• १ कात्तिक २०८१, बिहिबार

बार अध्यक्षविरुद्धविरुद्धको मुद्दामा कारण देखाऊ आदेश

blog

नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे

काठमाडौँ, कात्तिक १ गते । सर्वोच्च अदालतले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता भएको मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ ।

बिहीबार सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चुडालको संयुक्त इजलासले सो आदेश जारी गरेको हो । नेपाल बार एसोसिएसनका अध्यक्ष घिमिरेविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

अध्यक्ष घिमिरे काठमाडौं जिल्ला अदालत बार एशोसिएसनले आयोजना गरेको कार्यक्रममा लेनदेनमा न्यायाधीन नियुक्ति गरेको भन्ने अभिव्यक्ति दिनुभएको थियो ।