• २ पुस २०८२, बुधबार

खेतको आलीमा पुरुषको शव फेला

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), पुस २ गते ।
सप्तरीको सप्तकोशी नगरपालिकामा एक जना पुरुष मृत फेला परेको छ । नगरपालिकाको वडा नम्बर १ फत्तेपुर घर भएका ५० वर्षीय रविराज नेपाली मृत अवस्थामा फेला पर्नु भएको हो ।

उहाँ मङ्गलबार बिहान ११ बजे आफ्नो घरदेखि २ किलोमिटर रहेको खेतमा काम गर्न जान्छु भनेर उहाँ  निस्कनु भएको थियो ।

बेलुकासम्म घर फर्की नआउँदा खोजतलासको क्रममा स्थानीय भिम खतिवडाको वडा नम्बर २ टेङग्रास्थित रहेको खेतको आलीमा मङ्गलबार साँझ ५ः३० बजेतिर रविराज मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । उहाँले आवश्यक कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको बताउनुभयो ।