• १० कात्तिक २०८१, शनिबार

‘जनतालाई विश्वास दिलाउन यो सरकार सफल देखिन्छ’

blog

काठमाडौं, कात्तिक ३ गते । नेकपा (एमाले) का केन्द्रीय सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठ धनुषा निर्वाचन क्षेत्र नं ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । नेपाली काँग्रेसका उम्मेदवार महेन्द्र यादवलाई पराजित गरी उहाँ २०७९ सालको निर्वाचनमा ३२ हजार २३६ मत ल्याएर निर्वाचित हुनुभएको थियो ।

उहाँले यादवलाई १२४ झिनो मतले पराजित गरी सांसदमा निर्वाचित हुनुभएको थियो । एमाले विदेश मामिला विभागका प्रमुख समेत रहनुभएका महासेठ मधेस प्रदेशबाट केन्द्रीय राजनीतिमा प्रतिनिधित्व गर्ने एक सशक्त राजनीतिज्ञ हुनुहुन्छ । 

वि.सं. २०५१ देखि सक्रिय राजनीतिमा लाग्नुभएका महासेठ उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँ सोअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री, सिँचाइमन्त्रीको जिम्मेवारी पनि निर्वाह गरिसक्नुभएको छ ।

प्रस्तुत छः सांसद रघुवीर महासेठसँग गोरखापत्र अनलाइनका उपसम्पादक लक्की चौधरीले  ‘सांसदलाई सवाल’ कार्यक्रमका लागि गरिएको कुराकानी– 

भिडियोमाः मनोजरत्न शाही र केशब गुरुङ

Author
लक्की चौधरी

उहाँ गोरखापत्र अनलाइनका उपसम्पादक हुनुहुन्छ ।