काभ्रेमा उत्पादित आलुको ‘ब्राण्डिङ’
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा यहाँ आलुको ‘ब्राण्डिङ’ थालिएको छ । आलुको ‘हब’ मानिने यस जिल्लाको पनौती नगरपालिका-३ कुशादेवीमा आलु भण्डारणसहित ‘प्याकेजिङ’ थालिएको हो ।
जीर्ण काठका पोलले जोखिम बढ्दै
सिन्धुली जिल्लामा राष्ट्रिय विद्युत प्रसारण लाइन विस्तारका क्रममा गाडिएका जीर्ण बनेका काठको पोल नहटाउँदा जोखिम बढ्दै गएको छ ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न माग
बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचिकृत गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
विश्व स्तनपान सप्ताह : शिशुलाई स्तनपान गराउँदा मोबाइल फोन प्रयोग नगर्न आग्रह
बालरोग विशेषज्ञले शिशुलाई स्तनपान गराउँदा ‘मोबाइल फोन’प्रयोग नगर्न आमालाई आग्रह गर्नुभएको छ । विश्व स्तनपान सप्ताहको अवसरमा यहाँ आयोजित छलफल कार्यक्रममा चिकित्सकहरूले मोबाइल चलाउँदा आमा र शिशु दुवैलाई फाइदा नगर्ने बताउनुभएको हो ।
घरेलु तथा साना उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ : उद्योगमन्त्री भण्डारी
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुर मात्रामा रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताउनुभएको छ ।
वर्तमान सरकार राजनीतिक स्थिरता र स्थायित्वका लागि हो : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा (एमाले)को सहकार्य राजनीतिक स्थिरता, स्थायित्वका लागि भएको बताउनुभएको छ ।
सिस्नेरीमा सुमो दुर्घटना १० जना घाइते
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीमा सुमो दुर्घटना हुँदा १० जना यात्रु घाइते भएका छन् । शनिबार बिहान ७ बजेर २० मिनेटको समयमा सिस्नेरी सडक खण्डमा काठमाडौँबाट वीरगन्ज तर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०३६२ नम्बरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सिन्धुलीको दुम्जा शक्ति पीठ
सिन्धुलीको सुनकोसी गाउँपालिका १ दुम्जामा अवस्थित प्राचीन मन्दिर आदिलिंगेश्वर महादेवको मन्दिर प्रवेश गर्नुभन्दा अगाडी बायाँतर्फ निकै नै आकर्षक शिखर शैलीको सौर्य मण्डलीय शक्तिपिठ मन्दिर रहेको छ।
गौरवशाली इतिहास सिन्धुलीगढी
ऐतिहासिक सिन्धुलीगढीका बारेमा चर्चा गर्दा नेपाल–अङ्ग्रेज युद्ध साथमा जोडिएर आउँछ । क्याप्टेन किनलकको नेतृत्वमा आएका दु्ई हजार चार सय अङ्ग्रेज फौजलाई गोरखाली सेनाले लखेटेको घटनाले सिन्धुलीगढीको इतिहासलाई थप रोमाञ्चक बनाइदिएको छ । सिन्धुलीगढीमा ऐतिहासिक महत्वका साथै यस आसपासका गाउँमा बसोबास गर्ने स्थानीय बासिन्दाको सभ्यता जोडिएको छ । गोरखाका राजा नरभूपाल शाह वृद्ध भइसकेका थिए ।
देशभर मनसुनी वायुको प्रभाव कायमै
हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
बढ्दै हैजाको प्रकोप
वर्षायामसँगै हैजाको प्रकोप फैलिएको छ । हालसम्म विभिन्न जिल्लामा गरी २५ जनामा हैजा पुष्टि भएको छ । यो तथ्याङ्क कल्चर गरेर आएको हो । यसबाहेक आरडिटीमार्फत पनि हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, कैलाली, प्युठान जिल्लामा हैजाको प्रकोप देखिएको छ । महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले कल्चरबाट २५ जना व्यक्तिमा हैजा पुष्टि भएको बताउनुभयो ।
उडान सुरक्षामा कडाइ गर्न सुझाव
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको चर्चा सेलाइसकेको छैन । यसैबेला डेढ वर्षअघि पोखरामा भएको यती एयरलाइन्सको जहाज दुर्घटनासँग सम्बन्धित चालक र सहचालकबिचको संवाद सार्वजनिक हुँदा थप प्रश्न सिर्जना गरेको छ ।
टोलटोलमा घुमाएर मारियो राक्षसको प्रतीक घण्टाकर्ण
प्रत्येक वर्ष साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने घण्टाकर्ण अर्थात गठेमङ्गल पर्व शुक्रबार भक्तपुरका नेवार समुदायले पनि भव्य र पृथक शैलीमा मनाएका छन् ।
लक्ष्यभन्दा बढीलाई पोलियो विरुद्धको खोप
काठमाडौँ उपत्यकामा लक्ष्यभन्दा बढी बालबालिकालाई पोलियो रोग विरुद्धको खोप लगाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत साउन ९ गतेदेखि साउन १५ गतेसम्म सञ्चालन गरेको खोप अभियानमा लक्ष्यभन्दा बढी खोप लगाएको हो ।
महिला सशक्तीकरणको विषयमा ‘सतीदेवी’
महिला सशक्तीकरण, छोरीलाई समान अधिकारजस्ता विषयलाई समेटेर नेपाली चलचित्र ‘सतीदेवी’ निर्माण गरिएको निर्देशक लक्ष्मण सुवेदीले बताउनुभएको छ ।
नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही
आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा नक्कली बिलबिजक बनाएर कारोबार गर्ने ६८ फर्मलाई कारबाही गरेको छ । कार्यालयका प्रमुख नीरन भट्टराईले कारबाहीबाट एक अर्ब चार करोड बराबरको राजस्व निर्धारण गरिएको जानकारी दिनुभयो ।
फर्निचर उद्योगमा आगलागी : साढे दुई करोड बढीको क्षति
मध्यपुरथिमि नगरपालिका-३ कौशलटार अमिनिटी स्कुल नजिकै रहेको शङ्कर कटुवालको घरमा सञ्चालित एक फर्निचर उद्योगमा आगलागी हुँदा दुई करोड ६० लाख बराबरको क्षति भएको छ ।
परिणाम आउने गरी काम गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र राज्यमन्त्रीहरूबिच आपसी समन्वय बढाई परिणाम आउने गरी काम गर्न निर्देशन दिनुभएको छ ।
काठमाडौँको एक गेष्ट हाउसमा दुई जना मृत अवस्थामा फेला
काठमाडौँ महानगरपालिका-९ शम्भुमार्गस्थित एक गेष्टहाउसमा एक महिला र एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक एक दिनपछि सर्यो
प्रतिनिधिसभाको आइतबारका लागि निर्धारित बैठक सोमबारका लागि सरेको छ ।
प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीको शपथ
प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिनुभएको हो ।
कक्षा १२ को परीक्षामा वडाअध्यक्ष उत्तीर्ण
५२ वर्षको उमेरमा कक्षा १२ को परीक्षा दिनुभएका वडाअध्यक्ष शिवप्रसाद खनाल उत्तीर्ण हुनुभएको छ। उहाँ मकवानपुर मनहरी गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष हुनुहुन्छ।
दुई जनाविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा
चितवनको कालिका नगरपालिका वडा नं. ६ घर भइ हाल पोखरा महानगरपालिका वडा नं. १० बस्ने केशरी प्रसाद तिवारी र उर्मिला पौडेलविरुद्ध तीन लाख ५० हजार रुपियाँको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
हेटौँडामा डेङ्गुविरुद्ध सचेतना
मकवानपुरमा डेङ्गुविरुद्ध सचेतना अभियान सञ्चालन गरिएको छ ।