पूर्वाधार विकास समितिको बैठक सिंहदरबारमा जारी
प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठक सिंहदरबारमा जारी रहेको छ । आइतबार दिउँसोबाट सुरु भएको समितिको बैठकमा जलस्रोतसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि सांसदहरुसँग छलफल भइरहेको छ ।
विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा छलफल जारी
प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक जारी रहेको छ । बैठकमा विधान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी विषयमा छलफल भइरहेको छ ।
प्रदेशको मुख्य न्यायाधिवक्तामा काफ्ले
बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता शुकदेव काफ्ले नियुक्त हुनुभएको छ । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्नुभएको हो ।
संविधान संशोधन गर्न सकिन्छ : पूर्व राष्ट्रपति डा. यादव
पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधान डायनामिक दस्ताबेज भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने बताउनुभएको छ ।
जनतामा जानुको विकल्प छैन : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताउनुभएको छ ।
‘सञ्चार सम्बद्ध संस्थालाई समावेशी चरित्रको बनाउनुपर्छ’
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली सञ्चार माध्यम तथा सञ्चार सम्बद्ध संघ संस्थालाई समावेशी चरित्रको बनाउन आफूले पहल गर्ने बताउनुभएको छ ।
पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने कार्यक्रम बन्छ : अध्यक्ष प्रचण्ड
पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीलाई सुदृढ र एकताबद्ध गर्दै जनतामा जाने अभियानको गृहकार्य गरिएको बताउनुभएको छ।
वैदेशिक रोजगारीमा बढ्दै दक्ष श्रमिक
वैदेशिक रोजगारीमा दक्ष भएर जाने श्रमिकको सङ्ख्या क्रमशः बढेको छ । पछिल्लो तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार दक्ष भएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या क्रमशः बढेको देखिएको हो । वैदेशिक रोजगार विभागका अनुसार आव २०७८/७९ मा ४६ प्रतिशत दक्ष कामदार वैदेशिक रोजगारीमा गएकोमा गत आवमा बढेर ७२ प्रतिशत नेपाली श्रमिक दक्ष भएर विदेश गएका छन् । पछिल्ला वर्षमा शिक्षित र तालिम लिएका युवा विदेश जाँदा पनि सिप परीक्षण गरेर जाने प्रवृत्तिको विकास भएको छ ।
गट्ठाघर दुर्घटना छानबिन समिति गठन
भक्तपुरको गट्ठाघर चोकमा भएको सडक दुर्घटनासम्बन्धमा छानबिन गर्न छानबिन समिति गठन गरिएको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । समितिमा भक्तपुर प्रहरीका प्रहरी नायब उपरीक्षक राजन कार्की, नागरिक समाजका तुलसीहरि कोइराला, यातायात व्यवस्था सवारी चालक अनुमतिपत्र कार्यालय राधेराधेका मेकानिकल इन्जिनियर उत्तम बस्नेत सदस्य रहनुभएको छ । समितिमा यातायात व्यवसायीका तर्फबाट पनि प्रतिनिधि रहने छन् ।
उपनिर्वाचनको तयारीमा आयोग
निर्वाचन आयोग स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको उपनिर्वाचन तयारीमा जुटेको छ । आयोग मङ्सिर तेस्रो साता उपनिर्वाचन गर्ने गरी आन्तरिक तयारीमा जुटेको हो । आयोगका प्रवक्ता रघुराम विष्टले निर्वाचनको मितिबारे सुझाव दिने, मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने, निर्वाचनमा लाग्ने खर्चको विश्लेषण गरी नेपाल सरकारसमक्ष बजेट सुनिश्चितताको प्रयास गर्नेजस्ता तयारीका काम गरिरहेको जानकारी दिनुभयो । निर्वाचन आयोगले गत साउन २८ गते प्रधानमन्त्रीसँगको छलफलमा मङ्सिर तेस्रो साता उपनिर्वाचन गर्न सरकारलाई सुझाव दिएको थियो । स्थानीय तह निर्वाचन ऐन–२०७३ मा आयोगको सुझावमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने व्यवस्था छ ।
शीतभण्डारमा बेथितिको पराकाष्ठा : बजेटको दुरुपयोग
सङ्घीय, प्रदेश, स्थानीय सरकार तथा दातृनिकाय समेतको ठुलो लगानीमा निर्मित शीतभण्डार (कोल्ड स्टोर) व्यवस्थापकीय अपरिपक्वता र राज्यकै लापरबाहीका कारण प्रयोगविहीन छन् । सातै (कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम) प्रदेशका विभिन्न स्थानमा निर्माण भएका शीतभण्डार केही स्वार्थ समूहको प्रभाव र केही औचित्यहीन एवं अनावश्यक स्थानमा लगानी भएका कारण प्रयोगविहीन छन् ।
सर्वोत्कृष्टलाई प्रमाणपत्र थमाइँदै
राज्यसँग आर्थिक स्रोत अभावका कारण उच्च शिक्षाका सर्वोत्कृष्ट विद्यार्थीले प्रमाणपत्रमै चित्त बुझाउनुपर्ने भएको छ । अघिल्ला वर्षहरूमा त्यस्ता विद्यार्थीलाई हरेक राष्ट्रिय शिक्षा दिवसमा सुनचाँदीबाट बनेको पदकसहित प्रमाणपत्र प्रदान गर्ने गरिन्थ्यो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत २०८० भदौ ३१ गते ९६२ जनालाई नेपाल विद्याभूषण, नेपाल छात्रा विद्यापदक र नेपाल प्रविधि विद्याभूषण प्रदान गर्ने भनी नाम सार्वजनिक गरेको थियो । स्रोत व्यवस्थापन हुन नसक्दा ती सर्वोत्कृष्ट विद्यार्थीलाई हालसम्म पुरस्कृत गरिएको छैन । नाम घोषणा गरिएकाको हात रित्तो हुने भएपछि मन्त्रालयले विद्याभूषणसम्बन्धी निर्देशिका परिमार्जन गरेर प्रमाणपत्रमै टार्ने भएको छ । यस वर्षका लागि पनि सर्वोत्कृष्ट विद्यार्थीबाट आवेदन आह्वान गरिएको छ ।
‘समयको नक्साबाहिर’को विमोचन
साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेलको संस्मरणात्मक निबन्धसङ्ग्रह ‘समयको नक्साबाहिर’को विमोचन भएको छ ।
साहित्यकार बंशीधर बज्राचार्यको दुई कृति सार्वजनिक
वरिष्ठ गीतकार तथा साहित्यकार बंशीधर बज्राचार्यको ‘नेवाः भाय् दुनेया खँ’ (ब्याकरण) र ‘लिबर्टिया देशय्’ (नियात्रा) दुई कृति सार्वजनिक भएको छ ।
साहित्य सन्ध्याद्वारा पुरस्कार तथा सम्मान प्रदान
साहित्य सन्ध्याले २०८० सालको ‘साहित्य सन्ध्या पुस्कार तथा सम्मान पुरस्कार’ मोरङ विराटनगरका स्रष्टा विवनारायण पण्डितलाई प्रदान गरेको छ । पुरस्कारको राशि जनही २१ हजार एक सय छ ।
मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु
हेटौँडा उपमहानगरपालिका वडा नं. ९, धापमा शनिवार दिउँसो मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
बाढी पीडितलाई राहत सामाग्री वितरण जारी : प्राधिकरण
सरकारले मनसुनका अवधिमा देशका विभिन्न स्थानमा आएको बाढी पहिरो पीडितलाई आवश्यकताका आधारमा राहत सामग्री वितरण गरेको छ ।
‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ सार्वजनिक
गीतकार रामबाबु सुवेदीका शब्द र वसन्त सापकोटाको सङ्गीतमा बालगीत ‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ को श्रव्यदृश्य सार्वजनिक भएको छ । “हुक्काभित्र ट्वार्र ! ट्वार्र ! चेतनामूलक बालगीत हो ।
ऊर्जा क्षेत्रको विकासका लागि साझा सहकार्य गर्नुपर्नेमा जोड
उज्यालो नेपालको संवाहकका रूपमा स्थापित नेपाल विद्युत प्राधिकरणले आज आफ्नो स्थापनाको ३९औँ वार्षिकोत्सव मनाएको छ ।
प्रदेश सभादेखि आन्तरिक मामिला मन्त्रालयसम्म बेरुजुको चाङ
हरेक आर्थिक वर्षमा बेरुजु बढ्दै गएको बागमती प्रदेशको प्रदेश सभा सचिवालयदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयसम्म बेरुजुको चाङ रहेको पाइएको छ ।
पदमा रहुन्जेल देखिने काम गर्छु : मुख्यमन्त्री लामा
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफू जति दिन पदमा भए पनि देखिने काम गर्ने बताउनुभएको छ । ३० औँ तामाङ प्रसारण दिवसको अवसरमा शनिबार यहाँ आयोजित मिडिया अवार्ड २०८१ वितरण समारोहमा उहाँले सो कुरा बताउनुभएको हो ।
भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो : अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पार्नुभएको छ ।
उद्योगमन्त्रीद्वारा हेटौँडा सिमेन्ट उद्योग र मयुरधाप औद्योगिक क्षेत्रको अवलोकन
उद्योगमन्त्री दामोदर भण्डारीले सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौँडा सिमेन्ट उद्योगलाई दीर्घकालीन रूपमा सञ्चालन गर्न सङ्घीय सरकारले गृहकार्य गरिरहेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीद्वारा 'ग्लोबल साउथ समिट'लाई सम्बोधन
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गर्नुभएको छ ।