दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी
सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा एक-एक जनाको मात्र उम्मेदवारी परेको छ ।
राज्यका सबै संरचनामा दलितको समान सहभागिता हुनुपर्ने माग
विगत आठ दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका दलित अभियानीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेका छन् ।
‘अक्वा त्रिदेव’ व्राण्डको पानीमा कोलिफर्म भएको पुष्टि : २ लाख रुपियाँ जरिवाना गर्ने निर्णय
काठमाडौँ, साउन ३० गते । ‘अक्वा त्रिदेव’ व्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि काठमाडौँ महानगरपालिकाले दुई लाख रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ । यो तारकेश्वर नगरपालिका वडा नं. १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीले उत्पादन गरेको पानी हो । निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार साउन २५ गते गोङ्गबु क्षेत्रबाट विभिन्न ५ वटा व्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो । यसरी लिइएको नमुना काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो । नमुना परीक्षणबाट मंगलबार रिपोर्ट प्राप्त भयो । प्राप्त रिपोर्टमा अक्वा त्रिदेव व्राण्डको पानीमा फिकल कोलिफर्म भेटियो । प्रति १ सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट (सिएफयु) देखिएको छ । यो शून्य हुनुपर्छ । खाद्य प्राविधिक अनिल बस्नेत भन्नुहुन्छ, ‘नेपाल सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ । पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको भन्ने हो ।’ कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो । यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ । यो भनेको हैजा फैलिने जीवाणु नहुनु हो । बस्नेतले स्पष्ट पार्नुभयो । डा. झाका अनुसार जरिवाना गरिएसँगै यो व्याचमा उत्पादन भएको सबै पानी विक्रीमा प्रतिबन्ध लगाइएको छ । पानीको नमुनामा पानीको कोलिफर्म शून्य नभएसम्म यो प्रतिबन्ध कायम हुनेछ । जार र बोतलको पानीमा कीरा, फोहर र कोलिफर्म देखिएपछि महानगरपालिकाले उमालेर मात्र पानी प्रयोग गर्न आग्रह गरेको छ । जथाभावी निर्माण सामग्री थुपार्नेलाई जरिवानामहानगर प्रहरी बलले मङ्गलबार वडा नं. ३१ का विभु गोयललाई ५० हजार रुपियाँ जरिवाना गरेको छ । सार्वजनिक बाटोमा बालुवा माटो खसालेर फोहर गरेपछि जरिवाना गरिएको हो । यसैगरी वडा नं. ३२ को साथी निर्माण सेवालाई ५० हजार रुपियाँ जरिवाना गरिएको छ । सडक पेटी बिगारेर सार्वजनिक सम्पत्तिमा क्षति गरेकोले निर्माण सेवालाई जरिवाना गरिएको हो । मंगलबार साँझ करिब ८ बजे वडा नं. १५ सानो भर्याङ क्षेत्रमा पृथ्वीबहादुर थापाले सञ्चालन गरेको इचङ्खुनारायण काष्ठ उद्योगमा आगलागी भएको थियो । विद्युत सर्ट भएर सुरु भएको आगलागी नियन्त्रण गर्न जुद्ध वारुण यन्त्र कार्यालय न्यूरोड, रामहिटी र बालाजुबाट दमकल परिचालन गरिएका थिए । रातको पौने दश बजे आगो पूर्ण रूपमा नियन्त्रण भएको थियो । राति परेको पानीले पानीपोखरीमा पहिरो गएपछि प्रहरी बलले क्षति व्यवस्थापनका लागि टोली परिचालन गरेको थियो । पहिरोले घरको पर्खाल भत्काएको छ । घरमा मानिस नभएकाले मानवीय क्षति हुन पाएन । बुधबार उत्तर क्षेत्रमा मापदण्ड विपरीत सञ्चालन भएका १२ वटा मोटरसाइकल वर्कसपमा ताला लगाइएको छ । स्वयम्भू क्षेत्रमा रुख ढलेर सडक अवरुद्ध भएको थियो । तार चुँडिएर जोखिम बढेको थियो । प्रहरी बलले यो अवस्थालाई व्यवस्थापन गरेर सहज आवागमन बनाएको छ ।
मधेशी आयोगको वार्षिक प्रतिवेदन : ५८ वटा उजुरी तथा गुनासा प्राप्त
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष मधेसी आयोगले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले राष्ट्रपति कार्यालय शीतल निवासमा आज राष्ट्रपति पौडेलसमक्ष प्रतिवेदन पेस गर्नुभएको हो ।
नेपालको शान्ति प्रक्रिया विश्वकै ‘रोल मोडल’
सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूले नेपालको शान्ति प्रक्रिया विश्वका लागि उदाहरणीय रहेको बताउनुभएको छ ।
नेपाल र चीनबिचको सम्बन्धको आधार
नेपाल र चीनबिच दौत्य सम्बन्ध स्थापना भएको ७० वर्ष पुगेको छ । नेपाल र चीन, दुई पुराना सभ्यताका प्रमुख मित्रराष्ट्रहरू, अनादिकालदेखि नै आपसमा गहिरो सम्बन्ध राख्दै आएका छन् ।
मन्त्री भण्डारीसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गर्नुभएको छ ।
‘गणतन्त्रको मूल्य, मान्यताविपरीत हुनेगरी संविधान संशोधन हुन सक्दैन’
प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीयता र गणतन्त्रको मूल्य, मान्यताविपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट पार्नुभएको छ ।
शान्ति प्रक्रियालाई अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुगाइरहँदा अन्तर्राष्ट्रिय समुदायले नजिकबाट नियालिरहेको बताउनुभएको छ ।
शान्ति प्रक्रियालाई साझा उपलब्धिको रूपमा अघि बढाउँछौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई साझा उपलब्धिको रूपमा अघि बढाउने बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा बुधबार सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
कोकिनसहित दुईजना विदेशी पक्राउ
नेपाल प्रहरीले एक किलो चार सयग्राम कोकिनसहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचको सहकार्य कायम राख्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबिचमा भएको सहकार्यलाई आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिनुभएको छ ।
प्रतिनिधि सभा बैठक (प्रत्यक्ष प्रसारण)
सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा बैठक सुरु भएको छ । बुधबार दिउँसोबाट सुरु भएको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
बन्धक बनाइएका नेपालीको उद्धारमा सरकार सक्रिय
भारतमा बन्धक बनाइएका नेपालीको उद्धार, स्वदेश फिर्ता र पारिवारिक पुनर्मिलनलाई सरकारले तीव्रता भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले खासगरी सडक निर्माणको काममा लगाउने र आकर्षक पारिश्रमिक दिने आश्वासनसहित भारतको कस्मिर पु¥याइएका र बिना ज्याला जोखिमयुक्त तरिकारले द्वन्द्वग्रस्त क्षेत्रमा जबर्जस्ती काममा लगाई बन्धक बनाइएका नेपालीको उद्धारमा तीव्रता दिएको हो ।
विश्वविद्यालयको उपाध्यक्षमा आवेदन माग
बागमती प्रदेश सरकारले सञ्चालनको तयारी गरेको बागमती प्रदेश विश्वविद्यालयका लागि आवेदन माग गरेको छ । बागमती प्रदेश विश्वविद्यालय संरक्षक समिति (बोर्ड अफ ट्रष्टी) को सचिवालयले विश्वविद्यालयको उपाध्यक्षमा नियुक्तिको आवेदन माग गरेको हो ।
गणेश राईको सिंहदरबार यात्रा
प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निजी सचिवालयमा गणेश राईलाई नियुक्त गर्नुभएसँगै उहाँ चर्चाको पात्र बन्नुभएको छ ।
प्रधानमन्त्री नियुक्तिविरुद्धको रिटमा सुनुवाइ हुँदै
सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथविरुद्धको रिटमा सुनुवाइ हुँदैछ ।बुधबार सर्वोच्चका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासमा उक्त रिटमा सुनुवाइ हुन लागेको हो ।
अध्यक्ष प्रचण्डसँग अस्ट्रेलियाका राजदूत भोल्कको बिदाइ भेट
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले बिदाइ भेट गर्नुभएको छ ।
खुल्यो पृथ्वी राजमार्ग
पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ । गए रातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो ।
अर्थोपेडिक अस्पताललाई शिक्षण संस्थामा रुपान्तरण गर्न सुझाव
विशेषगरी अनाथ, असहाय तथा अपाङ्गता भएका व्यक्तिको सेवामा समर्पित रहनेगरी खगेन्द्र नवजीवन केन्द्रअन्तर्गत रोटरी इन्टरनेशनलको सहकार्यमा यो अस्पताल सन् १९९८ मा स्थापना भएको हो ।
‘नागरिक पनि जिम्मेवार हुनु पर्छ’
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले राज्यसँगै नागरिक पनि जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ । उहाँले पारदर्शिता र सुशासन अहिलेको आवश्यकता भएको बताउँदै सबै पक्ष जिम्मे
कैदीबन्दी बढे, सुविधा खुम्चियो
पछिल्लो समय मुलुकमा अपराधका घटना बढेसँगै देशभरका मुख्य सहर र आसपासका कारागारमा कैदीबन्दीको चाप अत्यधिक छ । खाना खाने, सुत्ने, नुहाउने तथा शौचालय जस्ता न्यूनतम सुविधा लिनसमेत कैदीबन्दी लइनमा बसेर कुर्नुपर्ने अवस्था छ । कैदीबन्दीको बढ्दो चापको अनुपातमा कारागारको क्षमता वृद्धिमा भने राज्यको खासै ध्यान पुग्न सकेको छैन । राणाकालीन समयमा स्थापना भएको काठमाडौँको सुन्धारास्थित जगन्नाथ देवल (केन्द्रीय कारागार), डिल्लीबजार कारागार, मकवानपुरको भीमफेदी कारागार, ललितपुरको नक्खु कारागार, सुनसरीको झुम्का कारागारलाई समय अनुकूल थप विस्तार हुन सकेका छैनन् । जीर्ण भवन र कैदीको चापका कारण यी कारागारको सुरक्षा र आन्तरिक व्यवस्थापनसमेत जटिल बन्दै गएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ ।
सेवा सुविधा रोक्ने चेतावनी
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नगरपालिकाका प्रमुख र गाउँपालिकाका अध्यक्षले मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराए स्थानीय तहको सेवा सुविधा रोक्का गर्ने चेतावनी दिनुभएको छ । मन्त्रालयले खटाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराई मन्त्रालयमै फर्काउने प्रवृत्ति बढ्दै गएकाले कार्यविधि निर्माण गरी स्थानीय तहको सेवा सुविधा रोक्ने नीति लिइएको उहाँले स्पष्ट पार्नुभयो । नगरप्रमुख र गाउँपालिकाका अध्यक्षले हाजिर नगराए आफैँले तोक लगाएर हाजिर गर्नसमेत कर्मचारीलाई निर्देशन दिइएको गुप्ताले बताउनभुयो ।