• १२ कात्तिक २०८१, सोमबार

थारू जातिको संक्षिप्त इतिहास र संस्कृति पुस्तक लोकार्पित

blog

लेखक तथा समाजसेवी भजुमनराम महतोद्वारा लिखित पुस्तक लोकार्पण गरिँदै । तस्बिर : कारी महतो

गोरखापत्र अनलाइन

चितवन, कात्तिक १० गते । लेखक तथा समाजसेवी भजुमनराम महतोको नयाँ कृति ‘थारु जातिको संक्षिप्त इतिहास र संस्कृति’ लोकार्पण गरिएको छ । आज यहाँ आयोजित कार्यक्रममा सो कृति लोकार्पण गरिएको हो । 

थारु कल्याण कारिणी सभा (थाकस) चितवनद्वारा प्रकाशित सो पुस्तकमा थारु समुदायको इतिहास र संस्कृतिको विषय समेटिएको छ । कृतिको चितवन साहित्य परिषद्का अध्यक्ष केदारनाथ खनालले लोकार्पण गर्नुभयो । लामो समयदेखि लेखनमा सक्रिय रहनुभएका महतोले पुस्तक पठनीय बनाउन प्रयास गरिएको बताउनुभयो । थारु समुदायको इतिहासबारे विभिन्न तर्क गरिए पनि त्यसमा गहन अध्ययन गरी आफ्नो विचार तथा दस्ताबेज पुस्तकमा समेटिएको उहाँको भनाइ छ ।