किम्ची फास्टफुडलाई दुई लाख जरिवाना : ‘इको’ व्राण्डको पानीमा किरा भेटियाे
सिल गरेको बोतलको पानीमा अखाद्य वस्तु भेटिएपछि किम्ची फास्टफुडलाई दुई लाख जरिवाना गरिएको छ।
भरतपुर पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा
भरतपुर महानगरपालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गरिएको छ । महानगरमा आज आयोजित एक कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले पालिकालाई पूर्णखोप दिगोपना सुनिश्चित पालिका घोषणा गर्नुभएको हो ।
हेटौँडा–रजैया राप्ती नदीमा र्याफ्टिङ
हेटौँडामा आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राप्ती नदीमा मौसमी र्याफ्टिङ सेवा सुरु गरिएको हो । हेटौँडाको राप्ती पुलबाट मनहरी गाउँपालिकाको केन्द्र रजैयासम्म साहसिक खेल र्याफ्टिङको सेवा सुरु गरिएको हो ।
तारा गाउँविकास समितिको समस्या समाधानको कार्ययोजना पेस गर्न निर्देशन
प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले तारा गाउँविकास समितिका सम्बन्धमा देखिएका समस्या एवम् समाधानका उपायसहितको कार्ययोजना यथाशीघ्र पेस गर्न सरकारलाई निर्देशन दिएको छ ।
मनसुनजन्य विपदबाट तुलनात्मक रुपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा हो : गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपदबाट तुलनात्मक रूपमा क्षति कम हुनु पूर्वतयारीको नतिजा भएको बताउनुभएको छ ।
युवालाई विश्वस्त पार्न वर्तमान गठबन्धन : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा वर्गमा मुलुकमा बसेर पनि भविष्य बनाउन सकिन्छ भन्ने विश्वास दिलाउन वर्तमान सरकार गठन भएको बताउनुभएको छ ।
दोलखा-सिँगटी सडक पहिरोले दुई सातादेखि अवरुद्ध
दोलखाको उत्तरी क्षेत्रको लाइफलाइन मानिने मुख्य सडक दोलखा-सिँगटी सडक पहिरोले दुई सातादेखि अवरुद्ध भएको छ । सो सडक अवरुद्ध हुँदा उत्तरी क्षेत्रका तीन गाउँपालिकाका बासिन्दाको जनजीवन प्रभावित बनेको हो ।
जसपा नेपालको केन्द्रीय समिति बैठक जारी
जसपा नेपालको केन्द्रीय सजनता समाजवादी पार्टी (जसपा) नेपालको नवगठित केन्द्रीय समितिको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय तथा पार्टीको सङ्गठनबारे छलफल भइरहेको छ ।
नेप्से परिसूचक ९४ अङ्कले बढ्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हालसम्मकै उच्च रकम कारोबार भएको छ । आज नेप्से परिसूचकमा उल्लेख्य वृद्धि देखिँदा कारोबार रकम उच्चतम विन्दुमा पुगेको हो ।
सिमात खोलामा शव फेला
पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नं. ५ पावसस्थित सिमात खोलामा एक पुरुषको शव फेला परेको छ ।
नेपाल पूर्वतयारी साझेदारी कार्यक्रमको तेस्रो चरणको कार्यक्रम कार्यान्वयन सुरु
विपद व्यवस्थापन र प्रतिकार्यसम्बन्धी संस्थागत संरचना, नीतिगत व्यवस्था र तीनै तहका सरकार एवम् निजी क्षेत्रबिचको सहकार्यमा नेपालले धेरै कार्यहरु गर्न सकेको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।
उत्पादन र रोजगारी वृद्धिमा ध्यान केन्द्रित गर्न प्रधानमन्त्री ओलीको आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वाधार विकासको क्रमसँगै उत्पादन र रोजगारी वृद्धितर्फ ध्यान केन्द्रित गर्न लुम्बिनी प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।
कर बढाएको विरोधमा ‘चुप आन्दोलन’
हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ का लागि राजस्वको दर वृद्धि गरेको प्रति आइतबार हेटौँडाका युवा व्यवसायीले उपमहानगरपालिकाको मूल ढोका अगाडि 'चुप आन्दोलन' सुरु गरेका छन् ।
उद्योगमन्त्री भण्डारीद्वारा कोलकत्ता पोर्टको अवलोकन
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कोलकत्ता पोर्टको अवलोकन गर्नुभएको छ । अवलोकनका क्रममा उहाँले पोर्टका अध्यक्ष रथेन्द्र रमन लगायतका उच्च अधिकारीहरूसँग नेपालको पारवहन व्यापार प्रक्रिया सहजीकरण तथा लागत कम गर्ने विषयमा छलफल गर्नुभएको थियो ।
आठ वर्षमा आधा घट्यो विद्युत् चुहावट, हरेक वर्ष १२ अर्ब थप आम्दानी
नेपाल विद्युत् प्राधिकरणले पछिल्लो आठ वर्षमा प्रसारण तथा वितरण प्रणालीमार्फत भइरहेको विद्युत् चुहावटलाई आधा घटाएको छ ।
मौरीपालनबाट मासिक ५० हजार आम्दानी
यहाँको रामेछाप नगरपालिका–२ सुकाजोरका कृष्णबहादुर मगर सहरको रोजगारी छाडेर अहिले गाउँमै मौरीपालन गरी मासिक ५० हजार आम्दानी गरिरहनुभएको छ ।
संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभएको छ ।
भारतीय विदेशसचिव मिस्री काठमाडौँमा
परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालको मैत्रीपूर्ण निमन्त्रणामा भारतका विदेशसचिव विक्रम मिस्री नेपालको दुईदिने औपचारिक भ्रमण यहाँ आइपुग्नुभएको छ ।
क्यान्सर अस्पतालको सेवा सबै प्रदेशमा
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले यसै आर्थिक वर्षबाट सात वटै प्रदेशमा आफ्नो सेवा विस्तार गर्ने भएको छ । अस्पतालका निर्देशक डा. शिवजी पौडेलले सरकारको कार्यक्रम अन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले प्रदेशस्तरमै सेवा विस्तार गर्न लागेको जानकारी दिनुभयो ।
भरतपुरको मुख्य बस्तीमा घाइते बाघको त्रास
बाघले पशुचौपायामाथि आक्रमण गर्न थालेपछि भरतपुर–११ का स्थानीय त्रसित भएका छन् । दुई हप्तायता बाघले बस्तीनजिकै पाडा, बाख्रालाई खाएपछि जङ्गलनजिकैका बस्तीमा त्रास छाएको हो । भरतपुर महानगरपालि
घरबासले ल्याएको परिवर्तन
आफू बस्ने घरलाई नै पाहुनाघर बनाएर पर्यटकलाई सेवा दिन सके आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् चितवनका थारू समुदाय । पर्यटकीय नगरी मेघौलीमा ठुला लगानीमा होटेलहरू सञ्चालनमा छन् । यहाँ आएका पर्यटकलाई आफ्नो क्षमता अनुसार बास बस्न, खान र घुम्नका लागि थारूको घरबास एउटा राम्रो विकल्प रहेको छ । महँगो शुल्क तिर्न नसक्ने तथा गाउँघरकै स्थानीय खाना खान चाहनेका लागि उपयुक्त स्थान बनेको छ, थारू समुदायले सञ्चालन गरेको थारू सामुदायिक घरबास ।
भरतपुरको पुँजीगत खर्च छपन्न प्रतिशत मात्र
भरतपुर महानगरपालिकाले गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा कार्यक्रममा पुँजीगत खर्च वृद्धि हुन नसकेको जनाएको छ । बिहीबार र शुक्रबार गरी दुई दिनसम्म चलेको समीक्षा बैठकमा महानगर प्रमुख रेनु दाहालले गत आवमा पुँजीगततर्फ ५६ प्रतिशत मात्र खर्च भएको जानकारी दिनुभयो । उहाँले विकास बजेट सोचे अनुसार खर्च नभएको भन्दै आगामी दिनमा समस्यालाई समाधान गर्दै विकास खर्च वृद्धि गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार चालुतर्फ ८६ प्रतिशत खर्च भएको छ ।
आजको मौसमः अधिकांश क्षेत्रमा भारी वर्षा हुने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल बागमती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको तथा देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
संसदीय छानबिन समिति,जेलमा रहेका शर्मासँग बयान
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केदारनाथ शर्मासँग सोधपुछ गरेको छ । विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीका अनुसार सहकारीको अपचलनमा मुद्दा परेपछि नख्खु जेलमा रहेका अध्यक्ष शर्मासँग समितिको बैठकमै ल्याएर सोधपुछ गरिएको हो ।