नेपाल एयरलाइन्समा देखिएका समस्या दीर्घकालीन रुपमा समाधान गर्छौ : मन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले नेपाल एयरलाईन्समा देखिएका समस्याहरुको दीर्घकालीन समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको बताउनुभएको छ । वर्तमान सरकार गठन भएको सय दिनको अवधिमा मन्त्रालयबाट भएका प्रमुख उपलब्धिहरुबारे जानकारी दिन बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुँदै उहाँले उक्त कुरा बताउनुभएको हो ।
बाढीपहिरोबाट २१ वटा झोलुङ्गे पुलमा क्षति
सिन्धुली जिल्लामा असोजको दोस्रो साता गएको बाढीपहिरोबाट २१ वटा झोलुङ्गेपुलमा क्षति पुगेको छ ।
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाइँदै
मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ ।
ज्यान मार्ने मुद्दामा संलग्न दुई पक्राउ
मकवानपुर प्रहरीले दुई जना उद्योगीसहित तीन जनाको ज्यान मार्ने कार्यमा संलग्न भएको अभियोगमा चार जनालाई पक्राउ गरेको छ ।
जलवायु अनुकूलनलाई प्राथमिकतासहित विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गर्नुभएको छ ।
वरदान बन्दै त्रिविको अनलाइन कक्षा
कीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहनुभएका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र (एमएसएसइडी) को अनलाइन कक्षा लिइरहनु भएको छ ।
सेनाले मनायो संयुक्त राष्ट्रसङ्घ दिवस
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथिका रुपमा नेपाली सेनाले संयुक्त राष्ट्रसङ्घ दिवस २०२४ मनाएको छ । बिहीबार काठमाडौँस्थित जङ्गी अड्डामा विशेष समारोह गरी राष्ट्रसंघ दिवस मनाएको हो ।
‘जलवायु वित्तको नयाँ लक्ष्य असफल गराउने सुविधा कसैलाई छैन’
विश्व जलवायु सम्मेलन कोप—२९ को पूर्व सन्ध्यामा जलवायु वित्तको नयाँ लक्ष्यको लागि मस्यौदा (एनसिक्युजी) सार्वजनिक भएको छ ।
काभ्रेको तामाङ एकीकृत बस्ती अलपत्र
मण्डनदेउपुर नगरपालिका–१० चण्डेनीस्थित तीनधारामा निर्माणाधीन नमुना एकीकृत बस्ती निर्माण बजेट अभावका कारण दुई वर्षदेखि रोकिएको छ ।
छतबाट लडेर मजदुरको मृत्यु
आलोकनगरस्थित एक घरको चौथो तलाबाट लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का स्थायी बासिन्दा ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ ।
भक्तपुर अस्पतालले पायो उत्कृष्ट पुरस्कार
बागमती प्रदेश सरकार स्वस्थ्य मन्त्रालयद्वारा आर्थिक वर्ष २०८०/८१ मा सम्पादित स्वस्थ्य कार्यालयहरुको प्रदेशस्तरीय वार्षिक समीक्षामा भक्तपुर अस्पताल उत्कृष्ट घोषित भएको हो ।
स्वास्थ्यकर्मीलाई ‘लाइफ सपोर्ट’ र ‘ट्रमा केयर’ तालिम
सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालयले कुरिनटारस्थित पृथ्वी हाइवे ट्रमा सेन्टरमा आयोजना गरेको दुईदिने ‘लाइफ सपोर्ट’ र ‘प्राइमेरी ट्रमा केयर’ तालिम सम्पन्न भएको छ ।
बेरुजु फर्स्याेटमा सचिवहरूको प्राथमिकता
बागमती प्रदेशमा वित्तीय अनुशासन कमजोर बन्दै गएको अवस्थामा बागमती प्रदेश सरकारका सचिवले बेरुजु फस्र्योटलाई प्राथमिकता दिने निर्णय गरेका छन् । बागमती प्रदेश सरकारको प्रदेश
साफ महिला च्याम्पियनसिप: नेपाल र श्रीलङ्का भिड्दै
साफ महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र श्रीलङ्काबिच प्रतिस्पर्धा हुँदै छ । खेल साँझ साढे ५ बजे दशरथ रङ्गशालामा हुनेछ ।
माटाका भाडा सुकाइँदै
भक्तपुर नगरपालिका–४, बोलाछे तालाक्व ९पोट्टरी स्क्वायर०मा तिहार र छठ पर्वका लागि बनाइएका माटाका भाडा घाममा सुकाउँदै महिला ।
झन्डै नौ सय हेक्टरमा गरिएको कृषि बालीमा क्षति
सिन्धुली जिल्लामा असोज महिनाको दोस्रो साता आएको बाढीपहिरोबाट झन्डै नौ सय हेक्टरमा गरिएको कृषि बालीमा क्षति पुगेको छ । तीन दिनसम्मको अविरल वर्षापछि जिल्लाका सुनकोशी नदी, रोसी खोला, मरिण खोला, बागमती नदी एवं विभिन्न खोलानालामा आएको बाढी तथा विभिन्न स्थानमा गएको पहिरोले जमिन कटान र पुरेर कृषि बालीमा क्षति पुगेको कृषि विकास कार्यालय सिन्धुली
'प्रमुख प्रतिपक्षी दलले विरोधका लागि विरोध गर्दैछ'
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले यसअघि जाजरकोटमा गएको भूकम्पपीडितहरुको उद्धार र पुनर्स्थापनाको कामको हेक्का नराखी प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले बाढी पहिरो र डुवानका समयमा काम गर्न नसकेको आरोप लगाउनु उचित नभएको बताउनुभएको छ ।
फ्यानको चुनाव पुनः हुने
फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को चुनाव आगामी तीन महिनाभित्र पुनः हुने भएको छ । भदौ २८ गते भएको फ्यानको ३२ औँ साधारण सभा तथा अधिवेशनमा नयाँ कार्यसमितिका लागि चुनाव भएको थियो ।
विद्युत् व्यापार तथा नीतिगत सुधारमा सरकार सफल
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले वर्तमान सरकार ऊर्जा क्षेत्रको दिगो विकास गर्ने लक्ष्य लिएर अघि बढेको बताउनुभएको छ ।
साउदी अरबमा ‘करारका श्रमिकमाथि ‘एजेन्ट’ को शोषण’
साउदी अरबमा रहेको क्यारेफोरहरूमा करारमा काम गर्ने आप्रवासी श्रमिकमाथि साउदीको श्रमिक भर्ती गर्ने एजेन्टबाट आर्थिक, शारीरिक र मानसिक शोषण हुने गरेको एक अध्ययनले देखाएको छ ।
बिपी राजमार्गको धुलिखेल भकुण्डेबेसी खण्ड सञ्चालनमा
असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको धुलिखेल भकुण्डेबेसी खण्ड २४ घण्टा सञ्चालनमा आएको छ । यसअघि सो राजमार्ग बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालनमा रहेको थियो ।
दुग्धजन्य पदार्थ आयात प्रतिबन्धलाई यथावत् राख्न माग
डेरी उद्योगीले भारतलगायतका देशबाट दुध तथा दुग्धजन्य पदार्थ आयातमा लगाएको प्रतिबन्धलाई यथावत् राख्न आग्रह गरेका छन् ।
मुख्य चाडबाडमै घट्यो आयात
नेपालीहरूको मुख्य चाडबाड दसैँतिहारको समयमै आयात घटेको छ ।
सङ्कटमा हिउँचितुवा
नेपालको हिमाली भेगमा मात्र पाइने हिउँचितुवालाई हिमालकी रानी मानिन्छ ।