• १२ कात्तिक २०८१, सोमबार

बिपी राजमार्गको धुलिखेल भकुण्डेबेसी खण्ड सञ्चालनमा

blog

बिपी राजमार्गको धुलिखेल भकुण्डेबेसी सडक खण्ड ।

काठमाडौँ, कात्तिक ८ गते । असोजको दोस्रो साता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको धुलिखेल भकुण्डेबेसी खण्ड २४ घण्टा सञ्चालनमा आएको छ । यसअघि सो राजमार्ग बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सञ्चालनमा रहेको थियो ।

सडक डिभिजन कार्यालय भक्तपुरका डिभिजन प्रमुख योगेश सुमनले बिपी राजमार्गको सो खण्ड सञ्चालनमा आएको जानकारी दिनुभयो । बाढीपहिरोले क्षतिग्रस्त सो राजमार्गको धुलिखेल–भकुन्डेबेँसी सडकखण्ड मर्मत गर्न साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको थियो । 

बाढीपहिरोपछि यसअघि असोज २४ गते बिपी राजमार्ग सञ्चालनमा ल्याइएको थियो तर सञ्चालनमा आएको केही घण्टा नबित्दै सुक्खा पहिरो खसेर सो राजमार्ग पुनः अवरुद्ध भएको थियो ।