• १० मंसिर २०८१, सोमबार

जलवायुजन्य असर न्यूनीकरण गर्न प्रकृति बचाऔँ : अध्यक्ष मगर

blog

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर शनिबार ललितपुरमा नेपाल मधुमेही समाजको २८ औं साधारण सभामा बोल्नुहुँदै ।

काठमाडौँ, कात्तिक १० गते । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न प्रकृति संरक्षण गर्नुपर्ने बताउनुभएको छ । शनिबार ललितपुरमा नेपाल मधुमेही समाजको २८ औँ साधारण सभामा बोल्नुहुँदै अध्यक्ष मगरले यस्तो बताउनुभएको हो ।

उहाँले पछिल्लो समय जलवायु परिवर्तनका कारण स्वच्छ वातावरण बिग्रँदै गएको धारणा व्यक्त गर्नुभयो । स्वच्छ वातावरण बिग्रँदै जाँदा मानिसहरूको स्वास्थ्यमा समेत विभिन्न किसिमका रोकहरू लाग्ने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘‘डाइभिटिज रोकलाई मानिसहरूको नियन्त्रणमा राख्न सक्छन् । त्यसका लागि सरकारले पनि कदम चाल्नुपर्ने हुन्छ । स्वास्थ्यको अधिकार पनि हाम्रो संविधानले व्यवस्था गरेको छ । सबै मानिसहरूको स्वास्थ्यमा पहुँच पुर्‍याउनुपर्छ । जुन संविधानले व्यवस्था गरेको छ । स्वच्छ वातावरणको हक पनि संविधानले व्यवस्था गरेको छ । स्वच्छ वातावरण हुँदैन । स्वच्छ वातावरण बन्न सकेन भने मानिसको जीवन पनि स्वच्छ हुन सक्दैन ।’’

अध्यक्ष मगरले स्वास्थ्यको अधिकारलाई मुलुकको संविधानले सुनिश्चित गरेको भन्दै सबै मानिसहरूको स्वास्थ्यमा पहुँच पुर्‍याउन आवश्यक रहेको बताउनुभयो । उहाँले संविधानले स्वच्छ वातावरणको हकको व्यवस्था गरेको भन्दै स्वच्छ वातावरण नभए मानिसको जीवन स्वच्छ हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले स्वच्छ जीवनका लागि स्वच्छ वातावरणको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘‘मानिसहरूको स्वच्छ जीवन हुनका लागि स्वच्छ वातावरणको आवश्यकता छ । अहिले वातावरण बिग्रिरहेको छ । विश्व जलवायु परिवर्तनको कुरा आइरहेको छ । जलवायु परिवर्तनको कारण नेपालका हिमालहरू पग्लन लागिसके । मानिसहरूको स्वास्थ्य स्वस्थ रहनका लागि प्राकृतिकलाई बचाउने कुरामा ध्यान दिनुपर्छ । यी कुरालाई ध्यान दिनसक्यो पनि डाइभिटिज रोकलाई नियन्त्रण गर्न सक्छौँ ।’’

अध्यक्ष मगरले समयमै स्वास्थ्यमा ध्यान दिनसके मधुमेह रोग मानिसले नियन्त्रणमा राख्नसक्ने बताउनुभयो ।