वडासचिव र सेवाग्राहीविरुद्ध दोहोरो जन्मदर्ता बनाएको आरोपमा भ्रष्टाचार मुद्दा
कास्कीको पोखरा महानगरपालिका वडा नं. २७ का तत्कालीन वडा सचिव प्रभात लामिछानेसहित दुई जनाविरुद्ध सेवाग्राहीसँग दुई लाख ५० हजार रुपियाँ घुस लिएको आरोप लागेको छ ।
कुलमानको विषयलाई लिएर संसद् अवरोध गर्नु गलतः महामन्त्री शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई हटाउँदा संसद् अवरोध गर्नु गलत भएको बताउनुभएको छ । बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
न्यायमा राजनीति नगर्न राजनीतिक दलसँग पूर्वप्रधानन्यायाधीश श्रेष्ठको आग्रह
पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले न्यायमा राजनीति नगर्न राजनीतिक दलहरूसँग आग्रह गर्नुभएको छ ।
‘कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्बन बिक्रीबापत प्राप्त भएको रकम गरिब र विपन्न वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
नचाहिएको विषयमा अत्तो थापेर सदन अवरुद्ध गरिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नचाहिएको विषयमा अत्तो थापेर विपक्षीबाट सदन अवरुद्ध गरिएको बताउनुभएको छ ।
माटोका भाँडा तथा क्युरियोका सामान बनाउँदै
भक्तपुरको पोटरी स्क्वायरमा परम्परागत तरिकाबाट माटोका भाँडा तथा क्युरियोका सामान बनाउँदै स्थानीयबासी ।
अनुशासनले हाम्रो सफलतालाई दीर्घायु बनाउँछ : अभिनेता आचार्य
कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुती रहेको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा पनि प्रस्तुत गर्दै आउनुभएको छ ।
शान्ति प्रक्रिया टुङ्ग्याउने कुरामा राजनीतिक दलमा विवाद छैनः अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्ने कुरामा राजनीतिक दलहरूबिच विवाद नरहेको दाबी गर्नुभएको छ ।
राष्ट्रियसभा बैठक एक घण्टाका लागि स्थगित
सङ्घीय संसद्को बैठक विपक्षी दलको विरोधका कारण आज पनि कार्य सूचीमा प्रवेश गर्न सकेन । राष्ट्रियसभाको बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाउनुभयो ।
सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढेको छः सभापति देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति सम्झौताका बाँकी काम पूरा गर्न अघि बढिरहेको बताउनुभएको छ ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विद्यालयको अतिक्रमित जग्गा फिर्ता
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–८, सिमपानीस्थित महेन्द्रकिरण माध्यमिक विद्यालयको मिचिएको जग्गा स्थानीय सरकारको पहलमा फिर्ता हुन थालेको छ । विद्यालयको नाममा दर्ता
अमेरिकी नागरिक अपहरण गरी तीन लाख युरो फिरौती माग्ने महिला पक्राउ
राममणि दाहालहेटौँडा, चैत १४ गते । प्रहरीले हेटौँडा उपमहानगरपालिका १९ स्थित नेवारपानीबाट अमेरिकी नागरिकलाई अपहरण मुक्त गरेको छ । पोखरा महानगरपालिका वडा नं. ६ लेकसाइडस्थित एक होटेलबाट सोमबार अमेरिकी राहदानी वाहक ७० वर्षीया वृद्धा अपहरण पर्नुभएको थियो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहकार्यमा ती वृद्धालाई अपहरणमुक्त गरिएको हो । ती वृद्धालाई अपहरण गरेको आरोपमा प्रहरीले एक जना महिलालाई पनि पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटाले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जानकारी गराएपछि ती महिलासहित अपहरणमा संलग्न एक महिलालाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार अपहरणमा पर्नेमा भारतीय मूलको अमेरिकी नागरिक रहनुभएको छ ।आफ्नो साथीहरूसँग मुक्तिनाथ मन्दिर भ्रमणका लागि नेपाल आएकी ती वृद्धा अपहरणमा परेको र अपहरणपछि तीन लाख युरो फिरौती माग गरेको नेपालस्थित अमेरिकी राजदूतावासले जानकारी गराएपछि प्रहरीले खोजी गर्ने क्रममा नेवारपानीबाट अमेरिकी नागरिकलाई सकुशल उद्धार गरेको थियो । प्रहरीले अपहरणमा संलग्न भएको अभियोगमा नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं.४ बस्ने वर्ष ३७ की सरिता लामालाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार प्रहरी हिरासतमा रहेकी सरिता लामाविरुद्ध अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाउने गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
सङ्घीय संसद्को दुवै सदनका बैठक आज पनि
बिहान ११ः०० बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लोकसेवा आयोगको ६५औँ वार्षिक प्रतिवेदन (२०८० साउन २०८१ असार)’ पेस गर्नुहुने छ ।
अठचालिस वर्षपछि सडक कालोपत्रे
सडक ट्र्याक खोलेको ४८ वर्षपछि त्रिपुरासुन्दरी गाउँपालिका ५ र ६ पुग्ने बाल्का–टेकानपुर–तौथली सडक कालोपत्रे सुरु भएको छ । २०३३ सालदेखि २०३८ सम्म नेपाल ओरियन्ट म्याग्नेसाइड उद्यो
पुल निर्माणले विद्यालय जान सहज
मकवानपुरको बकैया गाउँपालिका–१२, धेत्रेदमारको सिमातखोलामा झोलुङ्गे पुल निर्माण भएपछि विद्यालय आवतजावत सहज भएको छ । बर्खायामको समयमा पुल नहुँदा सिमातखोलामा जोखिमपूर्ण
प्रधानमन्त्रीद्वारा प्रेस चौतारीको नयाँ नेतृत्वलाई बधाई
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको नयाँ नेतृत्वलाई बधाई तथा शुुभकामना दिनुुभएको छ ।
चालु आवको दोस्रो चौमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदर
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ ।
सागसब्जी र फलफूलको थोक मूल्य यस्तो छ
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
हेटौँडामा देवरद्वारा भाउजूको हत्या, दाजु घाइते
राममणि दाहालहेटौँडा, चैत १४ गते । हेटौँडा उपमहानगरपालिका १ स्थित चौकीटालमा देवरद्वारा आफ्नै भाउजूको हत्या गरिएको छ । राहुल भन्ने रमेश दासले बुधवार भाउजू गुडिया दासको हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । निज रमेशले जेठी भाउजू वर्ष ३५ की गुडिया दासलाई टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार आफ्नै घरको माथिल्लो तलाको कोठामा टाउकोमा चोट लागि मृत अवस्थामा रहेको भन्ने खबर राति ९ः०० बजे प्राप्त भइ प्रहरी अनुसन्धान टोली पुग्दा मृतक जेठी भाउजुलाई माइलो दाजु रुपेश दासलाई खुकुरी प्रहार गर्नुभन्दा पहिले नै अढाइ तल्ले घरको दोस्रो तल्लामा रहेको कोठामा टाउकोमा धारिलो हतियार प्रहार गरी देवर रमेश दासले हत्या गरेको बुझिन आएको छ ।यस्तै दाजु २८ वर्षीय रुपेश दासलाई भाइ वर्ष २२-२३ का रमेशले घरायसी विषयमा विवाद हुँदा खुकुरी प्रहार गरेको पाइएको छ । बुधवार दिउँसो ४ः१० बजेको समयमा भाइ रमेशले खुकुरी प्रहार रुपेशको टाउको, दाहिने हात, करङको भागमा चोट लागि गम्भिर घाईते बनाएको जानकारी प्राप्त भएपछि प्रहरीले रमेशलाई खुकुरीसहित नियन्त्रणमा लिएको थियो । निजलाई जिल्ला प्रहरी कार्यालयमा ल्याइएपछि भाउजूमाथि समेत खुकुरी प्रहरी गरेको खुल्न आएको थियो । घटनाको बारेमा थप अनुसन्धान हुँदै र घाइतेको सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
सेजबाट तीन अर्बको निर्यात
विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना भएका उद्योगबाट तीन अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको छ । विशेष आर्थिक क्षेत्र प्राधिकरणका अनुसार भैरहवा सेजबाट साढे पाँच वर्षको अवधिमा तीन अर्ब रुपियाँ बराबरको सामान निर्यात भएको हो ।
महासङ्घले सत्तरीऔँ स्थापना दिवस मनाउँदै
नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ यही चैत १६ गते ७० औँ वर्षमा प्रवेश गर्दै छ । आफ्नो स्थापना दिवसका अवसरमा महासङ्घले केन्द्र, प्रदेश र शाखा समितिमा विभिन्न कार्यक्रम गर्ने भएको छ ।
बाइसधारा उद्यान घुम्न आएका सर्वसाधारण
काठमाडौँ महानगरपालिका १६ स्थित बालाजुमा रहेको बाइसधारा उद्यान भित्र बुधबार घुम्न आएका सर्वसाधारण ।
चितवनमा निर्मित खानेपानी आयोजनाबाट १६ हजार बढी लाभान्वित
खानेपानीमन्त्री प्रदीप यादवले चितवनमा निर्मित भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्ती नगरपालिकाका १६ हजार २४४ जना प्रत्यक्ष लाभान्वित हुने बताउनुभएको छ।