विश्व स्तनपान सप्ताह-स्तनपान कक्षको व्यवस्थातर्फ अझै उदासीनता
प्रत्येक वर्ष १ अगस्तदेखि ७ अगस्तसम्म मनाइने ‘विश्व स्तनपान सप्ताह’ नेपालमा पनि विभिन्न सरकारी, गैरसरकारी निकायहरुले मनाइरहेका छन् ।
बागमती नदीमा जलसतह बढिरहेकाले उच्च सतर्कता अपनाउन अनुरोध
काठमाडौँ उपत्यकाका नदीमा जलसतह सतर्कता पार गरेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ गराउँदै
रत्ननगरस्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयले प्रत्येक महिना बालबालिकालाई स्वर्णबिन्दु प्राशन गराउँदै आएको छ । बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयको वार्षिक कार्यक्रमअन्तर्गत स्वर्णविन्दु प्राशन कार्यक्रम राखिएको हो ।
युवा पुस्तामा नकारात्मक भावना बढ्दै गयो : मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताउनुभएको छ ।
कञ्चनपुरमा भएको अति भारी वर्षाका कारण ‘तराई क्लाउडब्रष्ट’
विभागले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सो वर्षाको प्रणालीहरुको सम्मिश्रण प्रक्रिया तथा वर्षाको परिमाणका आधारमा उक्त मौसमी घटनालाई ‘तराई क्लाउडब्रष्ट’ नामाकरण गरिएको छ ।
वर्षाले हवाई उडान प्रभावित
गएरातिदेखिको लगातारको वर्षाले मुलुकको हवाई उडान प्रभावित भएको छ । निरन्तरको वर्षाका कारण ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।
डेंगुबाट एकको मृत्यु
देशभर कीटजन्य तथा पानीजन्य रोगको सङ्क्रमण बढ्दै गएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले डेंगुबाट एकजनाको मृत्यु भएको मङ्गलबार जनाएको हो ।
बाढी र लेदोको कारण बिपी राजमार्ग अवरुद्ध
अविरल वर्षाका कारण विपी राजमार्गको काभ्रेपलाञ्चोक सडक खण्ड अवरुद्ध भएको छ ।
३० जनामा हैजा पुष्टि, सबैभन्दा बढी ललितपुरमा
साउन महिनायता ३० जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार साउन महिना लागेदेखि चार जिल्लामा ३० जनामा हैजा पुष्टि भएको छ ।
देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्न वर्तमान सरकार क्रियाशील छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान सरकार देशको विकासका लागि प्रभावकारी ढङ्गले काम गर्ने उद्देश्यले गठन भएको बताउनुभएको छ ।
वर्षाले काठमाडौँ उपत्यकाको जनजीवन प्रभावित
गएरातिदेखिको लगातारका वर्षाका कारण मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारसमेत प्रभावित भएको छ ।
काठमाडौँमा ४० हजार विद्यार्थी होस्टेलमा
काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले होस्टेल सञ्चालकहरुलाई स्वच्छ, सफा, सुरक्षित र सामाजिक मर्यादाको पूर्ण परिपालना गरेर होस्टेल सञ्चालन गर्न अनुरोध गरेको छ ।
सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो
सोमबार प्रतितोला रु. एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु एक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।
आज देशभर वर्षा हुने
हाल देशका अधिकांश भागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागले आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जनाउँदै ती स्थानमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।
चोभारमा पहिरो, हेटौंडा–बल्खु सडक अवरुद्ध
कीर्तिपुर नगरपालिकाको वडा नं. ६ चोभारमा पहिरो गएको छ । पहिरोका कारण हेटौंडा–बल्खु सडक खण्ड अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार बिहान १०ः१५ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ ।
अन्तरआबद्धतालाई प्रभावकारी बनाउन एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्दै चन्द्रागिरि
चन्द्रागिरि नगरपालिकाले आफ्ना मातहतका सेवा प्रदायक निकायलाई एउटै ‘नेटवर्क कनेक्टिभिटी’मा जोड्ने भएको छ । वडा कार्यालय, स्वास्थ्यचौकी, सहरी स्वास्थ्य केन्द्र, नगर अस्पताल र सामुदायिक विद्यालयका गतिविधि सूचना प्रविधिका माध्यमबाट जोडिन लागेका हुन् ।
दुई हजारभन्दा बढीमा डेंगु पुष्टि ,एकको मृत्यु
डेंगु सङ्क्रमणबाट एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ७३ जिल्लाबाट दुई हजार ३६५ जनामा डेंगु पुष्टि भएको छ ।
पुरानो विधान खारेज, नयाँ जारी
बागमती प्रदेश सरकारले विश्वविद्यालय स्थापनाका लागि बनाएको बागमती विश्वविद्यालय विधान कार्यान्वयनमा नआउँदै खारेज गरिएको छ । विश्वविद्यालय स्थापनाको तयारीमा लागेको प्रदेश सर
दरबन्दी छ चिकित्सक छैनन्
दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा दरबन्दी करिब एक सय भए पनि पदपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असर परेको छ । विशेषज्ञसहित अस्पतालमा ८७
दुई दिन देशव्यापी ठुलो वर्षा हुने
आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन जारी रहने छ ।
नारायणी नदी तटबन्धनमा बजेट अभाव
नारायणी नदीमा तटबन्धनका लागि लगाइएको ठेक्काको काम बजेटका कारण प्रभावित हुने भएको छ । ठेकेदार कम्पनीहरूले गत वर्षको रु ४० करोडभन्दा बढी भुक्तानी नपाउँदा काममा समस्या हुन लागेको हो ।
बयालिस वर्षपछि फर्काइयो नागराज
काठमाडौँ महानगरपालिका–१, नक्सालस्थित शङ्कर कृति महाविहार प्राङ्गणबाट ४२ वर्षअघि हराएको १२/१३ औँ शताब्दीको नागराजको पत्थर मूर्ति सोही ठाउँमा प्रतिस्थापन गरिएको छ । संरक्षणका लागि राष्ट्रिय सङ्ग्रहालयमा राखिएको नागराजको मूर्तिलाई गैरीधारा, नक्साललगायत विभिन्न स्थानमा रथारोहणसहति परिक्रमा गराएर थकाली (समुदायको ज्येष्ठ नागरिक) ले पूजा गरी सोमबार मूर्तिको पुनः स्थापना गरिएको हो ।
‘मुलुक विकासको नयाँ युगमा प्रवेश’
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन काठमाडौँ–तराई/मधेश द्रुतमार्ग आयोजनामा आउने बाधा व्यवधानलाई समाधान गर्न सरकार तत्पर रहेको बताउनुभएको छ । उहाँले तोकिएको समयावधिभित्र आयोजनाको काम सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिनुभयो ।
नागरिक उड्डयन प्राधिकरण टुक्र्याउन प्रधानमन्त्री सकारात्मक
प्रधानमन्त्री केपी शर्मा ओली नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवाप्रदायक र नियामकका रूपमा टुक्र्याउन सकारात्मक बन्नुभएको छ । सोमबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बालुवाटार पुगेको कांग्रेस सांसदको टोलीसँग छलफलमा प्रधानमन्त्री ओलीले यससम्बन्धी प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी दिनुभएको छ । छलफलमा सहभागी कांग्रेस नेता उदयशमशेर राणाका अनुसार हवाई सुरक्षाको अवस्था र क्यानलाई सेवाप्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनुपर्ने विषयमा छलफल भएको छ ।