• ३ कात्तिक २०८१, शनिबार

कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न नयाँ ढङ्गले सोच्नु जरुरी: जनार्दन शर्मा

blog

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ।

चितवन, कात्तिक ३ गते। नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले माओवादी र कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्नका लागि नयाँ ढङ्गले सोच्न जरुरी रहेको बताउनुभएको छ।

शनिबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले केही असन्तुष्टिका कारण तितरबितर भएको माओवादी आन्दोलनलाई एकताबद्ध गर्न ठुलो छाती गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो। 

उहाँले जनजीविकाको सवालमा आज जनताले प्रश्न गरिरहेको भन्दै प्रश्नको सम्बोधन गर्नु राजनीतिक दल  दायित्व भएको बताउनुभयो। उहाँले पीडित वर्गका बालबालिकाले रोजगारी, सहज शिक्षा, गुणस्तरीय उपचार पायो कि पाएन ? भन्नेकुरा मुख्य भएको पनि बताउनुभयो। 

उपमहासचिव शर्माले समावेशी र सङ्घीयताका मुद्दालाई वर्तमान गठबन्धनले नजरअन्दाज गरेको आरोप लगाउनुभयो।