• १९ पुस २०८१, शुक्रबार

नेपाल विभिन्न संस्कृति भएको देश : सभापति देउवा

blog

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा।

काठमाडौँ, कात्तिक १५ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विभिन्न जात–जाति, भाषा–भाषी, धर्म, विभिन्न चाड–पर्व एवम् विभिन्न संस्कृति भएको देश भएको बताउनुभएको छ ।

बिहीबार तिहार पर्व, २०८१ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले निहित बन्धुत्व भावले विविधता बिचमा पनि अनुपम एकता कायम गरेको बताउनुभयो ।

‘‘तिहारले पनि हामी बिचको एकतालाई अझ मजबूत बनाएको छ । तिहार अर्थात यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमंग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइहरु बीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको छ ।’’ शुभकामना सन्देशमा भनिएको छ ।

यसैगरी उहाँले नेपाल संवत् त्यही जागरण कालको इतिहास र संस्कृतिको एक जीवन्त धरोहर रहेको बताउनुभयो ।

‘‘बागमती सभ्यतालाई नेपालको भाषा, साहित्य, कला र संस्कृतिको उत्थान काल मानिन्छ । नेपाल संवतको याँ दिनले हरेक वर्ष हामी सबैलाई यसका प्रणेता शंखधर साख्वाः को योगदानलाई सम्झाउँछ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसको प्रचलन तिनै समाजसेवी साख्वाः ले सबैको ऋण मोचन गरिदिएको अति परोपकारी कार्यको सम्झनामा भएको हो । शंखधर साख्वाः लाई उहाँको उदारताको कदर गरेर, हामीले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेका छौं ।’’