संवैधानिक सीमामा रहेर काम गर्छु : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदमा प्रतिपक्षमा रहेका दलका नेताहरूले भेट गर्नुभएको छ । बुधबार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रतिपक्षमा रहेको दलका नेताहरूले भेट गर्नुभएको हो ।
‘डेडिकेटेड लाइनको बक्यौता उठाउने कुरामा मन्त्रालय र प्राधिकरणबिच मतभेद छैन’
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले डेडिकेटेड लाइनको बक्यौता उठाउने सम्बन्धमा मन्त्रालय र नेपाल विद्युत प्राधिकरणबिच मतभेद नभएको बताउनुभएको छ ।
बाढीपहिरोः काभ्रेमा सञ्चालित एक सय खानेपानी आयोजनाको एक अर्ब बराबरको क्षति
गत असोज दोस्रो साताको बाढीपहिरोले काभ्रेमा सञ्चालित एक सय खानेपानीका आयोजनामा क्षति पुगेको छ ।
लोपोन्मुख हिउँ चितुवा संरक्षणको केन्द्रमा राख्न माग
विश्वमा दुर्लभ मानिएको वन्यजन्तु हिउँ चितुवा संरक्षणलाई नेपालले प्राथमिकतामा राखेर बाघको संरक्षणमा कमाएको सफलताजस्तै हिउँ चितुवाको संरक्षणमा पनि सफलता प्राप्त गर्नुपर्नेमा जोड दिइएको छ ।
बुद्धिजीवी सङ्गठनद्वारा बाढीपहिरो पीडितलाई पाँच लाखभन्दा बढी सहयोग
नेकपा (माओवादी केन्द्र) निकट नेपाल बुद्धिजीवी सङ्गठनले बाढीपहिरो पीडितको सहयोगका लागि पाँच लाख २५ हजार सहयोग हस्तान्तरण गरेको छ ।
जाडोयाम सुरु भएसँगै वासस्थानको चिन्तामा बाढीपीडित
गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण गएको बाढीपहिरोले घरबारविहीन भएकाहरु जाडोयाम सुरु भएसँगै कसरी न्यानो वासस्थानको व्यवस्था गर्ने भन्नेमा चिन्तित छन् ।
गाउँ जोड्ने कृषि सडक सञ्चालन
वर्षाले अवरुद्ध भएको ग्रामीण तथा कृषि सडक सञ्जाल सञ्चालनमा आएको छ ।
सत्तारुढ दलको बैठक : राष्ट्रिय मुद्दामा एक ढिक्का भएर प्रस्तुत हुने
सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलहरुको बुधबारको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवम् मुद्दामा समान धारणाका साथ एक ढिक्का भएर अघि बढ्ने विषयमा छलफल भएको छ ।
बिपी राजमार्ग : पाँच घण्टा जाम बसेर यात्रा गर्न बाध्य
पुलपुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरु अधिकांश पूर्णरुपमा नै सञ्चालनमा आइसकेका छन् । तर विपी राजमार्ग भने अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।
सवारीसाधन दुर्घटनामा एकको मृत्यु, दुई घाइते
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रत्ननगर नगरपालिका वडा नं. ९ टिकौली जङ्गलमा गए राति दुई वटा ट्रक र एउटा ट्याङ्कर एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
विपद्पछिको पुनः निर्माणमा सरकार गम्भीर छ: भौतिक मन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले विपद्पछिको पुनः निर्माणमा सरकार गम्भीर भएर लागेको बताउनुभएको छ ।
प्रधानमन्त्रीले आज सरकारको उपलब्धि सार्वजनिक गर्नुहुने
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक सय दिनको उपलब्धि आज सार्वजनिक गर्नुहुने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धी उहाँले सार्वजनिक गर्न लाग्नुभएको हो ।
कृषि एम्बुलेन्सले किसानलाई राहत
इच्छाकामना गाउँपालिका–२ हपनीका कर्णबहादुर चेपाङलाई आजभोलि आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन । उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ ।
सत्तारुढ दलको बैठक बालुवाटारमा सुरु
सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बकैयामै दस करोडभन्दा बढीको सडक संरचनामा क्षति
गत असोजको दोस्रो साता आएको बाढीपहिरोका कारण अति प्रभावित मकवानपुरको बकैया गाउँपालिकाले बागमती प्रदेश सरकारलाई सडकलगायतका पूर्वाधार पुनर्निर्माणका लागि ध्यानाकर्षण गराएको छ ।
सन्दर्भ हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती
हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ ।
उपराष्ट्रपति यादव अस्पताल भर्ना
उपराष्ट्रपति रामसहायप्रसाद यादव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना हुनुभएको छ । हर्नियाको शल्यक्रियाका निम्ति उहाँ मङ्गलबार साँझ भर्ना हुनुभएको हो ।
बाजेको सेकुवा र जम्काभेटमा अनुगमन
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मङ्गलबार अनामनगरस्थित विभिन्न रेस्टुरेन्ट तथा व्यवसायको अनुगमन गरेको छ । अनुगमनका क्रममा विभिन्न खाद्यवस्तुमा कैफियत देखिएको छ । अनामनगरमा रहेको बाजेको सेकुवा प्रालिमा पनि खाद्यवस्तुमा कैफियत देखिएको विभागले जनाएको छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ८१ करोड जम्मा
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८१ करोड ७१ लाख १४ हजार तीन सय ७९ बराबर रकम जम्मा भएको छ ।
पाइप लाइनबाट पेट्रोल आयात, वार्षिक साठी करोड ढुवानी रकम बचत
रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनबाट परीक्षणका लागि पेट्रोल ल्याइएको छ । यसअघि डिजेल मात्र आयात गरिँदै आएकोमा परीक्षणका लागि पेट्रोल ल्याएको हो ।
‘बेदिङ गो’ हिमाल चढ्न नयाँ बाटो
हिमाल आरोहीको गाउँ भनेर चिनिने दोलखाको गौरीशङ्कर गाउँपालिका–९, बेदिङका पर्वतीय पथप्रदर्शक ४५ वर्षीय पासाङकिदर शेर्पाले यहाँको छ हजार १२५ मिटर अग्लो ‘बेदिङ गो’ नामक हिमाल आरोहण गर्ने ‘नर्थ वेस्ट रिच’ नयाँ बाटो पत्ता लगाउनुभएको छ ।
‘राष्ट्रिय सुरक्षा र प्रतिरक्षा थप सबल’
रक्षामन्त्री मानवीर राईले मुलुकको सार्वभौम सत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षा थप बलियो बनाउन सरकार प्रयत्नशील रहेको बताउनुभएको छ ।
पोलियो अन्त्यका लागि अभियान सञ्चालन गरिने
रोटरी इन्टरनेसनलले पोलियो अन्त्यका लागि अभियान सञ्चालन गर्ने भएको छ । सोमबार रोटरी इन्टरनेसनलले आयोजना गरेको पत्रकार सम्मेलनमा रोटरीले पोलियो अन्त्यका लागि अभियानसहित सात वटै प्रदेशमा पोलियोविरुद्ध जनचेतना कार्यक्रम सञ्चालन गर्ने जानकारी दिइयो ।
विचाराधीन विधेयक टुङ्ग्याउन सभामुखको पहल
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय समितिमा विचाराधीन विधेयक चाँडो टुङ्ग्याउन समिति सभापति र दलका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।