• ११ मंसिर २०८१, मङ्गलबार

आज धन्वन्तरी जयन्ती

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक १३ गते । मङ्गलबार धन्वन्तरी जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण पक्षको त्रयोदशीका दिन यो पर्व मनाउने चलन छ । यस दिनलाई धन त्रयोदशी र धनतेरस पनि भन्ने गरिन्छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस दिन नयाँनयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । समितिका अध्यक्ष ज्योतिष सूर्यप्रसाद ढुङ्गेलका अनुसार भविष्यमा शुभ हुने किसिमका गरगहना र भाँडावर्तन किन्ने चलन छ । यसै दिन नेपाल राष्ट्र बैङ्कले पनि सुनको असर्फी तथा चाँदीको सिक्का बिक्री गर्दै छ ।