• १८ जेठ २०८२, आइतबार

सुन्दरीजलमा थप पानी प्रशोधन केन्द्र निर्माण गरिने

blog

काठमाडौँ, जेठ १५ गते । खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड रुपियाँ बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताउनुभएको हो ।

उहाँका अनुसार आगामी आर्थिक वर्षमा ठुला खानेपानीका आयोजना सम्पन्न भइ ३७ प्रतिशत जनसङ्ख्याालई सुरक्षित खानेपानी सेवा उपलब्ध हुने छ । ९८ प्रतिशत जनसङ्ख्यामा आधारभूत खानेपानी सेवाको पहुँच पुग्नेछ ।

मेलम्ची खानेपानी आयोजनाको हेडवक्र्स विपद् जोखिमको दृष्टिकोणले सुरक्षित स्थानमा पुनर्निर्माण गरिने बताउनुभयो । सुन्दरीजलमा दैनिक थप २५ करोड ५० लाख लिटर क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण गरिने जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा खानेपानी वितरण प्रणाली विस्तार गरिनेछ । यसका लागि ६ अर्ब ३७ करोड विनियोजन भएको बताउनुभयो । आगामी आर्थिक वर्षमा तराई मधेशका २८० अधुरा खानेपानी आयोजनाको निर्माण कार्य सम्पन्न गरी स्थानीय तहमा हस्तान्तरण गरिने बताउनुभयो । 

एक घर एक धारा कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न प्रदेश तथा स्थानीय तहसँग सहकार्य गरिनेछ । विपदबाट क्षतिग्रस्त खानेपानी आयोजनाहरूको मर्मत तथा पुनस्र्थापना गरिनेछ । यसका लागि ४१ करोड विनियोजन गरेको बताउनुभयो ।