• १० कात्तिक २०८१, शनिबार

धिमेमा एक हजार कलाकार

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक ४ गते ।  विश्व पर्यटन दिवस–२०२४ का अवसरमा वसन्तपुर दरबार क्षेत्रमा शनिबार धिमे बाजासहित एक हजार कलाकारले नेवारी नृत्य प्रस्तुत गरेका छन् । हजार कलाकारको सामूहिक नृत्यको संयोजन सुदन मुनिकारले गर्नुभएको थियो ।

उहाँका अनुसार एक हजार बढी कलाकारले सामूहिक धिमे नृत्य तथा अन्य सांस्कृतिक नृत्य प्रस्तुति दिएका थिए । काठमाडौँ दरबार स्क्वायर पर्यटन संवर्धन सङ्घद्वारा आयोजित पर्यटक र शान्ति विशेष सो कार्यक्रममा देशभरका कलाकारको उपस्थिति रहेको सङ्घका अध्यक्ष दिनेश सुवालले जानकारी दिनुभयो । यसअघि नै तय भएको सो कार्यक्रम बाढी र पहिरोका कारण स्थगित गरिएको थियो ।