जनार्जन खत्री
सर्लाही, पुस २ गते । आयोजक नवसंघर्षशील युुवा क्लब हरिपुरले टिएसपी एफसी धनुषालाई ३–१ ले पराजित गर्दै प्रथम हरिपुर गोल्डकपको उपाधी जितेको छ ।
हरिपुर नगरपालिका–२, सानो जगतपुर खेल मैदानमा खेलको ७ औँ मिनेटमा चन्दन दासको गोलबाट अग्रता बनाएको नवसंघर्षशीलले २५ औँ मिनेटमा सनिल लामाको गोलबाट अग्रता दोब्बर बनायो । धनुषाको कमजोर रक्षापंतीको फाइदा उठाउँदै आयोजकले खेलको मध्यान्तरअघि नै दुई गोल गर्न सफल भएको हो ।
खेलको ५२ औँ मिनेटमा नवसंघर्षशीलका राम वाजीले डिबक्स बाहिरबाट गरेको सशक्त प्रहार गोलमा परिणत हुन पुग्यो । धनुषाका लागि खेलको इन्जुरी समयमा युग लामाले एक गोल गर्नुभयो ।
बिजेता अयोजक नवसंघर्षशील यूवा क्लबले प्रतियोगिताको ट्रफीसहित नगद एक लाख ५० हजार रुपियाँ हात पारेको छ । उपबिजेता टिएसपी एफसी धनुषाले भने ७५ हजार रुपियाँमा चित्त बुझायो ।
प्रतियोगिताको सवोत्कृष्ट खेलाडी आयोजक क्लबका गोलरक्षक सत्रुधन चौधरी बन्नुभएको छ । उहाँलाई नगद आठ हजार रुपियाँ प्रदान गरी सम्मान गरिएको छ ।
चौधरी नै प्रतियोगिताको वेष्ट गोलरक्षक, त्यसैगरी आयोजकका कुलदिप कार्की वेष्ट डिफेन्डर, आयोजककै राम वाजी वेष्ट मिडफिल्डर, टिएसपी एफसी धनुषाका सुदिप मगर वेष्ट फरवार्ड र आयोजक क्लबका मनोज कार्की वेष्ट कोच बन्न सफल हुनुभएको छ । उहाँहरुलाई जनही नगद पाँच हजार रुपियाँसहित सम्मान गरिएको छ ।
प्रतियोगिताको बिजेता, उपबिजेता र उत्कृष्ट खेलाडीहरुलाई संविधान सभा सदस्य रामचन्द्र चौधरी, प्रदेशसभा सदस्य बेची लुङ्गेली, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, उपप्रमुख निलमदेवी राय यादव, प्रमुख प्रशासकीय अधिकृत विनय पौडेल, हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापा, नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, आयोजक क्लबका अध्यक्ष अमृत घिसिङलगायत भएर पुरस्कार वितरण गर्नुभएको छ ।
हरिपुर नगरपालिका र हरिपुर नगरपालिका २ नं. वड कार्यालयको आर्थिक सहयोगमा पहिलो पटक हरिपुर गोल्डकप फुटबल प्रतियोगिता सम्पन्न गरिएको हो ।