• ११ मंसिर २०८१, मङ्गलबार

प्रहरी हिरासतमा महमद मृत्यु

blog

वसन्त पराजुली 

नारायणगढ, कात्तिक ३ गते । इलाका प्रहरी कार्यालय रत्न नगर चितवनको हिरासतमा एक थुनुवा मृत अवस्थामा भेटिएका छन् ।

भारत घर भई रत्न नगर नगर पालिका वडा नम्बर १३ बस्ने वर्ष ४५ का महमद क्यामूदिन थुना कक्षको बाथरुमको ढोका छेउमा मृत अवस्थामा भेटिएका  हुन् । जिल्ला  प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालका अनुसार थुनुवा कक्षको बाथ रुमको ढोका छेउमा घोप्टो अवस्थामा क्यामूदिनलाई देखेपछि उठाउन खोज्दा नउठेका हुन् । उनलाई तत्काल भरतपुर अस्पताल पुर्‍याए पनि उनी यस अघि नै  मृत्यु भैसकेको चिकित्सकले जनाए । 

शव पोस्टमार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । आपराधिक लाभ कसुर मुद्दाको थुनुवा क्यामूदिन लामो समय देखि रत्ननगरमा व्यवसाय गर्दै आएका व्यक्ति हुन् । उनी माथि विगत ५ वर्ष देखि एक महिला र उनको परिवारलाई अश्लील भिडियो बनाएर ब्ल्याकमेलिङ गर्दै आएको आरोप छ ।

उनले आत्महत्या गरे वा अन्य कुनै कारणले मरे भन्ने कुरा प्रहरीले खुलाएको छैन । प्रनाउ रिजालले भने घटनाका बारेमा अनुसन्धान भइरहेको बताउनुभयो ।