आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा
सरकारले मत्स्येन्द्रनाथको भोटो देखाउने दिन यही साउन २० गते आइतबार काठमाडौँ उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
टिआरसीमा भएको सहमति उल्टिने काम नहोस् : महासचिव गुरुङ
नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक (टिआरसी) मा दलहरूका बिचमा भएको सहमतिबाट पछाडि फर्किनु नहुने बताउनुभएको छ ।
गढन–सागवीर जोड्ने झोलुङ्गे पुलको उद्घाटन
पूर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ३ चिरुवा खोलामा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले संयुक्त रूपमा गढन–सागवीर जोड्ने झोलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो।
गृहमन्त्री लेखकको नेतृत्वमा यसरी टुङ्गियो टीआरसी विवाद
गृहमन्त्री रमेश लेखकको नेतृत्वमा झण्डै १० वर्षदेखि अड्किएको सङ्क्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा प्रमुख तीन राजनीतिक दलबिच सहमति जुटेको छ ।
जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई कृषिमन्त्रीको निर्देशन
कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलबाड नगर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
संस्थानको ऐन नियम नयाँ बनाएर प्रणाली बसाल्छौँ : मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एक वर्षभित्रमा संस्थान सञ्चालन गर्ने ऐन नियमहरु नयाँ बनाएर कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । मेहन्द्रकालीन ऐन नियमले संस्थान सञ्चालन हुँदा आशातित विकास हुन नसकेको भन्दै उहाँले संस्थानलाई समयअनुकुल बनाउन नयाँ ऐन नियमको आवश्यकता रहेको बताउनुभयो ।
ऐन निर्माणबाट संविधानको कार्यान्वयनमा बल पुग्छ : उद्योगमन्त्री भण्डारी
उद्योग, वाािण्ज्य तथा आपूर्तिमन्त्री दामादर भण्डारीले समितिमा विचाराधीन विधेयकलाई संसदमा छिट्टो पठाउन सांसदहरुले चासो दिनुपर्ने बताउनुभएको छ ।
‘माइतीघर’ सार्वजनिक
साउनः हिन्दू नारीको महान्पर्व हरितालिका तीजलाई लक्षित गर्दै गीतसङ्गीत बजारमा आइरहेको छ । केही वर्षयता तीजमा आउने गीत कला र संस्कृति दर्शाउनेभन्दा पनि भड्किलो भएको आरोप लागिरहेका सन्दर्भ तीजको परम्परागत मान्यतालाई बोकेर नयाँ गीत ‘माइतीघर’ सार्वजनिक गरिएको छ ।
राष्ट्रपतिद्वारा तीन राज्यमन्त्री नियुक्त
राष्ट्रपति रामचन्द्र पौडेलले तीन जनालाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडलले शुक्रबार अरुणकुमार चौधरी, रुपा विक र पूर्णबहादुर तामाङलाई राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
‘मिडियामा कमजोर दलित प्रतिनिधित्व र विषयवस्तु’
आमसञ्चार माध्यममा दलित समुदायको प्रतिनिधित्व र विषयवस्तु कमजोर देखिएको छ ।
मन्त्री दाहालद्वारा बनेपाको डुबान क्षेत्र अवलोकन
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गर्नुभएको छ । उहाँले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकनगरी समस्याबारे स्थानीयसँग जानकारी लिनुभएको हो ।
कक्षा १२ मा एक लाख ८७ हजार २१ विद्यार्थी अनुत्तीर्ण
कक्षा १२ को नजितामा एक लाख ८७ हजार २१ जना विद्यार्थी ननग्रेडिङ (एनजी) आएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको कक्षा १२ को नतिजामा तीन लाख ९० हजार ८६८ परीक्षार्थी सहभागी रहेकोमा दुई लाख तीन हजार ८४७ विद्यार्थी उत्तीर्ण भएका हुन् ।
कक्षा १२ को नतिजा सार्वजनिक
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार बिहान कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।
मानवताले ओतप्रोत राधिका आमा
मानिसको धर्म नै मानवता हो । मानिसमा हुनुपर्ने मानवीय गुणहरुको विकास र पूर्णतालाई नै मानव धर्म भनिन्छ । धर्म भनेको प्राणीको कल्याण गर्नु हो । निःस्वार्थपूर्वक गरिने मानव सेवाबाट मात्रै धर्म प्राप्तिको ढोका खुल्दछ ।
सुनको मूल्य हालसम्मकै उच्च
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार नौ सय पुगेको छ ।
यसरी हेर्न सकिन्छ कक्षा १२ को नतिजा
कक्षा– १२ को नतिजा हेर्नका लागि नेपाल टेलिकमले विभिन्न सुविधा सार्वजनिक गरेको छ । सूचना प्रकाशित गरी नतिजा हेर्ने तरिकाहरू सार्वजनिक गरेको हो ।
क्षमता अभिवृद्धि गर्न रास्वपाको कार्यशाला
“कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुँदैछ”, कार्यवाहक प्रवक्ता मनिष झाले भन्नुभयो ।
एघार वर्षदेखि अलपत्र पुल निर्माण सुरु
मुग्लिङ नारायणगढ सडक खण्डको घुमाउनेबाट तनहुँ जोड्ने पुल निर्माण एघार वर्षपछि गति लिन थालेको छ ।
बढ्दै सर्पदंशका बिरामी, छैनन् विशेषज्ञ चिकित्सक
सिन्धुलीको दुधौली नगरपालिका–७ निवासी ३७ वर्षीय सम्झना थापा विषालु गोमन सर्पको टोकाइबाट बिरामी भएर स्थानीय दुधौली नगर अस्पतालमा भर्ना भई उपचार गरिरहनुभएको छ । अस्पतालका अनुसार मङ्गलबार बिहान ५ः३० बजेतिर घरको काम गर्न बाहिरभित्र गर्ने व्रmममा करेसामा गरेको ढलानको चेपमा लुकेर बसेको गोमन सर्पले उहाँको खुट्टामा टोकेको थियो । अहिले उहाँको स्वास्थ्यमा सुधार हुँदै आएको छ ।
पाटन दरबारक्षेत्र
सामान्य वर्षातको समयमा देखिएको विश्व सम्पदा सूचिमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल पाटन दरबारक्षेत्रको सुन्दर दृश्य ।
ग्रामीण क्षेत्रमा सरकारी सेवा बढ्दै तर लाभग्राही गाउँ छाड्दै
नुवाकोटमा पछिल्लो समय पूर्वाधार निर्माणका व्रmममा जिल्लाका अधिकांश ग्रामीण भूभाग सडक सञ्जालले जोडिएको छ । गाउँ गाउँमा शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवा विस्तार भइरहको छ तर गाउँका युवालगायत सर्वसाधारण सहज जीवनयापन र ठुला अवसरको खोजीमा गाउँ छोड्ने र विदेश पलायन हुने बढ्दा सरकारी नीति र लक्ष्यबिच सामञ्जस्य मिल्न नसकेको देखिएको छ ।
चीनबाट आयात बढेसँगै राजस्व वृद्धि
तातोपानी नाकाबाट गत आर्थिक वर्ष २०८०/८१ मा १३ अर्ब ३१ करोड राजस्व सङ्कलन भएको छ । आठ अर्ब ४२ करोड लक्ष्य राखिएकोमा पाँच अर्ब बढी रकम राजस्व सङ्कलन भएको भन्सार कार्यालयका प्रमुख दयानिधि केसीले जानकारी दिनुभयो । लक्ष्यभन्दा १५८ प्रतिशतले राजस्व बढी सङ्कलन भएको छ । चीनबाट आयात बढेसँगै राजस्व सङ्कलनमा वृद्धि आएको हो । महिनैपिच्छे लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको थियो । विद्युतीय गाडी, मेसिनरी सामान आयातमा वृद्धिसँगै राजस्व सङ्कलनमा वृद्धि भएको हो ।
अपहेलना मुद्दामा भदौ ६ गते फैसला
सर्वोच्च अदालतले सिधाकुरा डटकमविरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला सुनाउने भएको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नौ सदस्यीय बृहत् पूर्ण इजलासले बहस नोट पेस गर्ने समय दिएर निर्णय सुनाउने मिति तोकेको हो । अदालतले १५ दिनभित्र बहस नोट पेस गर्ने समय दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेलमा
रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट जावलाखेल पुराइएकाे छ । हरेक वर्ष रातो मच्छिन्द्रको रथलाई जावलाखेलको ललितमण्डपमा पु¥याएको चार दिनपछि भोटो देखाइन्छ ।