• १० कात्तिक २०८१, शनिबार

उद्योगपति वसन्तराज मिश्रको निधन

blog

स्वर्गीय वसन्तराज मिश्र

काठमाडौं, कात्तिक ४ गते । उद्योगपति एवम् पर्यटन व्यवसायी वसन्तराज मिश्रको आइतबार बिहान निधन भएको छ। 

मिश्रको पारिवारिक स्रोतका अनुसार उहाँलाई आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म हाम्रो कुपण्डोलस्थित निवासमा अन्तिम बिदाइ श्रद्धाञ्जली अर्पण कार्यक्रम राखिएको छ । 

उहाँको आज दिउँसो १ बजे पशुपतिनाथमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । 

साढे पाँच दशकदेखि पर्यटन व्यवसायमा संलग्न मिश्र वन्यजन्तु पर्यटन विकासमा बढी सक्रिय हुनुहुन्थ्यो । मिश्रले चार दशकअघि भेन्चर ट्राभल स्थापना गर्नुभएको थियो ।