिवस
अठारौँ गणतन्त्र दिवस भोलि स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी हर्षोल्लास साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा बिहीबार बिहान आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभाव सहभागी हुनुहुनेछ ।
राष्ट्रियसभा : गृहमन्त्रीको राजीनामा माग
राष्ट्रियसभा बैठकमा पनि गृहमन्त्रीको राजीनामा माग गरिएको छ । बुधबार बसेको राष्ट्रियसभा बैठकको आकस्मिक समयमा बोल्नुहुने सांसद गोपीबहादुर सार्की अछामीले भिजिट भिषा प्रकरणबारे निष्पक्ष छानबिनको माग गर्नुभयो ।
बागमती प्रदेशसभामा दुई उपसमिति गठन
बागमती प्रदेश सभाअन्तर्गतका दुई वटा समितिको प्रदेश सभा सचिवालय हेटौँडामा बसेको बैठकबाट उपसमितिहरू गठन गरिएको छ ।
प्रतिपक्षी दलद्वारा गृहमन्त्रीको राजीनामा माग
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बसेको बैठकले ‘भिजिट भिषा’ का सन्दर्भमा देखिएको भनिएको अनियमितताको जिम्मेवार गृहमन्त्री भएको आरोप लगाउँदै राजीनामा दिनुपर्ने माग गरेको हो ।
गणतन्त्र दिवसको अवसरमा हुलाक टिकट प्रदर्शनी
गणतन्त्र दिवसको अवसर पारेर हुलाक सेवा विभागले हुलाक टिकट प्रदर्शनी गरेको छ । नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाहरूबारे आउँदो पुस्तालाई जानकारी दिन पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने उद्देश्यले टिकट प्रदर्शनी कार्यक्रम आयोजना गरिएको हो ।
सकारात्मक र सक्षम युवा समाज रूपान्तरणका नायक बन्न सक्छन् : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सकारात्मक र सक्षम युवा नै समाज रूपान्तरणका नायक बन्न सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित
प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ । बैठक सुरू भएलगत्तै प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लगायतले गृहमन्त्रीको राजीनामा माग गर्दै सदन अवरोध गरेका हुन् ।
सुक्खा फोहर व्यवस्थापन गर्न क्षेत्र निर्धारण
काठमाडौँ महानगरपालिकाले सुक्खा फोहर व्यवस्थापको थप व्यवस्थित बनाउनका लागि क्षेत्र निर्धारण गरेर फोहर व्यवस्थापनको काम सुरुआत गरेको छ । उक्त सुख्खा फोहर विक्रीका लागि वार्षिक रु ६ करोड आठ लाख ७२ हजारमा ठेक्का लगाएको छ ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुन तोलामा एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी रु १० ले बढेको छ ।
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान
यो वर्ष मनसुन चाँडो भित्रिने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस्तो पूर्वानुमान गरेको हो ।
एकीकृत समाजवादीको कार्यकर्ता भेला बिहीबार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले बिहीबार यहाँ कार्यकर्ता भेला गर्ने भएको छ ।
मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित
काठमाडौँ, जेठ १४ गते । राष्ट्रिय विपद् जोखिम न्युनिकण तथा व्यवस्थापन प्राधिकरणले मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना पारित गरेको छ । सिंहदरबारमा बुधवार बसेको प्राधिकरणको बैठकले मनसुन प्रतिकार्य राष्ट्रिय कार्य योजना पारित गरेको हो । बैठकपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले बैठकमा यो वर्ष मनसुनजन्य विपद् बढी हुनसक्ने भएकाले प्रतिकार्य योजना बनाइ पेस गरिएको र बैठकले पास गरेको जानकारी दिनुभयो । गत वर्षको बाढीबाट चोभारमा जाम भएर बहाव अवरुद्ध हुन गई भएको डुबानबाट पाठ सिक्दै अब हुन नदिन लागि सहरी विकास मन्त्रलालको नेतृत्वमा नेपाली सेनाले कार्य गरी त्यहाँ भएको अवरोधहरू हटाउने भन्ने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले मनसुन छिटै आउँदै छ । यो वर्ष मनसुन बढी पनि छ । मनसुनको बेलामा प्रतिकार्य गर्ने योजना छ, त्यो राष्ट्रिय कार्य योजना पेस भएको छ । त्यो राष्ट्रिय कार्य योजना पास भएको छ । गत वर्षको बाढीबाट चोभारमा जाम भएर बहाव अवरुद्ध हुन गई जुन डुबान भएको थियो, त्यो नहोस् भन्नका लागि सहरी विकास मन्त्रलालको नेतृत्वमा नेपाली सेनाले कार्य गरी त्यहाँ भएको अवरोधहरू हटाउने भन्ने निर्णय भयो । मनसुन प्रतिकार्य कार्य योजना छिटो तयार पारेर लागू गर्नुपर्छ । त्यही अनुसार अघि बढ्नुपर्छ भन्ने थियो ।’मनसुन प्रतिकार्य कार्य योजना अब कार्यान्वयनमा गएको बताउनुभयो ।
विप्रेषणसँगै भित्रिँदै दीर्घरोग
माम र दामको खोजीमा काकाकुल पर्दाको चोटले जीवनसङ्घर्षमा छन् सुजन थामी । वैदेशिक रोजगारीले जीवनमरणको दोसाँधमा पुग्ने उनी मात्र होइनन्, कैयौँ अरू पनि छन् ।
गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा कांग्रेस दृढ छ: सभापति देउवा
काठमाडौँ, जेठ १४ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रसहित धर्मनिरपेक्ष, समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको बताउनुभएको छ । बुधवार पार्टी केन्द्रीय कार्यालयमा पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घ, केन्द्रीय समितिको अभियान अन्तर्गत बागमती प्रदेशद्वारा आयोजित प्रदेश स्तरीय सङ्गठनात्मक क्षमता अभिवृद्धि तथा सशक्तीकरण एवं प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ रहेको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन आफूहरूले चाहेको बताउनुभयो । आदिवासी जनजातिलगायतका समुदायका चाड पर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको सुरुवात नेपाली कांग्रेसको नेतृत्वको सरकारले गरेको बताउनु भयो । आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्धन गर्न कांग्रेस प्रतिबद्ध रहेको बताउनुभयो । संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारू आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप स्राेत साधन सम्पन्न गराउन कांग्रेस सचेत रहेको पनि बताउनुभयो । सभापति देउवाले भन्नुभयो, ‘नेपाली कांग्रेसको नेतृत्वमा प्राप्त भएको ऐतिहासिक उपलब्धिहरू गणतन्त्रसहित धर्मनिरपेक्ष समानुपातिक र समावेशिताको प्रभावकारी कार्यान्वयनमा नेपाली कांग्रेस दृढ छ । संविधान संशोधन गर्दा आदिवासी जनजातिले प्राप्त गरेको उपलब्धिलाई जोगाउँदै प्रगतिशील बनाउन हामी लाग्नेछौँ । आदिवासी जनजाति लगायतका समुदायका चाड पर्वहरूलाई राष्ट्रिय पहिचान दिने कार्यहरूको सुरुवात नेपाली कांग्रेसको (मेरो) नेतृत्वको सरकारले गरेको हो भन्ने तथ्य यहाँ राख्न चाहन्छु । आदिवासी जनजाति समुदायका पुस्ताजन्य परम्परागत ज्ञान, सीपको संरक्षण र प्रवर्धन गर्न कांग्रेस प्रतिबद्ध छ । संविधानमा रहेका आदिवासी जनजाति आयोग, थारू आयोग, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलाई थप स्राेत साधन सम्पन्न गराउन कांग्रेस सचेत छ ।’सभापति देउवाले नेपाली कांग्रेस आदिवासी, जनजातिहरूको सशक्तीकरणका लागि सधैँ क्रियाशील रहेको बताउनुभयो ।
न्युजिल्यान्डका उपप्रधानमन्त्री आज आउँदै
न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री विन्स्टन पिटर्स नेपालको दुईदिने औपचारिक भ्रमणमा आज अपराह्न काठमाडौँ आउँदै हुनुहुन्छ ।
नारायणीमा थप तटबन्ध निर्माण
नारायणी नदी नियन्त्रणका लागि बाँकी रहेका स्थानमा थप तटबन्धको काम सुरु भएको छ । चार वर्षअगाडिदेखि सुरु भएको पहिलो चरणको तटबन्धको काम सकिनै लाग्दा बाँकी रहेका स्थानमा निर्माणका लागि अर्को ठेक्का सुरु भएको हो ।
त्रिपुरासुन्दरीमा सञ्चालनमा आयो प्रयोगशाला
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले धादिङको त्रिपुरासुन्दरी गाँउपलिकामा निर्माण भएको कृषि तथा पशुपन्छी सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ ।
आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
एउटै ढुङ्गाबाट मालिका मन्दिर पुनःनिर्माण
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बागलुङको प्रसिद्ध मालिका मन्दिर पुनःनिर्माण गरेको छ । अहिले मन्दिरको पुनःनिर्माण सकिएर तामाको छानो राख्ने तयारी गरिएको छ ।
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको भासिएको भाग बनेन
चितवन, जेठ १४ गते । बजेट अभावमा नारायणगढ–मुग्लिन सडकको २६ किलोमा भासिएको भाग चालु आर्थिक वर्षमा नबन्ने भएको छ । सो क्षेत्रमा एक सय ६५ मिटर भाग भासिएको छ । गत असोजको अविरल वर्षापछि सो ठाउँमा सडक भासिएको थियो । सो क्षेत्रको ८५ मिटर लम्बाइ र ३।५ मिटर चौडाइ आठ मिटर तलसम्म भासिएको छ । बाँकी भाग चिरा परेको छ । अब बनाउँदा सबै भागलाई एकैसाथ बनाउनुपर्ने डिभिजन सडक कार्यालयका प्रमुख नारायण लामिछानेले बताउनुभयो । चालु आर्थिक वर्षमा बजेट सुनिश्चितता हुन नसक्दा काम हुन नसकेको हो । वर्षाले कालोपत्र तलको माटोको भागलाई बगाएर खोक्रो बनाएपछि सडक भासिएको हो । अठारदेखि २५ मिटरसम्म पायल राखेर मर्मत गर्नुपर्ने उहाँले बताउनुभयो । सोहीअनुसारको डिजाइन तयार गरेर सडक विभागमा पेस गरिएको छ । गत माघमा डिजाइन तयार गरी फागुनमा स्रोत सुनिश्चितताका पेस गरिएको भए पनि बहुवर्षे ठेक्काका लागि बजेट विनियोजन गर्ने समय समाप्त भएकाले यस वर्ष काम हुन नसकेको उहाँले बताउनुभयो । भासिएको भाग मर्मत गर्न रु ३२ करोड लाग्ने अनुमान गरिएको छ । हाल सडकमा थप क्षति हुन नदिन ग्यावियन जाली लगाएर अस्थायी रोकथामका काम गरिएको छ । यो सडक हुँदै राजधानी काठमाडौँ र पोखरातर्फ दैनिक १० हजारभन्दा बढी सवारीसाधन सञ्चालन हुन्छन् ।