• २ कात्तिक २०८१, शुक्रबार

सुनको मूल्यः प्रतितोला दुई हजारले बढ्यो

blog

काठमाडौँ, कात्तिक २  गते ।  सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ नेपालका अनुसार लगातार उकालो लागेको सुनको मूल्य आजको वृद्धिपछि नयाँ उचाइमा पुगेको हो । 

महासङ्घका अनसार सुनको मूल्य आज प्रतितोला रु. दुई हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु. एक लाख ६२ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ६४ हजार चार सय निर्धारण भएको छ । 

यस्तै, चाँदीको मूल्य तोलामा रु. ३० ले बढेको छ । बिहीबार प्रतितोला रु. एक हजार नौ सय ५० मा कारोबार भएको आजका लागि भने रु. एक हजार नौ सय ८० निर्धारण भएको छ । रासस