त्रिपुरासुन्दरीमा सेवा केन्द्र सञ्चालन
धादिङको त्रिपुरासुन्दरी गाउँपलिकामा कृषि तथा पशुपन्छी सेवा केन्द्र सञ्चालनमा आएको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले सेवा केन्द्रको उद्घाटन गर्नुभएको कृषिमन्त्रीको सचिवालयले जनाएको छ ।
मकै आयातसमेत बढ्दो
कृषिप्रधान मुलुक नेपाल मकैमा समेत आयातमै भर पर्नु परेको छ । स्थानीयस्तरमा उत्पादन गर्ने पर्याप्त सम्भावना भए पनि आन्तरिक उत्पादनले माग धान्न नसक्दा आयातमै भर पर्नु परेको हो ।
सुशासन र पारदर्शिताका लागि योजना बैङ्क स्थापना गरिने
बागमती प्रदेश सरकारले बजेट निर्माण र कार्यान्वयलाई सुशासन र पारदर्शी बनाउन योजना बैङ्क स्थापना गरिने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा समृद्ध प्रदेश निर्माण गर्न सरकार दृढ सङ्कल्प गर्दै प्रदेशको एकल अधिकार कार्यान्वयनमा जोड दिने भएको छ ।
आयोजना बैङ्कमा एक हजार ३२७ आयोजना
राष्ट्रिय योजना आयोगले एक हजार ३२७ वटा आयोजनालाई आयोजना बैङ्कमा प्रविष्ट गरेको छ । आयोजना बैङ्कमा नरहेका आयोजनालाई बजेट विनियोजन नगर्ने व्यवस्थाबमोजिम आयोगले अन्तिम समयमा सो आयोजनालाई बैङ्कमा राखेको हो ।
आवेदन दिएको दिनमै श्रम स्वीकृति
वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइन आवेदन दर्ता भएकै दिनमा श्रम स्वीकृति पाउन थालेका छन् ।
संशोधित नियमावली कार्यान्वयन नगर्न आदेश
सर्वोच्च अदालतले न्याय परिषद्को संशोधित नियमावली तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
तेह्र दिनअगावै नेपालमा मनसुन भित्रँदै
यस वर्षको मनसुन तेह्र दिनअगावै नेपाल भित्रने भएको छ । प्री मनसुनले मनसुन भित्रनका लागि राम्रो वातावरण बनाएसँगै नेपालमा छिट्टै मनसुन भित्रन लागेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
स्रोतको दबाबबिच आज बजेट
आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारको राजस्व र व्ययको वार्षिक अनुमान अर्थात् बजेट बिहीबार सार्वजनिक हुँदै छ ।
गणतन्त्रको उपलब्धि, नागरिक पहुँचमा तीन वटै अङ्ग
नेपाली जनताको सात दशकभन्दा लामो त्याग, बलिदानीपूर्ण जनसङ्घर्ष र जनआन्दोलनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १७ वर्ष पूरा भएको छ ।
किन बन्द हुन्छ हेटौंडा सिमेन्टको उत्पादन
कहिले प्राविधिक समस्या त कहिले आर्थिक समस्या । यिनै रुकावटका कारण देखाउँदै हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द हुने गरेको छ ।
‘सीआइएनले सकारात्मक सोच विकासका लागि अभियान चलाउनुपर्छ’
सांसद तथा सरोकारवाला निकायका प्रतिनिधिले सामुदायिक सूचना नेटवर्क (सीआईएन) ले मुलुकमा सकारात्मक सोच र विचारको विकासका लागि अभियान चलाउनुपर्ने सुझाव दिएका छन्।
साउनयता प्राकृतिक कारणले २८ गैंडा मरे
गत साउनयता प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा २८ वटा गैंडा मरेका छन्।
नागरिकलाई उत्पादनसँग जोड्ने गरी आगामी बजेट ल्याउन कांग्रेसको सुझाव
नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले नागरिकलाई उत्पादनसँग जोड्ने गरी आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याउन सुझाएको छ ।
प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगन
प्रतिनिधिसभाको बैठक बिहीबार अपराह्न १ः३० बजे बस्नेगरी स्थगन भएको छ । सङ्घीय संसद् सचिवालयले सूचनामार्फत प्रतिनिधिसभाको बैठक बिहीबार दिनको १ः३० बजे बस्ने गरी तय भएको जनाएको छ ।
सिआइएनको वार्षिकोत्सव : तीन पत्रकार पुरस्कृत
सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपालद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्कको १७ औं वार्षिकोत्सवमा तीन जना पत्रकार पुरस्कृत हुनुभएको छ । सो अवसरमा गोरखापत्र दैनिकको सर्लाही समाचारदाता जनार्जन खत्री ‘सामुदायिक रेडियो पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित हुनुभएको छ ।
नेपालमा बाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढ्दै
वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले केही दशकदेखि नेपालमा बाह्य मिचाह प्रजातिको वनस्पतिको प्रकोप बढिरहेको बताउनुभएको छ । बुधबारको राष्ट्रियसभा बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालमा विवाह गर्ने उमेरमा परिवर्तन
नेपालमा विवाह गर्ने उमेरमा परिवर्तन भएको एक तथ्याङ्कले देखाएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको नेपालमा वैवाहिक स्थिति, धर्महरू र किशोर किशोरी तथा युवाको अवस्थाबारे विषयगत प्रतिवेदनहरूले यस्तो देखाएको हो ।
प्रधानमन्त्रीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्रीको भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग न्युजिल्याण्डका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री विन्स्टोन पिटर्सले बुधबार शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा दुुई पक्षीय हित, आपसी सम्बन्ध र सहकार्यलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
खुला दौडमा सिर्जना र मिङमर विजयी
गणतन्त्र दिवसको अवसरमा प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजना र मकवानपुर जिल्ला खेलकुद विकास समितिको संयोजनमा भएको खुला महिला तथा पुरुष दौड प्रतियोगिता सम्पन्न भएको छ ।
सगरमाथा देखेपछि आरोही भन्छन् : वाऊ ! इस्ट् अमेजिङ
‘वाऊ ! इट्स् अमेजिङ एभरेष्ट, आइ नेभर फर्गेट’ (आहा ! यो अत्भूत छ, म यसलाई कहिल्यै भुल्ने छैन) जहाजको झ्यालबाट सगरमाथातर्फ नजरलगाइरहेका सिओजुले पुनः भन्नुभयो, “नेपाल साच्चिकै सुन्दर छ, यहाँको प्राकृतिक सुन्दरता र सेता हिमालले जो कोहीलाई मोहित तुल्याउँछ, जुन विश्वकै गौरवको विषय हो ।”
लोकतन्त्रको विकल्पका रूपमा अन्य कुनै व्यवस्था हुन सक्दैन : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्रको विकल्पमा अन्य कुनै पनि शासन व्यवस्था नहुने स्पष्ट पार्नुभएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुको विकल्प छैन : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले राजतन्त्रले मोका पाउनासाथ जनतालाई अधिकारविहिन बनाउने भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।
सुशासन र पारदर्शीताका लागि योजना बैंक स्थापना गरिने
बागमती प्रदेश सरकारले बजेट निर्माण र कार्यान्वयलाई सुशासन र पारदर्शी बनाउनु योजना बैंक स्थापना गरिने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा समृद्ध प्रदेश निर्माण गर्न सरकार दृढ सङ्कल्प गर्दै प्रदेशको एकल अधिकार कार्यान्वयनमा जोड दिनेभएको छ ।
सरकारले नयाँ कामको सुरुवात गरेको छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले नयाँ कामको थालनी गरेको बताउनुभएको छ । धुलिखेल अस्पताल परिसरमा निर्माण हुने धुलिखेल ट्रमा तथा आकस्मिक केन्द्रको शिलान्यास गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।