दलित समुदायको समानुपातिक प्रतिनिधित्वको माग गर्दै प्रदर्शन
सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
जिज्ञानद्वारा लिखित ‘जापान सपना, सङ्घर्ष र सफलता’ लोकार्पित
जिज्ञानकुमार थापाको गैरआख्यान पुस्तक ‘जापान सपना, सङ्घर्ष र सफलता’को आज यहाँ आयाजित कार्यक्रममा लोकार्पण गरिएको छ ।
विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता कुँवर
विशेष अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता टीकाबहादुर कुँवर निर्विरोध निर्वाचित हुनुभएको छ ।
उद्योगमन्त्री भण्डारीद्वारा श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन
उद्योग, वाणिज्य तथा आपर्तिमन्त्री दामोदर भण्डारीले आज भारतको हल्दियास्थित श्यामप्रसाद मुखर्जी पोर्टको अवलोकन गर्नुभएको छ ।
गोसाईंकुण्डमा तीर्थयात्रीको आगमन सुरु
गोसाईंकुण्डमा स्नान गर्ने भक्तजनको आगमन सुरु भएको छ । हरेक वर्ष नागपञ्चमीदेखि उक्त कुण्डमा स्नान गर्न भक्तजन यहाँ आउने गरेका छन् ।
नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता
चितवनको नारायणी नदीको पुलबाट हाम फालेर शनिबार मध्याह्नमा एक पुरुष बेपत्ता भएका छन् । शनिबार मध्याह्न १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिनुभयो ।
खुल्लामञ्चको स्तरोन्नति
काठमाडौँको खुल्लामञ्चको स्तरोन्नति क्रममा माटो सम्म्याउँदै काठमाडौँ महानगरको डोजर ।
प्रदेश खेलकुद विद्यालय घोषणाको तयारी हुँदै छ : मन्त्री चौधरी
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रदेशस्तरीय खेलकुद विद्यालय घोषणाको तयारीमा सरकार रहेको बताउनुभएको छ । त्यसका लागि गृहकार्य भइरहेको उहाँले बताउनुभयो ।
‘जनतामा निराशा आउन दिनुहुँदैन’
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ‘अब देशमा केही हुन्छ’ भन्ने सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने खाँचो औँल्याउनुभएको छ ।
अहिलेको विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताउनुभएको छ ।
डेङ्गी र हैजाका सङ्क्रमित बढे
पछिल्लो समय डेङ्गी र हैजाका सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्यामा तीन हजार ८४ जना पुगेको छ ।
देशलाई गरिबीबाट मुक्त नपारेसम्म समृद्धि हासिल हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताउनुभएको छ ।
सरकारले नागरिकको दैनिकी सहज बनाउने गरी काम गर्ने छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले समाजमा देखिएको निराशालाई कामबाटै चिर्ने र नागरिकको दैनिकी सहज बनाउने बताउनुभएको छ ।
काभ्रेका पाँच स्थानीय तहद्वारा पूर्णखोप सुनिश्चित घोषणा
काभ्रेपलाञ्चोकमा हालसम्म पाँच स्थानीयले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि ती तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरेका हुन् ।
क्यान्सर अस्पतालमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा अत्याधुनिक लेजर मेसिनद्वारा युरोलोजी सर्जरी सेवा सुरु गरिएको छ । यो अत्याधुनिक थुलियम फाइबर लेजर (टिएफएल) मेसिन हो ।
आर्थिक विकास सरकारको पहिलो प्राथमिकता हो : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।
सयभन्दा बढी ग्राहक कालो सूचीमा
नेपाल विद्युत् प्राधिकरण, दोलखा वितरण केन्द्रले गत एक वर्षमा महसुल नबुझाउने ७१५ जना ग्राहकको विद्युत् लाइन काटेको छ । गत आर्थिक वर्ष २०८०÷८१ को असार मसान्तसम्म समयमै विद्युत् मह
ललितपुरको गोदावरी कुण्ड
ललितपुर गोदावरी नगरपालिका ३ को प्रख्यात पवित्र स्थल गोदावरी कुण्ड अर्थात् यसलाई तीर्थ स्थल पनि भनिन्छ। यो स्थल पाटनको लगनखेलदेखि करिब ११ कि मि पूर्व फुलचोकी पहाडको फेदीमा रहेको छ। प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यो स्थल निकै रमणीय रहेको छ।
जिल्ला अदालतमा ३५ न्यायाधीश सिफारिस
न्याय परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट ३५ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । खुला प्रतिस्पर्धा र ज्येष्ठताका आधारमा नियुक्तिपछि रिक्त ३५ दरबन्दीमा शुक्रबार परिषद्ले नाम सिफारिस गरेको परिषद्का प्रवक्ता अशोककुमार क्षेत्रीले जानकारी दिनुभयो । निर्णय अनुसार नारायण रिमाल, यामबहादुर बानियाँ, रुद्रप्रसाद सुवेदी, धर्मराज पौडेल जिल्ला न्यायाधीशमा सिफारिस हुनुभएको छ । यस्तै टङ्कबहादुर महत, सुवर्णमान बनेपाली, तीर्थराज भट्ट, सरिता रायमाझी, प्रतिमाकुमारी भट्टराई पोखरेल, शिवप्रसाद पराजुली, लालसिंह थापा, शम्भुप्रसाद रेग्मी, दीपेन्द्रनाथ योगी पनि सिफारिसमा पर्नुभएको छ ।
उच्च शिक्षा सिद्धान्त र व्यवहारोपयोगी हुनुपर्दछ
विभिन्न विज्ञहरुद्वारा उच्च शिक्षा सिद्धान्त र व्यवहारोपयोगी हुनुपर्दछ भन्नेमा जोड दिनु भएको छ ।
पशुपति कोटीहोम महायज्ञमा आचार्य कृष्ण दमाइबाट प्रवचन
मानव सेवा फाउण्डेशनले पशुपति परिसरमा आयोजना गरेको कोटिहोम महायज्ञमा आचार्य कृष्ण दमाइले प्रवचन दिनुभएको छ । संस्कृतमा आचार्य (स्नातकोत्तर) गर्नुभएका बैतडीका दमाइले आज प्रवचन दिनुभएको हो ।
विद्यालय शिक्षा विधेयक : जनसङ्ख्याको आधारमा विद्यालय खोल्ने अनुमति दिने व्यवस्था गर्न सांसदको जोड
प्रतिनिधिसभाका सांसदहरुले जनसङ्ख्या, भूगोल र आवश्यकताका आधारमा मात्रै विद्यालय खोल्न दिनेगरी ‘विद्यालय शिक्षा विधेयक, २०८०’ संशोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्रालय बाँडफाँट तथा राज्यमन्त्री थपबारे मधेस प्रदेशका मुख्यमन्त्रीसँग जानकारी माग
मधेस प्रदेशसभा संसदीय दलका नेता तथा मुख्यमन्त्री सतिशकुमार सिंहसँग जनमत पार्टीले मन्त्रालय बाँडफाँट र राज्यमन्त्री थपेको भन्दै असन्तुष्टि जनाएको छ ।
मन्त्री भण्डारीद्वारा विशाखापट्टनम पोर्टको अनुगमन
द्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारतको आन्ध्र प्रदेशस्थित विशाखापट्टनम पोर्टको आज अनुगमन गर्नुभएको छ ।