• १२ कात्तिक २०८१, सोमबार

भाइटीकाका लागि मखमली मालाको जोहो (फोटो फिचर)

blog

मालाका लागि मखमली फूल टिप्दै स्थानीय महिला । तस्बिर: मनोजरत्न शाही

भक्तपुर, कात्तिक १० गते । भक्तपुरको गुण्डु अहिले मखमली र सयपत्री फूलले ढकमक्क भएको छ । तिहारलाई लक्षित गरेर उत्पादन गरेको फूल अहिले बजार पठाउन स्थानीयहरूलाई भ्याइनभ्याइ भएको छ ।

अहिले बजारको भाउ खुम्चिएको भए पनि पहिलादेखि गरिआएको कामलाई निरन्तरता दिइआएको स्थानीयहरू बताउँछन् ।  फूल टिप्ने र उन्ने काममा अहिले व्यस्त बनेका स्थानीय महिलाको अहिले दिनचर्या बनेको छ । 

गएको वर्ष ७० देखि ८० हजारसम्म मखमली फूल बेचेको तर अहिले बजारको मूल्य घटेका कारण २० देखि २५ हजार सम्मको फूल बेचेको स्थानीय व्यापारी निर्मला बस्नेत बताउनुहुन्छ । खेतदेखि बजारसम्म आफैँ पुर्‍याउन नसक्दा आफूले सोचेको र खोजेको जस्तो मूल्य नपाएको उहाँ बताउनुहुन्छ । तिहारको भाइटीकाका लागि मखमली मालाको खपत हुने गरेको छ । 


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।