अध्यक्ष प्रचण्डसँग अस्ट्रेलियाका राजदूत भोल्कको बिदाइ भेट
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गर्नुभएको छ ।
खुल्यो पृथ्वी राजमार्ग
पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो ।
अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा रुपान्तरण गर्न सुझाव
विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहनेगरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेशनलको सहकार्यमा यो अस्पताल सन् १९९८ मा स्थापना भएको हो ।
‘नागरिक पनि जिम्मेवार हुनु पर्छ’
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राज्यसँगै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । उहाँले पारदर्शिता र सुशासन अहिलेको आवश्यकता भएको बताउँदै सबै पक्ष जिम्मे
कैदीबन्दी बढे, सुविधा खुम्चियो
पछिल्लो समय मुलुकमा अपराधका घटना बढेसँगै देशभरका मुख्य सहर र आसपासका कारागारमा कैदीबन्दीको चाप अत्यधिक छ । खाना खाने, सुत्ने, नुहाउने तथा शौचालय जस्ता न्यूनतम सुविधा लिनसमेत कैदीबन्दी लइनमा बसेर कुर्नुपर्ने अवस्था छ । कैदीबन्दीको बढ्दो चापको अनुपातमा कारागारको क्षमता वृद्धिमा भने राज्यको खासै ध्यान पुग्न सकेको छैन । राणाकालीन समयमा स्थापना भएको काठमाडौँको सुन्धारास्थित जगन्नाथ देवल (केन्द्रीय कारागार), डिल्लीबजार कारागार, मकवानपुरको भीमफेदी कारागार, ललितपुरको नक्खु कारागार, सुनसरीको झुम्का कारागारलाई समय अनुकूल थप विस्तार हुन सकेका छैनन् । जीर्ण भवन र कैदीको चापका कारण यी कारागारको सुरक्षा र आन्तरिक व्यवस्थापनसमेत जटिल बन्दै गएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ ।
सेवा सुविधा रोक्ने चेतावनी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराए स्थानीय तहको सेवा सुविधा रोक्का गर्ने चेतावनी दिनुभएको छ । मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई मन्त्रालयमै फर्काउने प्रवृत्ति बढ्दै गएकाले कार्यविधि निर्माण गरी स्थानीय तहको सेवा सुविधा रोक्ने नीति लिइएको उहाँले स्पष्ट पार्नुभयो । नगरप्रमुख र गाउँपालिकाका अध्यक्षले हाजिर नगराए आफैँले तोक लगाएर हाजिर गर्नसमेत कर्मचारीलाई निर्देशन दिइएको गुप्ताले बताउनभुयो ।
गन्तव्य देशमै श्रमिकको स्वास्थ्य परीक्षण
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैदेशिक रोजगारीमा जानेको मृत्युदर घटाउन श्रम गन्तव्य देशमा रहेका दूतावासमार्फत नै स्वास्थ्य परीक्षण गर्ने रणनीति अघि सारेको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा जानेमा स्वास्थ्य समस्या देखिने क्रम बढेपछि वैदेशिक रोजगारीमा जानेलाई विदेशस्थित नेपाली दूतावासमार्फत नियमित स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने तयारी भएको जानकारी गराउनुभएको हो ।
प्रतिवेदन सभामा पेस
बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । कानुन, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले प्रतिवेदन मङ्गलबार सभामा पेस गर्नुभएको हो । साउन २४ गतेको समिति बैठकले विधेयकको प्रतिवेदन पारित गरेको थियो । प्रतिनिधि सभामा विचाराधीन भएको डेढ वर्षपछि समितिले विधेयकको दफाबार छलफल सकेर प्रतिवेदन सभामा पेस गरेको हो ।
मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवसका निम्ति उपयुक्त नारा प्रस्ताव गर्न आग्रह
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आगामी भदौ २० गते मनाइने महिला तथा बालबालिका बेचबिखनविरुद्धको दिवसका लागि उपयुक्त नारा प्रस्ताव गर्न आग्रह गरेको छ ।
प्रतिनिधि सभामा विधेयक पेस
प्रतिनिधि सभामा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गरिएको छ ।
सङ्घीय संसद् भवन अगाडिको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने क्रममा अभियन्ता सुनार पक्राउ
सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै केही दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा आन्दोलनरत दलितका लागि दलित अभियान, नेपालका संयोजक खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण
पोखराबाट बिरामी लिएर काठमाडौँ जाँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ । ठुलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका-७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो ।
युवालाई उद्यमशील बनाउने योजना बन्दैछन् : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले युवालाई उद्यमशील बनाउने कार्यक्रम र योजना तर्जुमा भइरहेका बताउनुभएको छ ।
समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण
प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याप्रति सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त अधिराज्यका राजदूत रब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा दुई देशबिचको आपसी सम्बन्ध र हितका विषयमा छलफल भएको थियो ।
‘प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला अनिवार्य’
नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले संवैधानिक व्यवस्था गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा ५० प्रतिशत महिला सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।
नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो
यो साताको प्रारम्भमा सर्वाधिक कारोबार रकमसहित उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले घटेको छ ।
मोटरसाइकल चोरीका घटना बढे
जिल्ला सदरमुकाम मन्थलीमा मोटरसाइकल चोरीका घटनामा वृद्धि भएको छ ।
उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड
नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले महिला, आदिवासी जनजाति, दलित, मधेसी र उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभएको छ ।
भरतपुरका सबै वडामा ‘सिसी क्यामेरा’
भरतपुर महानगरपालिकाका-२९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ ।
तीर्थयात्रीको उपचारका लागि गोसाइँकुण्डमा चिकित्सक टोली
रसुवाको उत्तरी क्षेत्रमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमा मेलामा पुगेका तीर्थयात्रीको उपचारका लागि विशेषज्ञ चिकित्सकको टोली त्यसतर्फ गएको छ ।
सबै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण उपकेन्द्र स्थापना गर्ने मन्त्री पौडेलको घोषणा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सातवटै प्रदेशमा मानव अङ्ग प्रत्यारोपण केन्द्र स्थापना गर्ने घोषणा गर्नुभएको छ ।
एक सय १८ हेक्टर जमिनमा वृक्षरोपण
डिभिजन वन कार्यालय दोलखाले जिल्लाका विभिन्न स्थानका एक सय १८ हेक्टर खाली जमिनमा विभिन्न जातका बिरुवा रोपेको छ । आर्थिक वर्ष ०८०–८१ को एक वर्षमा जिल्लाभित्र सो हेक्टर जमिनमा २ लाख २४ हजार २ सय ६२ वृक्षरोपण गरिएको हो ।