• १२ कात्तिक २०८१, सोमबार

मातातीर्थमा व्यापार महोत्सव चल्दै

blog

मेलामा सहभागी स्थानीयहरु ।

गोरखापत्र अनलाइन

काठमाडौं, कात्तिक १२ गते । तिहार, नेपाल संवत् एवं छठ पर्वका लागि लक्षित चन्द्रागिरि औद्योगिक सांस्कृतिक पर्यटन, व्यापार महोत्सव २०८१ जारी छ । मेला १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । 

चन्द्रागिरि नगरपालिका ६ को बालागाउँस्थित मातातीर्थ चौरमा मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजनामा सञ्चालन हुँदैआएको उक्त व्यापार महोत्सवमा दैनिक राष्ट्रिय कलाकारहरुले आफ्नो कला प्रस्तुति गर्दैआएका छन् । 

उक्त महोत्सवमा स्थानीय सीपबाट उत्पादन भएका हस्तकला तथा कृषि औजारको प्रदर्शनीका साथै ग्रामीण प्रविधिसम्बन्धी गतिविधिको प्रदर्शनी, अटोमोबाइल प्रदर्शनीसमेत समावेश गरिएको छ । दैनिक उपभोग्य सामानको बिक्री तथा प्रदर्शनी, औद्योगिक उत्पादनको बिक्री एवं प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको बिक्री तथा प्रदर्शनी राखिएको छ । 

महोत्सवका क्रममा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन पनि भइरहेको छ । सांस्कृतिक, व्यापार तथा पर्यटकीय प्रदर्शनी र लत्ता कपड़ा तथा भाँडाकुँडाको प्रदर्शनी तथा बिक्री स्टलहरु राखिएको मातातिर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिनुभयो । महोत्सवका क्रममा एसियाकै उत्कृष्ट बाल उद्यानको समेत व्यवस्था गरिने बताइएको छ । महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।