राष्ट्रियसभामा नियमित शून्य समय चलाइने
सङ्घीय संसद अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ ।
भ्रष्टाचार निवारण ऐन समय अनुकूल बनाउन आवश्यक : अध्यक्ष प्रचण्ड
प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकूल बनाउनुपर्ने बताउनुभएको छ ।
जसपा नेपालले केन्द्रीय सदस्यलाई अभियानमा खटायो
ललितपुरको सानागाउँस्थित थसी व्याङ्क्वेटमा चार दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेतालाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले राससलाई जानकारी दिनुभयो ।
प्रधानमन्त्रीको उपस्थितिमा वार्षिक प्रगति समीक्षा र बजेट कार्यान्वयनबारे छलफल
प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यन्वयन योजनाका साथै वर्तमान सरकारको १०० दिनभित्र गरिने मुख्य मुख्य कामबारे बिहीबार छलफल भएको छ ।
डेंगु परीक्षण र उपचारका लागि सङ्घीय अस्पतालमा छुट्टै डेस्क स्थापना हुने
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले डेंगु नियन्त्रण र रोकथामका लागि सार्वजनिक स्थलको निगरानी बढाउनुपर्ने बताउनुभएको छ ।
भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो
यहाँको चौतारा साँगाचोकगढी नगरपालिका-७ सानो सिरूबारीस्थित पर्यटकीयस्थल भूतछाँगामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।
मनमोहन अस्पतालमा मुटुको जटिल शल्यक्रिया
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा गर्भवती महिलाको मुटुको जटिल शल्यक्रिया भएको छ ।
कालो सैनिक झिँगाबाट मल र दाना उत्पादन गरिँदै
नेदरल्यान्डको वाइनिगन विश्वविद्यालय, एसियन डेभलपमेन्ट बैंक र काठमाडौँ विश्वविद्यालयको सहयोगमा पाँचजना विद्यार्थीले कालो सैनिक झिँगाको अनुसन्धानबाट मल तथा दाना उत्पादन गर्न सकिने प्रमाणित गरेका छन् ।
ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ
अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडाँै महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३।७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो ।
स्वास्थ्यमन्त्रीद्वारा कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य एकाइ सेवाको उद्घाटन
कान्ति बाल अस्पतालमा मानसिक स्वास्थ्य एकाइ सेवा सुरु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदिप पौडेलले अस्पतालमा रहेको बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य इकाइको अन्तरंग सेवाको बुधबार उद्घाटन गर्नुभएको हो ।
न्यायाधीश रेग्मीको निधन
उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।
अरिङ्गालले टोकेर गोलेको मृत्यु
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ छापडाँडामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ ।
सिन्धुलीमा बोलेरो दुर्घटना: दुईको मृत्यु, १३ जना घाइते
सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सिन्धुलीको तिनकन्याबाट सदरमुकाम तर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियावारिमा दुर्घटना हुँदा थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले जानकारी दिनुभयो ।
विशेष नगरसभा बोलाउन माग
हेटौँडा उपमहानगरपालिकाले वृद्धि गरेको करको विषयमा विवाद भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले विशेष नगरसभा बोलाउन माग गरेका छन् । नेकपा एमालेबाट निर्वाचित नगर सभामा सदस्य रहेका ४५ जनाले हस्ताक्षर सङ्कलन गर्दै नगर प्रमुख मिनाकुमारी लामासँग विशेष नगरसभा बोलाउन माग गरेका हुन् । हेटौँडा उपमहानगरपालिकाका कुल ९४ जना नगरसभा सदस्यमध्ये एमालेकै ५४ जना छन् ।
‘जनमुखी सेवा आधुनिक प्रहरी सङ्गठनबाट मात्र सम्भव’
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जनमुखी प्रहरी सेवा प्रदान आधुनिक प्रहरी सङ्गठनबाट मात्र सम्भव हुने बताउनुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालयको हेटौँडा उपमहानगरपालिका वडा नं. ११ मा नवनिर्मित प्रशासनिक भवनको बुधबार उद्घाटन गर्दै उहाँले कुनै पनि व्यक्तिले राज्यको प्रत्यक्ष अनुभूति गर्ने राज्यको पहिलो अङ्ग प्रहरी प्रशासन भएको बताउनुभयो । “नागरिकले भोगेको समस्या जब आफ्नै पहलबाट समाधान सम्भव हुँदैन, त्यसपछि उसले राज्यबाट सहयोगको आश गरेको हुन्छ र उसलाई राज्यबाट दिन सकिने पहिलो सेवा भनेको प्रहरी सेवा नै हो,” मुख्यमन्त्री लामाले भन्नुभयो, “त्यसैले प्रहरीले नागरिकसँग गरेको व्यवहारबाट समग्रमा राज्यतर्फ नागरिकको धारणा तय हुने हुँदा प्रहरी सेवा एकदमै संवेदनशील हुन्छ ।”
आजको मौसमः देशभर भारी वर्षा हुने
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।
सात हजार कैदी बन्दी आँट्ने केन्द्रीय कारागार निर्माणमा ढिलाइ
नुवाकोटमा निर्माणाधीन सात हजार कैदी बन्दी आँट्ने केन्द्रीय कारागार निर्माणमा ढिलाइ भएको छ । १० वर्ष भित्र पाँच चरणमा गरेर काम सम्पन्न हुनु पर्ने भए पनि भौतिक संरचना भने १९ प्रतिशत मात्र काम भएको छ ।
सबै प्रिपेडमा रोमिङ सुविधा
नेपाल टेलिकमले बुधबारदेखि सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने सुविधा सुरु गरेको छ । यससँगै टेलिकमका सबै प्रिपेड ग्राहकहरूको मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रमिक रूपमा स्वतः उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै जिम्मा स्थानीय सरकारलाई
सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको पुनर्संरचना गरी चालु आर्थिक वर्षदेखि स्थानीयकरण गरेको छ । हालसम्म कार्यक्रमहरू स्थानीय निकायले कार्यान्वयन गर्ने तर मोडालिटी भने सङ्घीय सरकारले तय गर्ने गरिएकोमा अब मोडालिटी पनि स्थानीय निकायले नै तय गर्ने छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक दीपकराज नेपालले अबदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम उत्पादनमूलक तालिम दिने गरी स्थानीयकरण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमका लागि चालु आवका लागि छुट्याइएको बजेट स्थानीय तहको ‘तालिमको मोडालिटी’ अनुसार सिधै जान्छ ।
‘अधिकार क्षेत्रको विवाद भ्रष्टाचारमा जोड्न मिल्दैन’
प्राकृतिक स्रोतको राजस्व हिनामिना गरेको आरोप लागेका ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलगायत १४ जनालाई विशेष अदालतले सफाइ दिएको छ । नगरपालिकाद्वारा निर्मित कानुनका आधारमा निकासी शुल्क तोक्ने कार्य भ्रष्टाचार निवारण ऐन आकर्षित नहुने भन्दै अदालतले आरोपितलाई सफाइ दिएको हो । नगर कार्यापालिकाले बनाएको कानुन प्रदेश कानुनसँग बाझिएमा सर्वोच्च अदालतमा रिट क्षेत्राधिकार आकर्षित हुन सक्ने भन्दै अदालतले कानुनका आधारमा शुल्क लगाउने कार्य भ्रष्टाचार नभएको फैसलामा उल्लेख गरेको छ ।
मनसुनी प्रभाव १७० को मृत्यु
यस वर्षको मनसुनको दुई महिनामा जनधनको क्षति गत वर्षको तुलनामा दोब्बर भएको छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको तुलनात्मक विश्लेषण अनुसार दुई महिनामा गत वर्षभन्दा यस वर्ष दोब्बर जनधनको क्षति भएको छ । मनसुनजन्य विपत्का घटना पनि गत वर्षभन्दा बढी भएका छन् ।
बाल सुधारगृहमा उमेर नाघेकाको चाप
२०८० असोज ४ गते बाँकेको जयन्दु बाल सुधारगृहमा बाल बिझ्याइँकर्ता (बालबन्दी) बिचको झडपमा रुपन्देही कञ्चन–४ का सुलभ केसीको ज्यान गयो । अन्य ११ जना बालक घाइते भए । १२० जना क्षमताको सो बाल सुधारगृहमा हाल २६६ जना १४ देखि ३० वर्षसम्मका बालबन्दी छन् । बालबन्दीको चापका कारण दुई वटा ब्लक (भवन) मा राखिएका बालबन्दीबिचको विवादमा अर्को ब्लकमा बस्ने वयस्क युवाको कुटाइबाट केसीको मृत्यु भएको सुधारगृहका प्रमुख विमला काउचामगर बताउनुहुन्छ ।
श्रीमतीको हत्या आरोपित पक्राउ
मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ५ कालीखोलास्थित काफलडाँडाका मङ्गलबहादुर पाख्रिनलाई प्रहरीले श्रीमती हत्या गरेको आरोपमा पक्राउ गरेको छ।
अष्ट्रेलियामा बेपत्ता सुभाषको खोजविन गर्न राजदूतसँग आग्रह
नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कसँग नौ महिनाअघि अष्ट्रेलियामा हराएका काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-७ का एक युवाको खोजविन गर्न आग्रह गरिएको छ ।