उद्योगमन्त्रीद्वारा हेटौँडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन
उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सङ्घीय सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा 'ग्लोबल साउथ समिट'लाई सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गर्नुभएको छ ।
‘स्टार्टअप’ कर्जा कार्यविधि कार्यान्वयनमा
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ ।
गोसाईंकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा
यही भदौ ३ गते जनैपूर्णिमाका दिन लाग्ने गोसाईंकुण्ड मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । पवित्र तीर्थस्थल गोसाईंकुण्डमा तीर्थालु भक्तजनलाई रातिको समयमा उज्यालो पुर्याउने उद्देश्यले पहिलो पटक बिजुली बत्ती बालिएको छ ।
साउनमा बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर
चालु आर्थिक वर्षको पहिलो महिना सरकारी बजेट खर्चभन्दा राजस्व सङ्कलन दोब्बर देखिएको छ ।
नागरिकमा परिवर्तनको महसुस हुनेगरी काम गर्दैछौँ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले अर्थतन्त्रमा रहेको मन्दीलाई चिर्न कार्यक्रमहरू बनाइरहेको बताउनुभएको छ ।
जीपी कोइराला श्वासप्रश्वास केन्द्रलाई हजार शय्याको बनाउन राष्ट्रपतिको पहल
राष्ट्रपति रामचन्द्र पौडेलको विशेष आग्रह र पहलमा दुई देशका प्रधानमन्त्रीबिच भएको समझदारी अनुसार भारत सरकारले तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रलाई चिकित्सा विज्ञान शिक्षण प्रतिष्ठानका रूपमा निर्माण गर्ने चासो देखाएको छ ।
मौलिक प्रणाली जलद्रोणी
पञ्च तत्वका रूपमा रहेको पानी मानव जीवनका लागि अति आवश्यक छ । पानीमा मानिसको जीवन अडिएको हुन्छ । पानीको खाँचो पूरा गर्न लिच्छविकालदेखि नै पुर्खाहरूले विभिन्न किसिमका ढुङ्गेधारा, जलद्रोणी, पोखरी, इनार आदि बनाउन लगाएका थिए । तिर्खाएका मानिसले पानी पिउन पाउनुलाई मानिसहरू धर्म सम्झन्थे । अहिले पनि तिर्खा लागेको मानिसलाई पानी पिलाएमा पुण्य प्राप्त हुने विश्वास गरिन्छ । ललितपुरमा हुने करुणामयको रथ जात्रामा तिर्खाएका मानिसलाई गाग्रीमा पानी बोकी पिलाउँदै गरेको दृश्य अहिले पनि देख्न सकिन्छ । लिच्छविकालमा जलद्रोणी लोकप्रिय भएको थियो । मुहानदे
प्रभावकारी बन्दै ‘सम्मानित वृक्षरोपण’
वनस्पति अनुसन्धान केन्द्र, वृन्दावन वनस्पति उद्यान मकवानपुरमा ‘सम्मानित वृक्षरोपण’ प्रभावकारी बन्दै गएको छ । वनस्पति उद्यानले देशमै पहिलो पटक सुरु गरेको सेरेमोनियल प्लान्टेसन अर्थात् ‘सम्मानित वृक्षरोपण’ कार्यक्रम प्रभावकारी भएको हो ।
गाईजात्रा पर्वमा बागमतीमा सार्वजनिक बिदा
बागमती प्रदेश सरकारले गाईजात्रा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
सुक्खा पहिरोले अरनिको राजमार्ग अवरुद्ध
सुक्खा पहिरो जाँदा आज बिहानदेखि अरनिको राजमार्ग अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५३ किलो भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।
ज्यानै लिने ट्राफिकका सडक ‘एम्बुस’ कारबाहीमै रमाएको ट्राफिक
सवारीसाधनको गति मापन गर्न ट्राफिक प्रहरी बिहीबार दिउँसो राडार गनसहित बसेको स्थाननजिकै भक्तपुरको गट्ठाघरमा बीभत्स दुर्घटना भयो । कोटेश्वर–भक्तपुर सडकखण्डमा बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई तीव्र गतिमा पछ्याएको ना ६ ख २१७३ नम्बरको मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिई झन्डै एक सय मिटर परसम्म लतारेर लग्यो ।
जरिबानाकेन्द्रित ट्राफिक प्रहरी
नागरिकलाई सुरक्षित रूपमा सडक प्रयोग गर्न समन्वय गर्ने र दुर्घटना न्यूनीकरण गर्नेभन्दा पनि झाडीमा लुकेर ‘गल्ती गर्न उत्प्रेरित गर्ने’ ट्राफिक प्रहरीको प्रवृत्तिको सवालमा दुई दिनदेखि बहस तीव्र भएको छ । काठमाडौँ उपत्यकाभित्रै ट्राफिक प्रहरीकैअगाडि भएको सडक दुर्घटनामा नागरिकले ज्यान गुमाइरहेका घटनाले सडक सुरक्षाका सन्दर्भमा गम्भीर प्रश्न उठाएको हो । भक्तपुरको गट्ठाघर चोकमै ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएपछि सडक सुरक्षाका सन्दर्भमा राज्यका संयन्त्रबाट भइरहेका कामप्रति नागरिक पङ्क्तिबाट औँला उठेको छ ।
चिकित्सक दम्पतिकाे परोपराकी मन
चितवनका एक चिकित्सक दम्पत्तीले एक करोड रुपियाँ अक्षय कोष बनाउने गरि ट्रष्ट घोषणा गर्नुभएको छ ।
प्रकृति संरक्षण कोषको अध्यक्षमा वनमन्त्री शाही
राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीलाई जिम्मेवारी दिइएको छ ।
एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक भदौ ९ गतेदेखि बस्ने भएको छ ।
गृहमन्त्री लेखकद्वारा निर्माणाधीन प्रहरी प्रतिष्ठानको निरीक्षण
गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–६ दलिन्चोकमा निर्माणाधीन नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण गर्नुभएको छ ।
न्याय सेवा आयोगद्वारा २० सरकारी वकिलको सरुवा (सूचीसहित)
न्याय सेवा आयोगले २० सरकारी वकिहलको सरुवा गरेको छ । शुक्रबार बसेको आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत २० जनाको सरुवा गरेको हो ।
जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता
वातावरणीय न्यायमा काम गर्ने ५० जना अभियान्ताहरुले जलवायु परिवर्तनको जोखिम कम गर्दै र चाडपर्वलाई वातावरणमैत्री बनाउन देशव्यापी अभियान सुरु गर्ने घोषणा गरेका छन् ।
गृहमन्त्रीसँग बेलायती राजदूतको शिष्टाचार भेट
गृहमन्त्री रमेश लेखकसँग संयुक्त अधिराज्य बेलायतका राजदूत रब फेनले आज शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त भेटवातार्मा उहाँहरुबीच द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।
गठ्ठाघर दुर्घटना : ट्राफिक प्रहरीमाथि आक्रमण गर्नेलाई कारबाही गरिने
गृहमन्त्री रमेश लेखकले भक्तपुरको गठ्ठाघरमा बिहीबार दिउँसो भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई निर्देशन दिनुभएको छ ।
सरकारले निराशालाई आशामा बदल्नुपर्छ : महासचिव पोखरेल
नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले जनतामा उत्पन्न भएको निराशालाई आशामा बदल्दै राजनीतिक स्थायित्वको आधार तयार गर्नुपर्ने बताउनुभएको छ ।
सामाजिक सञ्जालको दुरुपयोगले बैकिङ प्रणालीमा असर पुर्यायो : गभर्नर अधिकारी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कतिपय व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दा बैकिङ प्रणालीमा असर हुँदात्यस्ता व्यक्तिमाथि कानुनी कारबाहीको व्यवस्था राख्नुपर्ने बताउनुभएको छ ।
अर्थतन्त्र सुधारमा सुझाव दिन उच्चस्तरीय आयोग बन्ने
सरकारले अर्थतन्त्र सुधारका लागि सुझाव दिन उच्चस्तरीय आयोग बनाउने भएको छ ।