• २२ साउन २०८१, मङ्गलबार

चोभारमा पहिरो, हेटौंडा–बल्खु सडक अवरुद्ध

blog

काठमाडौँ, साउन २२ गते । कीर्तिपुर नगरपालिकाको वडा नं. ६ चोभारमा पहिरो गएको छ । पहिरोका कारण हेटौंडा–बल्खु सडक खण्ड अवरुद्ध भएको छ । काठमाडौँ महानगरपालिकाका अनुसार बिहान १०ः१५ बजे पहिरो गएपछि सडक अवरुद्ध भएको जनाएको छ । 

यता बिहान ८ः२५ बजे काठमाडौँ महानगरपालिका १६ माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन फुटेर घर पसल डुबानमा परेको  महानगरले जनाएको छ ।