• २६ वैशाख २०८२, शुक्रबार

हेलिकोप्टर दुर्घटनामा छ जनाको मृत्यु, छ गम्भीर घाइते

blog

फाइल तस्बिर

कोलम्बो, वैशाख २६ गते । श्रीलङ्काली वायु सेनाको हेलिकोप्टर शुक्रबार देशको उत्तरी मध्य प्रान्तको मादुरु ओया जलाशयमा दुर्घटनाग्रस्त हुदाँ छ जना सैन्य कर्मचारीको मृत्यु भएको एक प्रवक्ताले बताउनुभएको छ । 

वायु सेनाका प्रवक्ता एरान्डा गीगानागेले दुर्घटनाको समयमा हेलिकोप्टरमा दुई पाइलटसहित १२ जना सवार रहेको र तीमध्ये छ जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताउनुभएको छ । अन्य छ जना घाइतेहरूको अझै अस्पतालमा उपचार भइरहेको गीगानागेले बताउनुभएको छ ।  

यसअघि, गीगानागेले जहाजमा रहेका सबै १२ जना सुरक्षित रहेको र उपचारका लागि अस्पताल पठाइएको बताउनुभएको थियो । श्रीलङ्काली वायु सेनामा उत्तीर्णहरूको स्वागत समारोहमा आयोजित प्रदर्शनको क्रममा घटना भएको जनाइएको छ । रासस/सिन्ह्वा