• १६ जेठ २०८२, शुक्रबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

blog

काठमाडौँ, जेठ  १४  गते ।  मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छ भने चाँदीको भाउ बढेको छ । आज सुन तोलामा एक हजार ६०० ले घटेको छ । सोही परिमाणको चाँदी १० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य एक लाख ८९ हजार ३०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदीको मोल दुई हजार पाँच निर्धारण भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार ३२६ अमेरिकी डलर कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रासस