• १२ कात्तिक २०८१, सोमबार

सुनको सिक्री लुट्ने दुई प्रहरीको नियन्त्रणमा

blog

खुकुरी देखाइ सुनको सिक्री लुट्नेहरु ।

राममणि दाहाल

हेटौँडा, कात्तिक ११ गते । हेटौँडा उपमहानगरपालिका ११ थानाभर्याङस्थित राप्ती खोलाको बगरमा खुकुरी देखाइ सुनको सिक्री लुट्नमा संलग्न दुई जनालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

मकवानपुर बकैया गाउँपालिका ४, वर्ष २० का मनिष फुयाल र सोही स्थानका वर्ष २४ का सुजन पौडेलको एक तोलाको सुन सिक्री खुकुरी देखाएर लुटेको अभियोगमा पक्राउ गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले सार्वजनिक गरेको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सुनजस्तो देखिने पहेँलो धातुको सिक्री धारिलो हतियार खुकुरी देखाइ लुट्ने हेटौँडा उपमहानगरपालिका ११, वर्ष २० का असमिन चौलागाई र सोही स्थानका वर्ष २० का अनिस चौलागाईँलाई नियन्त्रणमा लिइएको छ । 

प्रहरीले उक्त धारिलो हतियार, पहेँलो धातुको सिक्रीसहित उनीहरुलाई नियन्त्रणमा लिएर चोरी तथा डाँकासम्बन्धी कसुर मुद्दामा मकवानपुर जिल्ला अदालतबाट चार दिनको म्याद थप लिइ अनुसन्धान भइरहेको जनाएको छ ।