• ३ कात्तिक २०८१, शनिबार

वसन्तपुरमा हजार कलाकारको प्रस्तुति (फोटो फिचर)

blog

वसन्तपुरमा एकसाथ प्रस्तुति दिँदै एक हजार बढी कलाकार । प्रस्तुति : तस्बिर मनोजरत्न शाही

काठमाडौँ, कात्तिक ३ गते ।  विश्व पर्यटन दिवस २०२४ को अवसरमा  वसन्तपुर दरबार क्षेत्रमा सांस्कृतिक प्रस्तुतिको आयोजना गरिएको छ । पर्यटक र शान्ति मूल नाराका साथ मनाइरहेको पर्यटन दिवसको अवसरमा धिमे बाजाको तालमा एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुति गरिएको हो । 

हजार बढी कलाकारको सामूहिक नृत्यको संयोजन सुदन मुनिकारले गर्नुभएको हो । उहाँले भन्नुभयो, ‘एक हजार बढी  कलाकारले सामूहिक धिमे नृत्य प्रस्तुति दिनुभएको छ । यसबोहक यही अवसरमा विभिन्न प्रस्तुति पनि रहेको छ ।’ यो कार्यक्रमको आयोजना काठमाडौं दरबार स्क्वायर पर्यटन सम्वद्र्धन संघले गरेको हो । विश्व पर्यटन विदस २०२४ को अवसरमा पर्यटक र शान्ति विशेष कार्यक्रम देशभरका कलाकारको उपस्थितिमा गरिएको संघका अध्यक्ष दिनेश सुवालले जानकारी दिनुभयो । यसअघि नै पर्यटन दिवसका लागि तय भएको कार्यक्रम बाढी र पहिरोका कारण कलाकार उपस्थित हुन नसक्दा स्थगित भएको थियो ।   



Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।