• १ कात्तिक २०८१, बिहिबार

प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

blog

फाइल तस्बिर

अनिल पराजुली

हेटौँडा, कात्तिक १ गते । बागमती प्रदेश सभाबाट पारित भएको दुई वटा विधेयक बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले कात्तिक १ गते बिहीबार प्रमाणीकरण गर्नुभएको छ । 

प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको हो । 

बागमती प्रदेश सभाको २०८१ असोज ७ गते बसेको बैठकबाट उक्त दुवै विधेयक पारित भएको थियो । नेपालको संविधानको धारा २०१ को उपाधारा (२) बमोजिम प्रदेश प्रमुख देवकोटाबाट प्रमाणीकरण भएको प्रदेश प्रमुख कार्यालयका सचिव कमल बहादुर राजलवटले जानकारी दिनुभयो ।