नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउँछौँ : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आवश्यक नीतिगत सुधारसहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
सञ्चार क्षेत्रमा राससले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले समाचार विषयवस्तु उत्पादनका क्षेत्रमा राष्ट्रिय समाचार समिति (रासस)ले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।
बागमती प्रदेश सभा बैठक : एक विधेयक सर्वसम्मतिले पारित
बागमती प्रदेश सभाको आज बसेको बैठकले विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।
सञ्चार सचिव अर्यालद्वारा पदभार ग्रहण
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले आज मन्त्रालयमा पदभार ग्रहण गर्नुभएको छ ।
योजना सम्पन्न गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
तेह्रथुमका राजनीतिक दल तथा प्रशासन प्रमुखहरूले सो जिल्लाका १३ वर्षदेखि अधुरा रहेका योजनाको काम सम्पन्न गर्न प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउनुभएको छ ।
तीन लाख ४० हजारको आँखाको उपचार
नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले गत आर्थिक वर्षमा तीन लाख ४० हजार दुई सय ६२ जनालाई आँखाको उपचार गरेको छ ।
राप्रपाका जिल्ला अध्यक्षहरूको भेला हुँदै
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का जिल्ला अध्यक्षहरूको भेला यही साउन १७ र १८ गते काठमाडौँमा हुने भएको छ ।
रासस र चाइना मिडिया ग्रुपबिच सहकार्यबारे छलफल
राष्ट्रिय समाचार समिति (रासस) र चाइना मिडिया ग्रुप (सिएमजी)बिच प्रविधि हस्तान्तरण, तालिम प्रशिक्षण र अनुभव आदनप्रदानमा सहकार्य गर्नेबारे छलफल भएको छ ।
नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला
काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका-२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा २ ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो ।
अँध्यारोमै उज्यालो खोज्नुभएका सुरेशचन्द्र
दृष्टिविहीन व्यक्तिले परिवारको साथ र अवसर पाए अरू नागरिकसरह आत्मसम्मानपूर्वक जीवन बाँच्न सक्षम हुन्छन् भन्ने एक उदाहरणीय व्यक्तित्व हुनुहुन्छ सुरेशचन्द्र न्यौपाने ।
सर्पको टोकाइले एक घाइते
पूर्वी मकवानपुरको बकैया गाउँपालिका–८ बस्तीपुरमा विषालु सर्पको टोकाइबाट एक जना घाइते भएका छन् । विषालु सर्पको टोकाइबाट स्थानीय ४८ वर्षीय राज सिंकार घाइते भएका हुन् ।
उद्योगमन्त्री भण्डारीसँग चिनियाँ राजदूत सोङको भेट
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि चिनियाँ राजदूत चेन सोङले शिष्टाचार भेट गर्नुभएको छ ।
रामेछापको विभिन्न ठाउँमा सडक अवरुद्ध
अविरल वर्षापछि आएको बाढी र पहिराेका कारण रामेछापमा विभिन्न स्थानका सडक अवरुद्ध बनेका छन् । गए रातिको अविरल वर्षापछि ठाउँ–ठाउँमा पहिरो खस्दा लिखुतामाकोशी गाउँपालिकाको धोबी–सैपु सडक खण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
हनुमन्तेमा बाढी : मध्यरातदेखि नै भक्तपुरका विभिन्न स्थान प्रभावित, लाखौँको क्षति
मध्यपुरथिमि नगरपालिका‐५ राधेराधे, सङ्गम कोलोनी, कमेरोटार जग्गा एकीकरण आयोजनाभित्रको तल्लो क्षेत्रका बासिन्दा गएरातिदेखि नै बाढीबाट प्रभावित भए ।
काठमाडौँमा बाढीः ३६ जनाको उद्धार
भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।
बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारीविरुद्ध उजुरी
काभ्रेपलाञ्चोक जिल्लामा सञ्चालन भई बचतकर्ताको रकम समयमा फिर्ता नगर्ने दुई दर्जन सहकारी संस्थाविरुद्ध उजुरी परेको छ । आफूहरूले थोरै थोरै गरेर सहकारीमा बचत गरेको रकम आवश्यक परे
काठमाडौँको विभिन्न स्थान डुबानमा (फोटो फिचर)
मङ्गलबार राती परेको अविरल वर्षासँगै आएको बाढीका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् ।
जलमग्न काठमाडौँ : बल्खु पुलमुनी पुरुषको शव फेला
काठमाडौँको बल्खु पुलमुनी एक जना पुरुषको शव फेला परेको छ । बुधबार बिहान बस्खुस्थित पुलमुनी बाढीले बगाएर ल्याएको अवस्थामा एक जनाको शव फेला परेको कालीमाटी प्रहरी वृत्तले जनाएको छ ।
विपद र डेंगुसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा
काठमाडौँ महानगरपालिकाले विपदजन्य जोखिम र डेंगु हैजासहित महामारी व्यवस्थापनका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।
आठ वर्षमा त्रिशूलीमा ५५ जना बेपत्ता
नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकखण्डमा बितेका आठ वर्षमा २१ वटा सवारीसाधन त्रिशूली नदीमा खसेर ५५ जना बेपत्ता भएका छन् । पूर्वगृहमन्त्री एवं परराष्ट्रमन्त्री माधवप्रसाद घिमिरेलगायत ५५ जना बेपत्ता भएका हुन् ।
बितेका १२ घण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने
पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
राष्ट्रिय विद्युत् प्रसारण लाइनमा थपिए साढे चार हजार घरधुरी
मरिण गाउँपालिका–२, सिन्दुरे दोभानका नरबहादुर अस्थानीले विगत १० महिनादेखि आफ्नो घरमा राष्ट्रिय विद्युत् प्रसारण लाइनको बिजुलीबत्ती बाल्दै आउनुभएको छ । गत असोजमा उक्त गाउँ राष्ट्रिय
बाइस पत्रकारको ‘महिला आन्दोलनको सहखोजी’
बाइस महिला पत्रकारले महिलाका विविध पक्ष समेटेर तयार पारेको कृति ‘महिला आन्दोलनको सहखोजी’ मङ्गलबार सार्वजनिक गरिएको छ । दी स्टोरी किचेनद्वारा राजधानीमा आयोजित कार्यक्रममा सो पुस्तक सार्वजनिक गरिएको हो । महिला आयोगका अध्यक्ष कमलाकुमारी पराजुलीले सो पुस्तकमा देशभरका भौगोलिक, सामाजिक, आर्थिक, राजनीतिक, विविध जाति, परम्परा, स्थितिमा रहेका महिलाबारे लेखेर नेपाली महिलाको अवस्थालाई छर्लङ्ङ पारेको बताउनुभयो ।
डेढ वर्षपछि समितिलाई पूर्णता
प्रतिनिधि सभाको कार्यकाल डेढ वर्ष पूरा भएपछि सङ्घीय संसद्को एक संयुक्त समितिले पूर्णता पाएको छ । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले मङ्गलबार औपचारिक रूपमा पूर्णता पाएको हो । संयुक्त समितिमा माथिल्लो सदनले यसअघि नै सदस्य तोके पनि प्रतिनिधि सभाले सदस्य मनोनयन गरेको थिएन । सदस्य नतोकिँदा समिति गठनसमेत हुन सकेको थिएन । १५ सदस्यीय संयुक्त समितिमा प्रतिनिधि सभाबाट १२ र राष्ट्रिय सभाबाट तीन सदस्य रहने व्यवस्था छ । सङ्घीय संसद् र प्रतिनिधि सभाका अन्य समिति २०८० वैशाखमै गठन भएका थिए । सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली–२०८० को नियम २८ (२) बमोजिम मङ्गलबार प्रतिनिधि सभाले समिति सदस्यको नाम तोकेको हो ।