ट्रायल पासपछि मोबाइलमै लाइसेन्स
सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ ।
सातदोबाटोमा रोकेर राखेको बसमा आगलागी
ललितपुर महानगरपालिका–१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा४ख १०६ नम्बरको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिनुभयो।
वसन्तपुरमा हजार कलाकारको प्रस्तुति (फोटो फिचर)
पर्यटक र शान्ति मूल नाराका साथ मनाइरहेको पर्यटन दिवसको अवसरमा धिमे बाजाको तालमा एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुति गरिएको हो ।
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढङ्गले सोच्नु जरुरी: जनार्दन शर्मा
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि नयाँ ढङ्गले सोच्न जरुरी रहेको बताउनुभएको छ।
मखमली फूलकाे माला उन्न भ्याइनभ्याइ
मखमली फूल नोपालीहरुका लागि सांस्कृतिक महत्त्व बोकेको प्रसिद्ध फूल हो । मखमली फूल कहिले न ओइलिने भएकाले यसलाई दीर्घायु र स्वस्थ जीवनको प्रतीकको रूपमा लिइन्छ ।
सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी
सभामुख देवराज घिमिरेलाई प्रतिनिधि सभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ ।
गाउँपालिकामार्फत दुध बिक्री
मकवानपुरमा गाउँपालिका मार्फत दूध बिक्री थालिएको छ। मकवानपुरको मनहरी गाउँपालिकाका दुध उत्पादक किसानको दुध शुक्रबारबाट गाउँपालिका कार्यालय मार्फत बिक्री थालिएको हो।
माओवादी पार्टीहरूको एकता चाडै टुङ्गोमा पुग्छ : अध्यक्ष प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीहरूको एकतालाई चाडै टुङ्गोमा पुर्याउने बताउनुभएको छ ।
‘जनतालाई विश्वास दिलाउन यो सरकार सफल देखिन्छ’
नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरी उहाँ २०७९ सालको निर्वाचनमा ३२ हजार २३६ मत ल्याएर निर्वाचित हुनुभएको थियो ।
बाढीपहिरोबाट १७० वटा विद्यालयमा क्षति
अविरल वर्षासँगै असोज ११ र १२ गते आएको बाढीपहिरोका कारण काभ्रेपलान्चोक जिल्लामा रहेका १७० वटा विद्यालयमा क्षति पुगेको छ ।
दीपावली र छठमा ‘चङेरा’
दीपावली र छठमा पूजा र प्रसाद सामग्री राख्न प्रयोग गरिने बाँसको चोया र कप्टेराबाट बनेका चङेरा ।
चाबहिलका मानन्धरको हेटौँडाको होटेलमा मृत्यु
हेटौँडा उपमहानगरपालिका–२ स्थित एक होटेलमा पुरुष मृत अवस्थामा फेला परेका छन् । हेटौँडा–२ मा रहेको पल्पसा प्याराडाईज होटेलमा शुक्रबार अपराह्न काठमाडौँ चाबहिल–७ बस्ने अन्दाजी ४७ वर्षीय अजय मानन्धर मृत अवस्थामा फेला परेका हुन ।
प्रहरी हिरासतमा महमद मृत्यु
इलाका प्रहरी कार्यालय रत्न नगर चितवनको हिरासतमा एक थुनुवा मृत अवस्थामा भेटिएका छन् ।
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरु, झण्डै डेढ करोड राजस्व आम्दानी
मुलुकको एकमात्र ढोरपाटन सिकार आरक्षमा नाउर, झारल र बँदेलको सिकार गर्नका लागि पहिलो याम सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यस यामका लागि १२ नाउर, आठ झारल र ११ बँदेलको सिकारका लागि अनुमति दिएको हो ।
खुर्कोटको पुल निर्माणमा तीव्रता
रामेछाप र सिन्धुली जोड्ने प्रमुख नाकाका रूपमा रहेको खुर्कोटको पुल निर्माणलाई नेपाली सेनाले तीव्रता दिएको छ । सेनाले बेलिब्रिजको काम तीव्र रूपमा गरेसँगै रामेछापतर्फको भाग भने बुधबार साँझ नै जोडिएको थियो ।
सिन्धुलीमा मात्र करिब तीन अर्ब बराबरको क्षति
सिन्धुली जिल्लामा गत असोज महिनाको दोस्रो सातामा आएको बाढीपहिरोबाट करिब तीन अर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालयका
विपत्मा मनपरी भाडा असुल
बिपी राजमार्ग हुँदै यात्रा गर्ने यात्रुसँग विपत्को मौका छोपी यातायात व्यवसायीले मनपरी भाडा असुल्ने गरेका छन् । असोज महिनाको दोस्रो सातामा गएको बाढीपहिरोका कारण बिपी राजमार्गको नेपालथोक–
बढुवामा बहुमत र अल्पमतको खिचलो
बढुवा समितिको निर्णयमा बहुमत र अल्पमतको खिचलो हुँदा प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश, हेटौँडाको बढुवा प्रक्रियामा समस्या हुने गरेको पाइएको छ । प्रदेश निजामती सेवा ऐन, २
देशभरको तापक्रम क्रमशः घट्दो
हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भागमा स्थानीय वायुको पनि केही प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्वास्थ्य स्वयंसेविकालाई यातायात सेवा निःशुल्क
महिला स्वास्थ्य स्वयंसेविकाले स्वास्थ्य प्रयोजनका लागि सार्वजनिक यातायात निःशुल्क चढ्न पाउने भएका छन् ।
नियमविपरीत शुल्क लिएपछि विद्यार्थी आन्दोलित
काठमाडौँ मेडिकल कलेजले नियमविपरीत शुल्क लिएपछि इन्टर्नसिप गरिरहेका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । काठमाडौँ मेडिकल कलेजको आकस्मिक कक्षअगाडि एमबिबिएस २०१८ ब्याचका विद्यार्थी प्लेकार्डसहित प्रदर्शन गर्दै आन्दोलनमा उत्रिएका छन् ।
एसइईमा अनुत्तीर्ण नब्बे हजार विद्यार्थीलाई प्री डिप्लोमा कोर्सको अवसर
माध्यमिक शिक्षा परीक्षा (एसइई) मा अनुत्तीर्ण भएका अर्थात् नन ग्रेडेड विद्यार्थीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को प्री डिप्लोमा कोर्समा अध्ययन गर्न पाउने भएका छन् ।
विकास पुगे पनि गाउँ खाली
तिनै तहका सरकारले विकासका पूर्वाधार गाउँ गाउँमा पुर्याए पनि विकास उपभोग गर्ने उपभोक्ता भने सहर केन्द्रित भएका छन् ।
सिफारिस समिति अध्यक्षमा मिश्र
सरकारले पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गर्न सिफारिस समिति गठन गरेको छ ।