अतिरिक्त शुल्क फिर्ता गर्न माग इन्टर्न चिकित्सक आन्दोलित
काठमाडौंँ मेडिकल कलेज (केएमसी) मा इन्टर्न गर्दै गरेका चिकित्सक आन्दोलित भएका छन् । एमबीबीए अध्ययन गर्दा लिएको अतिरिक्र शुल्क फिर्ता गर्न माग गर्दै केएमसीमा इन्टर्न गर्दै गरेका चिकित्सक चार दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।
अर्थ मन्त्रालय व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने
व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ ।
राहत र पुनर्स्थापनाका लागि सरकारले प्रभावकारी काम गरिरहेको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानपछिको अवस्थामा राहत र पुनर्स्थापनाका लागि सरकारका तर्फबाट गर्नुपर्ने काममा कुनै कमी नहुने स्पष्ट गर्नुभएको छ ।
सरकारको सय दिन : २६ वटा प्रशासकीय भवन, ४० झोलुङ्गे पुल निर्माण
शहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ । उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय सम्हाल्नुभएको सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताउनुभयो ।
कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक
कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा बोर्डले आइतबार पूरक परीक्षाको परीक्षाफल प्रकाशित गरेको हो ।
अन्तर्राष्ट्रिय गृह श्रमिक दिवसः श्रमको सम्मान गर्न माग
आज अक्टोबर २० अर्थात् अन्तर्राष्ट्रिय गृह श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘गृह श्रमिकको माग–गृह अभिसन्धि १७७ को अनुमोदन, श्रम अधिकार, सामाजिक सुरक्षा र मर्यादित काम’ भन्ने मागमा साथ नेपालमा पनि आज गृह श्रमिक दिवस मनाइँदैछ ।
सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति ल्याउँदैछौँः उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिएको बताउनुभएको छ ।
तीन महिनामा ११ प्रतिशतभन्दा कम अनुदान र राजस्व प्राप्त
बागमती प्रदेश सरकारलाई चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा ११ प्रतिशतभन्दा कम अनुदान र राजस्व प्राप्त भएको छ । प्रदेश सरकारलाई बाँडफाँटबाट र प्रदेश सरकारको आफ्नै स्रोतबाट राजस्व सङ्कलन तथा समानीकरणलगायतका शीर्षकमा अनुदान प्राप्त हुँदै आएको छ ।
सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा
स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु छ सयले वृद्धि भइ रु एक लाख ६५ हजार कायम भएको छ ।
उद्योगपति वसन्तराज मिश्रको निधन
उद्योगपति एवम् पर्यटन व्यवसायी वसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ।
मखनको “ड्राइफुड” सुकेका पसल
काठमाडौँ महानगरपालिका वडा नम्बर–२४ को शुक्रपथबाट मखन गल्ली (मखःगल्ली) हुँदै हनुमानढोका दरबार क्षेत्रमा सानो पशुपति मन्दिर पुग्न सकिन्छ ।
एमाले सचिवालय बैठक बस्दै
नेकपा एमालेले आज [आइतबार] सचिवालय बैठक बोलाएको छ ।
खुर्कोटमा बेलिब्रिज पुन निर्माण सकियो
रामेछाप र सिन्धुली जिल्ला जोड्ने खुर्कोट पुलको निर्माण गरिरहेको नेपाली सेनाले बेलिब्रिज जडानको काम सकेको छ । शनिवार सेनाले पुलमा बेलिब्रिज जडानको काम सकेको हो । अहिले सेनाले सिन्धुली पटीको पुल र हालै जडान गरिएको बेलिब्रिजको बिचमा फलामको सल्याप हाल्ने काम गरिरहेको छ । त्यसै गरी पुलको रामेछाप तर्फको जिपलाईन माथि सडकसँगको लेभल मिल्ने गरी ढलान गर्ने काम बाकी छ ।
पनौतीमा पर्यटकलाई निःशुल्क ‘सम्पदा पासपोर्ट’
यदि तपाईं पनौती घुम्न आउँदै हुनुहुन्छ भने पनौतीमा रहेको पर्यटक सूचना केन्द्रले तपाईंलाई निःशुल्क रूपमा ‘पनौती हेरिटेज पासपोर्ट’ सम्पदा पासपोर्ट र पथप्रदर्शक (गाइड) उपलब्ध गराउने छ । पनौतीमा पर्यटन सूचना केन्द्रले विश्व पर्यटन दिवसको दिनबाट नेपालमै पहिलो पटक पनौतीमा घुम्न आउने पर्यटकका लागि निःशुल्क हेरिटेज पासपोर्ट र पथप्रदर्शकको व्यवस्था सुरु गरेको हो ।
जात्राले स-यो दसैँको टीका
उत्तरी मकवानपुरको पर्यटकीय एवं ऐतिहासिक स्थल चित्लाङको चार गाउँका नेवार समुदायले आइतबार र सोमबार दसैँको टीका लगाउने भएका छन् । थाहा नगरपालिका–१० का गोपाली र गमाल समुदायले यस वर्षको विजयादशमीको टीका आइतबार र सोमबार लगाउने भएका हुन् ।
संस्कृति प्रवर्धनमा अवस्थी
सांस्कृतिक समाज नेपालले नेपाली मौलिक संस्कृति संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
धिमेमा एक हजार कलाकार
विश्व पर्यटन दिवस–२०२४ का अवसरमा वसन्तपुर दरबार क्षेत्रमा शनिबार धिमे बाजासहित एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुत गरेका छन् । हजार कलाकारको सामूहिक नृत्यको संयोजन सुदन मुनिकारले गर्नुभएको थियो ।
बाढीपहिरोका कारण दुग्ध क्षेत्र अझै सामान्य हुन सकेन, पचास करोडभन्दा बढीको क्षति
अविरल वर्षाका कारण आएको बाढीपहिरोले दुग्ध क्षेत्रमा ठुलो क्षति पुर्याएको छ । बाढीपहिरोले क्षति पु¥याएको ठाउँबाट डेरीसम्म दुध अझै आउन सकिरहेको छैन ।
राजनीतिक आवरणमा अपराध
मुलुकमा शान्ति सुरक्षा, सुशासन, सामाजिक न्याय जस्ता विशेष जिम्मेवारी गृह मन्त्रालय अन्तर्गत पर्छ ।
नेपाल–अमेरिका टी–२० सिरिज : दोस्रो खेल खेल्दै नेपाल
नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ ।
जलनको उपचार निःशुल्क गर्ने निर्णय
सरकारले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव रोशन पोखरेलले शुक्रबार बसेको मन्त्रीपरिषद्ले जलनको उपचार निःशुल्क गर्ने निर्णय गरेको जानकारी दिँदै चालु आर्थिक वर्ष २०८१/८२ मा स्वास्थ्य मन्त्रालयको आन्तरिक स्रोतबाट निःशुल्क उपचार हुने बताउनुभयो ।
‘सम्भावित लाभ नलिए पनि कसुर हुने’
सर्वोच्च अदालतले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सम्भावित लाभ नलिए पनि भ्रष्टाचारजन्य कसुर हुने नजिर स्थापित गरेको छ ।
‘अलर्ट भीमेश्वर’ ले दिन्छ पूर्वसूचना
दोलखाको भीमेश्वर नगरपालिका–१, सुस्पा बढी पानी पर्ने स्थानका रूपमा परिचित छ ।
विद्यालयमा पठनपाठन सुरु, तिहार कुर्दै क्षतिग्रस्त शैक्षिक संरचना
दसैँको बिदा सकिएर विद्यार्थीको पठनपाठन सुरु भए पनि असोज दोस्रो साताको बाढीपहिरोले क्षतिग्रस्त विद्यालयको पुनर्निर्माणको काम अघि बढ्न सकेको छैन ।