• १६ भदौ २०८१, आइतबार

अरिङ्गालले टोकेर गोलेको मृत्यु

blog

अनिल पराजुली

हेटौँडा, साउन ३१ गते । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ छापडाँडामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ  । 

इन्द्र सरोवरका ३२ वर्षीय सुमन गोलेको अरिङ्गालले टोकेर मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ । प्रहरीका अनुसार घरदेखि एक किलोमिटर दक्षिण छिमेकीको बारीमा काम गर्ने क्रममा अरिङ्गालले टोकेर घाइते गोलेको उपचारको क्रममा मृत्यु भएको हो । 

घाइते गोलेलाई आफन्तले उपचारका लागि मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ काठमाडाैँ लगेकोमा बिहीबार बिहान डाक्टरले मृत घोषणा गरेका हुन् । घटना बारे थप अनुसन्धान भइरहेको छ ।