• २२ साउन २०८१, मङ्गलबार

सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो

blog

काठमाडौँ,  साउन २२  गते । सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा रु. दुई हजार तीन सयले घटेको छ ।

सोमबार प्रतितोला रु. एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रु. एक लाख ४७ हजार सात सय निर्धारण भएको छ ।

तेजाबी सुन प्रतितोला रु. एक लाख ४७ हजार कायम भएको छ । सोमबार तेजाबी सुन प्रतितोला रु. एक लाख ४९ हजार पाँच सयमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा रु. ६० ले घटेको छ । सोमबार चाँदी प्रतितोला रु. एक हजार सात सय ८५ मा कारोबार भएकामा आजका लागि रु. एक हजार सात सय २५ निर्धारण भएको छ ।  रासस